Pairabi logo

पुस २७, २०८२, आइतबार                    

नेपालगञ्जमा २६औँ हनुमान जन्मोत्सव मनाइदै

सम्वाददाता

सम्वाददाता

नेपालगञ्जमा २६औँ हनुमान जन्मोत्सव मनाइदै
ADVERTISEMENT

नेपालगञ्ज, २९ चैतः नेपालगञ्ज उमहानगरपालिका– २ स्थित हनुमानगढी मन्दिर हनुमत गौशालामा २६आँै हनुमान जन्मोत्सव सुरु भएको छ । जन्मोत्सवको अवसरमा अखण्ड रामायण पाठ, अष्टयाम सङ्कीर्तन एवं निशान पुजनसहित सुरु भएको  आयोजक सुन्दरकाण्ड मित्र मण्डल नेपालगन्जका अध्यक्ष जितेन्द्रकुमार सिंहले बताउनुभयो । 

हनुमान जयन्तीमा भारतको कानपुरबाट आएको १२ जनाको टोलीले विशेष झाँकी, श्रीराम भजन, ताण्डव नृत्यलगायत कथा प्रवचन गर्ने हनुमानगढी मन्दिर सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष सुदिप भट्टराईले जानकारी दिनुभयो । 

त्यसक्रममा भजनकीर्तनसहित मञ्चमा हनुमान चालिसा, सुन्दरकाण्डलगायत कथा प्रवचन निरन्तर होम हुने उल्लेख गर्दै भट्टराईले काठमाडौँ, विराटनगर, बुटवल, सुर्खेत, सल्यान, भारतको बहराइच, सेराबस्ती, गोन्डालगायत क्षेत्रबाट यहाँ भक्तजनको सहभागिता रहने बताउनुभयो ।हनुमान जयन्तीको अन्तिम दिन शोभायात्रापछि करिब १५ हजारका लागि भण्डारा (भोजन)को समेत व्यवस्थापन गरिएको छ ।

हनुमानगढीका थानापति महन्थ उमेश गिरीले यस्तो पवित्र स्थानमा भौतिक संरचनाको विकास नभएको गुनासो गर्नुभयो । विगतमा फोहर व्यवस्थापन गर्ने, कुस्ती खेल्ने ठाउँ र बाल्दा नामको ऐतिहासिक तलाउ रहे पनि ऋषिमुनिको आगमनपछि पाँच करोड गायत्री मन्त्रको जप भएको स्थानका रूपमा रहेकाले यसको महिमा उचो रहेको उहाँले बताउनुभयो  । 

मन्दिर सञ्चालन तथा व्यवस्थापन समितिका सचिव विश्वराज तिवारीले धार्मिक क्षेत्रमा हनुमानगढीको गरिमा बढ्दै जाँदा यसले धार्मिक पर्यटनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । हनुमाज जयन्तीको अन्तिम दिन अर्थात् शनिबार बिहान शोभायात्रासहितको धार्मिक झाँकीले बजार परिक्रमा गर्ने उहाँले जानकारी दिनुभयो । 

आज शुक्रबार राती साढे ८ बजेदेखि जागरण र झाँकीको कार्यक्रम शुरु हुनेछ भने शनिबार विहान शोभा यात्रा निकालिने छ । शोभा यात्रामा जयश्री राम हनुमान अंकित झण्डासहितको बृहत रयाली निकालिने छ । यस वर्ष करिब ६ हजार बढी झण्डाको व्यवस्था गरिएको छ । 

ताजा

सबै

डुडुवाको १९औँ गाउँसभा

डुडुवा (बाँके), २५ पुस । बाँके डुडुवा गाउँपालिकाको १९औँ गाउँसभा बसेको छ । आज शु…

जानकी गाउँपालिकाको हिंसा सम्वोधनका लागि सिफारिस प्रर्णाली निर्देशिका निमार्ण

नेपालगन्ज । बाँके जानकी गाउँपालिकाको महिला तथा बालिकाविरुद्ध हुने हिंसा सम्वोधनका …

नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आचार संहिता तयार

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आ…

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

बाँके, २४ पुस । राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा बसेको छ । जसमा गाउँपालिका…

लोकप्रिय

सबै

स्वास्थ्यमा डुडुवा गाउँपालिका बाँके मै उत्कृष्ट

डुडुवा (बाँके), २४ पुस । बाँके डुडुवा गाउँपालिकाले स्वास्थ्य सेवा अन्र्तगतको कार्य सम्…

नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आचार संहिता तयार

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आ…

सार्वजनिक सरोकार समूहद्धारा अदालतको आदेश कार्यान्वयनमा जोड

बसन्त गौतम नेपालगञ्ज, २३ पुस। सार्वजनिक सरोकार कानून व्यवसायी समूहको बुधबार बसेको ब…

जानकी गाउँपालिकाको हिंसा सम्वोधनका लागि सिफारिस प्रर्णाली निर्देशिका निमार्ण

नेपालगन्ज । बाँके जानकी गाउँपालिकाको महिला तथा बालिकाविरुद्ध हुने हिंसा सम्वोधनका …

यो पनि

डुडुवाको १९औँ गाउँसभा

डुडुवाको १९औँ गाउँसभा

डुडुवा (बाँके), २५ पुस । बाँके डुडुवा गाउँपालिकाको १९औँ गाउँसभा बसेको छ । आज शु…

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

बाँके, २४ पुस । राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा बसेको छ । जसमा गाउँपालिका…

चिसोले जनजविन प्रभावित

चिसोले जनजविन प्रभावित

नेपालगन्ज १८ पुस । बाँकेलगायत पश्चिम तराईमा चिसो बढेको छ । विहानैदेखि यहाँ हुस्सु …

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

नेपालगञ्ज, १३ पुसः बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु गरिएको छ । जिल्ला निर्…