मुगुको गमगढी बजारमा भीषण आगलागी
नेपालगन्ज । मुगुको सदरमुकाम गमगढी बजारमा भीषण आगलागी भएको छ। आज बिहान १ बजे छायानाथ रारा नगरपालिका(१ गमगढी बजारमा एक कम्प्युटर पसलबाट सुरू भएको आगलागीमा ६ घर जलेर नष्ट भएको छ। जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र...
बर्दियाको ठाकुरबाबामा रोजगार मेला
बर्दियाको ठाकुरबाबा नगरपालिकाले बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको सहकार्यमा ठाकुरबाबा नगरपालिका१ बारबर्दियामा संविधान दिवस तथा रोजगार मेला भव्य रुपमा सम्पन्न गरेको छ ।स्थानीयस्तरमा दक्ष युवा पुस्तालाई व्यावसायिक तालिम सम्पन्न गरी स्थानीय रोजगारदातासँग समन्वय र सम्पर्क गराएर रोजगारीका अवसर...
निःशुल्क दन्त शिविर
पवन जायसवाल संविधान दिवसको अवसरमा बाँकेको कौशल्या मेमोरियल हस्पिटलले निःशुल्क दन्त शिविर गरेको छ ।कोहलपुर नगरपालिका वार्ड नं.९ हवलदारपुर स्थित रहेको कौशल्या मेमोरिल हस्पिटलद्वारा आयोजित निःशुल्क दन्त शिविरमा विभिन्न ठाउँबाट जटिल तथा सामान्य दाँतका २ सय ५० जना बिरामीहरुलाई निःशुल्क...
बाँकेको बालसुधार गृहमा झडपः एकको मृत्यु, दश घाइते
नेपालगञ्ज । बाँकेको डुडुवा गाउँपालिका वडा नं ६ स्थित जयन्दु बालसुधार गृहमा झडप हुँदा एक जनाको मृत्यु भएको छ । झडपमा अन्य १० जना घाइते भएका छन । उनीहरुमध्ये चार जनाको अवस्था गम्भिर रहेको छ । बालसुधार गृहमा रहेका दुई...
डुबेर बालिकाको मृत्यु
नेपालगञ्ज । बाँकेको नरैनापुर गाउँपालिका वडा नं ४ पण्डितपुरवास्थित हुलाकी सडक खण्डको छेउमा पानी जमेको खाल्डोमा डुबेर एक बालिकाको आज मृत्यु भएको छ । स्थानीय ९ बर्षीया खुसनुमा सल्मानिको पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय,बाँकेका प्रहरी नायब उपरीक्षक नारायण...
३२ थान मोबाइल सेट सहित चार भारतीय पक्राउ
नेपालगन्ज । नेपालगञ्जस्थित राँझा विमानस्थलबाट अवैधरुपमा काठमाण्डौ लैजान लागिएको ३२ थान मोबाइल सेटसहित चार जना भारतीय नागरिक पक्राउ परेका छन् । नेपालगञ्ज विमानस्थलमा रहेको एक्सरे मेशिनमार्फत जाँचका क्रममा करिब नौ लाख रुपैयाँ मूल्य बराबरको मोबाइल सेट बरामद गरिएको जिल्ला प्रहरी...
बाँकेको नौबस्ता औद्योगिक क्षेत्र सञ्चालन गर्न माग
नेपालगञ्ज । बाँकेको बैजानाथ गाउँपालिकास्थित नौबस्ता औद्योगिक क्षेत्र अविलम्ब सञ्चालन गर्न यहाँका उद्योगी तथा व्यवसायीले सरकारसँग माग गरेका छन । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालसँग उद्योग बाणिज्य संघ, नेपालगञ्जले आज आयोजना गरेको अन्तरक्रियामा उनीहरुले यसको व्यवस्थापनबाट उद्योगीका केही...
सल्यानमा आमा र छोरीको हत्या
नेपालगन्ज । सल्यानमा शरीर जलेको अवस्थामा आमा र छोरीको हत्या भएको अवस्थामा शव फेला परेको छ। त्रिवेणी गाउँपालिका(२ मा ३२ वर्षीय रेवती थापा र उनकी ९ महिनाकी छोरी ऋतुको शव फेला परेको हो । आफ्नै घरको कोठामा उनीहरूको शरीर आधा...
कानूनी पहिचानबारे सामुदायिक सचेतना
नेपालगन्ज ३, असोज । मधेशी तथा ग्रामिण क्षेत्रमा नागरिकता र जन्मदर्ताको महत्वबारे स्थानीयलाई अझ बढी बुझाउनुपर्नेमा जोड दिइएको छ । मधेशी समुदायका नागरिकले काम परेपछि मात्र नागरिकता, जन्मदर्ता, विवाह दर्ता, मृत्युदर्ता, सम्वन्ध विच्छेद, बसाई सराई दर्ता गराउने भएकाले समयमा दर्ता...
संबिधान दिवसमा बृक्षारोपण
नेपालगन्ज ३, असोज । विभिन्न कार्यक्रम गरि बाँकेमा पनि संविधान दिवस मनाइएको छ । सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्ज र क्लिीन नेपालगन्ज ग्रिन नेपालगन्जको संयुक्त आयोजनामा आज दिवसको अवसरमा बृक्षारोपण, सचेतना कार्यक्रम गरेको छ । नेपालगन्जस्थित मंगलप्रसाद उच्च...
कांग्रेस बाँकेद्धारा गणेशमानको शालिकमा माल्यार्पण
नेपालगञ्ज, असोज २ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य मैकुलाल बाल्मिकीले नेपाली राजनीतिका सर्वोच्च नेता गणेशमान सिंह त्याग र निष्ठाका प्रतिमूर्ति भएको बताउनुभएको छ । बाल्मिकीले लौह पुरुषको उपनामले चिनिने पार्टीका संस्थापक नेता सिंहले देखाएको बाटोमा कांग्रेस हिंड्न सके पार्टीसंगै मुलुकको...
बर्दियाका बाढी पिडितलाई राहत वितरण
नेपालगन्ज, असोज १ । गत साउन २७ देखि २९ गतेसम्म परेको अविरल वर्षाले गर्दा बर्दिया जिल्लामा आएको बाढीबाट प्रभावित भएका जिल्लाका चारवटा पालिकाका पिडित परिवारलाई विभिन्न प्रकारको राहात उपलब्ध गराउने कार्य जारी छ । युके एड स्टारफन्डको सहयोग र प्लान...
अवधी पत्रकार संघद्धारा सांसद तिवारी सम्मानित
नेपालगन्ज १ असोज । अवधी पत्रकार संघ नेपालले नेपालगन्जका प्रतिनिधी सभा सदस्य लक्ष्मी तिवारीलाई सम्मान गरेको छ । अवधी पत्रकार संघ नेपालले आफ्नो १५औं स्थापना दिवसको अवसरमा एक समारोहका विच संघिय सांसद तिवारीलाई सम्मान गरेको हो । संघका केन्द्रीय सचिव...
११औँ राष्ट्रिय विज्ञान दिवस मनाइँदै
विज्ञान साक्षरता र उद्यमशीलता :सबल अर्थतन्त्रको आधारशीला भन्ने नाराका साथ देशभर ११औँ राष्ट्रिय विज्ञान दिवस मनाइँदैछ। हरेक वर्ष असोज १ गतेका दिन यो दिवस मनाइन्छ। नेपालमा विज्ञान शिक्षामा अग्रणी अमृत साइन्स क्याम्पसको स्थापना दिवसको अवसर पारेर शिक्षा, विज्ञान तथा प्रविधि...
हरितालिका तीज पर्व मनाइदै
आज भाद्र शुक्ल तृतीया अर्थात् हरितालिका तीज। हिन्दु नारीहरूले भगवान शिवको पूजाआराधना गरी आफ्नो पतिको दिर्घायु, अटल सौभाग्यको कामना, सन्तान प्राप्ति, अविवाहित केटी एवं केटाहरुले असल वर र वधु प्राप्तिका लागि पनि व्रत बसेर मनाउँदै छन्। पार्वतीले भगवान शिव पतिका...
विस्फोटक पदार्थ विस्फोट
नेपालगन्ज । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका९ ढकेरी नजिकै सडक किनारमा विस्फोटक पदार्थ विस्फोट भएको छ । आज नेपाली सेना सहितको सुरक्षाकर्मीको टोलीले विस्फोट भएको स्थानको अवलोकन गरेको थियो । टोलीले द्वन्द्वकालमा छाडिएको माइन विस्फोट भएको हुनसक्ने जिल्ला...
बाँकेमा इन्फ्लुएन्जाको सङ्क्रमण बढ्दै
बाँकेमा इन्फ्लुएन्जाको सङ्क्रमण देखिएको छ । भेरी अस्पतालमा आएका बिरामीको नमूना परीक्षण गर्दा इन्फ्लुएन्जा पुष्टि भएर बिरामी बढ्न थालेको अस्पतालका इन्फ्लुएन्जा फोकल पर्सन कन्सल्टेन्ट फिजिसियन डा खगेन्द्रजङ्ग शाहले बताउनुभयो । उहाँका अनुसार विगत दुई सातादेखि इन्फ्लुएन्जाको सङ्क्रमण देखिएको हो ।...
नातिया मुकाबला र वक्तृत्वकला प्रतियोगिता
नेपालगन्ज, भदौ ३० । ५९ औं राष्टिय बाल दिवसको अवसरमा कतार च्यारेटी नेपाल र बाँके युनेस्को क्लबको समन्वयमा नेपालगन्ज ५ स्थित साईनिंग फ्युचर एकेडेमीमा नातिया मुकाबिला र बाल अधिकार बारे वक्तृत्वकला प्रतियोगिताको सम्पन्न भएको छ । शाइनिंग बाल क्लबद्धारा आयोजना...
अदबद्धारा गजल गोष्ठी
पवन जायसवाल नेपालगन्ज ३० भदौ । बाँकेका उर्दू साहित्यकारहरुको संगठन गुल्जारए अदबले भाद्र ३० गते शनिवार आफनो नियमित मासिक गजल गोष्ठी गरेको छ । गुल्जारएअदब बाँकेले प्रत्येक महिनाको अन्तिम शनिवारका दिन आयोजना गर्दै आएको गजल गोष्ठीमा उर्दू साहित्यकारले मासिक गजल...
थारु महिलाले हस्तकलाका सामग्री विदेश निर्यात गर्दै
बाँकेका थारु महिलाले उत्पादन गरेका हस्तकलाका सामग्री विदेश निर्यात हुने गरेका छन् । नेपालगञ्जमा सङ्गठितरुपमा उत्पादन हुने थारु महिलाका हस्तकलाका सामग्री डेनमार्क, अमेरिका, जापान, थाइल्यान्डलगायतका मुलुकमा निर्यात गर्दै आएको नेपालगञ्जस्थित पञ्चशील हस्तकला केन्द्रका अध्यक्ष निरु चौधरीले जानकारी दिनुभयो । हामीले...