Pairabi logo

कात्तिक १५, २०८३, शनिबार                    

एक महिनामा दुई सय बढी ट्राफिक सचेतना

डेक्स

डेक्स

एक महिनामा दुई सय बढी ट्राफिक सचेतना
ADVERTISEMENT

नेपालगन्ज, कात्तिक १६ । चाडपर्वको बेलामा सडक दुर्घटना रोक्न जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले दुर्घटना न्युनिकरणका लागि सुरु गरेको ट्राफिक नियम सचेतना अभियान अन्तर्गत एक महिनामा दुई सय बढी सचेतनाका कार्यक्रम गरेको छ। 

चाडपर्व सुरु हुनुभन्दा पहिलेबाटै जिल्लामा ट्राफिक नियम सचेतना अभियान सञ्चालन गर्दै आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक पुष्कर पन्तले जानकारी दिनुभयो। उहाँका अनुसार असोजमा मात्रै करिब दुई सय वटा सचेतना कार्यक्रम गरिएको छ। उहाँले कात्तिक महिनाको हालसम्म पनि १३० बढी सचेतना कार्यक्रम गरिसकिएको बताउनुभयो।

बाँके जिल्लामा पर्ने विभिन्न प्रमुख राजमार्ग र नेपालगन्ज, कोहलपुर जस्ता ठुला सहरी क्षेत्रमा निरन्तर ट्राफिक नियम सचेतना कार्यक्रम सञ्चालन गरिंदै आएकोले धेरै चालकले सवारी साधन चलाउँदा नियम पालना गर्न थालेकोले दुर्घटना न्युनिकरण हुँदै गएको जिल्ला ट्राफिक प्रहरी प्रमुख पन्तले बताउनुभयो। 

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका अनुसार जिल्लाका बढी सवारी साधन चल्ने राजमार्ग र विभिन्न स्थानमा दैनिक दस भन्दा बढी स्थानमा ट्राफिक नियम सचेतना सम्बन्धी कार्यक्रम गरेर चालकलाई नियम बारे सचेत गरिएको छ।  

ताजा

सबै

कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित

कर्णाली, १४ कात्तिकः कर्णाली हिमाली जिल्लाका उच्च भागमा हिमपात हुँदा यहाँको जनजीवन प्…

फूल आयतमा रोक लगाएपछि व्यावसायीक फूलखेतीमा किसानको आकर्षण बढ्दै

नेपालगनज, १४ कात्तिकः भारतीय फूल आयतमा रोक लगाएसँगै बाँकेमा व्यावसायिक फूलखेतीमा …

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बाँके, १४ कात्तिकः बैजनाथ गाउँपालिकाले गत आर्थिक वर्षमा नौ किलोमिटर सडक निर्माण गरे…

मानव बेचबिखन रोकथामका लागि स्थानीयस्तरमा समन्वय र सहकार्यमा जोड

बर्दिया १४ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत बाँके युनेस्को क्लबले प्लान इन्टरने…

लोकप्रिय

सबै

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

बर्दिया १२ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँ…

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

बर्दिया, ११ कार्तिक । मानव बेचबिखनको रोकथाम तथा नियन्त्रण र यससँग सम्बन्धित सामाजिक स…

बाँके निकुञ्जमा जङ्गल सफारी सुरु

बाँके १० कार्तिक । बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुरु गरिएको छ । निकुञ्जको पा…

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुर, (बाँके) ११ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिकामा करदाताहरूलाई स्थानीय…

यो पनि

कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित

कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित

कर्णाली, १४ कात्तिकः कर्णाली हिमाली जिल्लाका उच्च भागमा हिमपात हुँदा यहाँको जनजीवन प्…

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बाँके, १४ कात्तिकः बैजनाथ गाउँपालिकाले गत आर्थिक वर्षमा नौ किलोमिटर सडक निर्माण गरे…

मानव बेचबिखन रोकथामका लागि स्थानीयस्तरमा समन्वय र सहकार्यमा जोड

मानव बेचबिखन रोकथामका लागि स्थानीयस्तरमा समन्वय र सहकार्यमा जोड

बर्दिया १४ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत बाँके युनेस्को क्लबले प्लान इन्टरने…

मिठाइ व्यवसायीलाई लेबलिङ गरेर बेचविखन गर्न आग्रह

मिठाइ व्यवसायीलाई लेबलिङ गरेर बेचविखन गर्न आग्रह

बाँके, १३ कात्तिकः नेपालगञ्ज आसपासका बजारमा रहेका मिठाइ व्यवसायीलाई लेबलिङ गरेर बे…