Pairabi logo

माघ १३, २०८२, सोमबार                    

बर्दियामा फोहोरलाई मोहोर बनाउने तालिम

डेक्स

डेक्स

बर्दियामा फोहोरलाई मोहोर बनाउने तालिम
ADVERTISEMENT

बर्दिया, कात्तिक ८ । बर्दियाको ठाकुरबाबा नगरपालिकामा फोहर व्यवस्थापन गरी रोजगारी सिर्जना गर्न फोहरबाट मोहर बनाउने ३ दिने तालिम शुरु भएको छ । तालिमको उदघाटन गर्दै बर्दियाका संघीय सांसद जाबेदा खातुनले वातावरण संरक्षणसंगसंगै आय आर्जनमा समेत युवा महिलालाई सहभागि गराउन सञ्चालन गरिएको परियोजना अतिनै सराहनीय रहेको बताउनुभयो । 

उहाँले फोहोर व्यवस्थापन गरेर फोहरबाट मोहर बनाई आय आजर्न समेत गराउने उदेश्यले सञ्चालित यो तालिममा सहभागि युवा महिलाले फोहोर व्यवस्थापन गर्दै आयआर्जन र रोजगारी समेत पाउने बताउनुभयो । 

बाँके युनेस्को क्लबका अध्यक्ष रवि कुमार तुलाधरको सभापतित्वमा सञ्चालन गरिएको तालिमको उदघाटन कार्यक्रममा क्लबका प्राविधिक सल्लाहकार साजिद अली सिद्दिकी, कार्यक्रम अधिकृत राधेकृष्ण थारु र फिल्ड सुपरभाइजर कञ्चन दहितको पनि उपस्थिति थियो । 

बाँके युनेस्को क्लबद्धारा प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित ग्रिन इकोनोमी परियोजनाअन्तर्गत संचालित तालिममा ठाकुरबाबा नगरपालिकाका १८ देखि २४ वर्ष उमेर समूहका २५ जना युवा महिलाहरुको सहभागिता रहेको छ । सो तालिमको प्रशिक्षक रुविना थपलिया रहनु भएको छ ।  

बाँके युनेस्को क्लबका कार्यक्रम अधिकृत राधेकृष्ण थारुले सो तालिममा ठाकुरबाबाको फोहोर व्यवस्थापन कसरी भइरहेको, फोहोर व्यवस्थापनका लागि सरकारले बनाएका निति नियमबारे जानकारी गराउने, फोहोरबाट मोहर कसरी बनाउने तथा फोहोर व्यवस्थापनका चुनौती र अवसरहरुबारे सहभागिहरुलाई बिस्तृत रुपमा प्रशिक्षण दिईने बताउनुभयो । 

बर्दियाको ठाकुरबाबा र राजापुर नगरपालिकाका युवा महिलालाई वातावरण संरक्षणसंगै आय आर्जनमा सहभागि गराई उनिहरुको जीवनस्तर उकास्ने उदेश्यले ग्रिन इकोनोमी परियोजना सञ्चालन गरिएको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो ।

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

यो पनि

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

नेपालगन्ज । बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन …

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

नेपालगन्ज, ३ माघः बाँकेको खजुरा गाउँपालिका३ बीगाउँमा निर्माणाधीन गाउँपालिका प्रशास…

प्युठानको धेनुमतीमा महा स्नान

प्युठानको धेनुमतीमा महा स्नान

मकर संक्रान्तिको अवसरमा प्युठानको सिमरुक धेनुमतीमा महास्नान कार्यक्रम सम्पन्न भएको छ । …