Pairabi logo

असोज २५, २०८३, आइतबार                    

बाँकेमा तीन लाख ९८ हजार क्यु फिटबढी काठ उत्पादन

सम्वाददाता

सम्वाददाता

बाँकेमा तीन लाख ९८ हजार क्यु फिटबढी काठ उत्पादन
ADVERTISEMENT

नेपालगन्ज, साउन २१ गते । बाँके जिल्लामा गत आर्थिक वर्ष २०८० र ०८१ मा झन्डै चार लाख क्यु फिट काठ उत्पादन भएको छ । गत आवमा जिल्लामा विभिन्न जातका तीन लाख ९८ हजार ६०८ दशमलव ७८ क्यु फिट काठ उत्पादन भएको हो ।

जिल्लाका विभिन्न सामुदायिक वन, राष्ट्रिय वन तथा निजी आवादी वनमा गरी गत आर्थिक वर्षमा तीन लाख ९८ हजार ६०८ दशमलव ७८ क्यु फिट काठ उत्पादन भएको डिभिजन वन कार्यालय बाँकेका सूचना अधिकारी वरिष्ठ वन अधिकृत वीरेन्द्र रोकाले बताउनुभयो ।

सूचना अधिकारी रोकाका अनुसार ८९ सामुदायिक वन, एउटा राष्ट्रिय वन ९चक्ला वन० र निजी आवादी वनमा गरी उक्त मात्रामा काठ उत्पादन भएको हो । २४ वटा संवर्धन प्रणाली लागू भएका सामुदायिक वनबाट एक लाख ९४ हजार ११० दशमलव ११ क्यु फिट, ६५ वटा  संवर्धन प्रणाली लागू नभएका सामुदायिक वनबाट ६३ हजार ७४ दशमलव ९९ क्यु फिट र एउटा  संवर्धन प्रणाली लागू भएको राष्ट्रिय वन ९शमसेरगन्ज माथेवास चक्ला वन०बाट ७१ हजार १११ दशमलव ०१ क्यु फिट काठ उत्पादन भएको उहाँले जानकारी दिनुभयो ।

त्यसै गरी विभिन्न व्यक्तिका निजी तथा आवादी वन क्षेत्रबाट गत आर्थिक वर्षमा ७० हजार ३१२ दशमलव ६७ क्यु फिट गरी जम्मा तीन लाख ९८ हजार ६०८ दशमलव ७८ क्यु फिट काठ उत्पादन गरिएको सूचना अधिकारी रोकाले बताउनुभयो ।

त्यसै गरी विभिन्न सामुदायिक वनबाट विभिन्न जातका ९९७ दशमलव १४ चट्टा, राष्ट्रिय वनबाट २७७ दशमलव २५ चट्टा र निजी आवादी वनबाट ९०३ दशमलव ०९ चट्टा गरी जम्मा दुई हजार १७७ दशमलव ४८ चट्टा दाउरा उत्पादन भएको छ ।

सामुदायिक तथा राष्ट्रिय वनबाट साल, असना, धौटी, जामुन, खयर, सिसौ, हर्रो, बर्रो, कर्मालगायतका प्रजातिका काठ तथा दाउरा उत्पादन भएको र निजी आवादी वनबाट मसला, टिक ९सागवन०, सिसौ, सिमल, खयरलगायतका प्रजातिका काठ तथा दाउरा उत्पादन भएको वन अधिकृत रोकाले जानकारी दिनुभयो ।

आर्थिक वर्ष २०७९/०८० मा भन्दा गत आर्थिक वर्षमा काठ तथा दाउरा उत्पादनको अनुपात बढेको छ । आर्थिक वर्ष २०७९/०८० मा बाँकेमा विभिन्न जातका तीन लाख ५२ हजार दशमलव ८१ क्यु फिट काठ उत्पादन भएको थियो भने एक हजार ७५७ दशमलव ३६ चट्टा दाउरा उत्पादन गरिएको थियो । 

बाँकेमा एक लाख १९ हजार ९३९ दशमलव ७४ हेक्टर वन क्षेत्र रहेको छ । जसमध्ये, ६२ हजार २०० दशमलव ६८ हेक्टर वन ९५१ दशमलव ८६ प्रतिशत० बाँके राष्ट्रिय निकुञ्ज अन्तर्गत र ५७ हजार ७३९ दशमलव ०६ हेक्टर वन ९४८ दशमलव १४ प्रतिशत० डिभिजन वन कार्यालयको क्षेत्राधिकार भित्र रहेको सहायक वन अधिकृत नवराज शाहीले जानकारी दिनुभयो । ५७ हजार ७३९ दशमलव ०६ हेक्टर वन क्षेत्रमध्ये ५२ हजार ९३३ दशमलव ०९ हेक्टर वन रुखले ढाकेको र चार हजार ८०५ दशमलव ९७ हेक्टर वन क्षेत्र झाडी तथा बुट्यानले ढाकेको छ ।

सहायक वन अधिकृत शाहीका अनुसार जिल्लामा एक सय १९ वटा सामुदायिक वन, एउटा चक्ला वन, चार वटा धार्मिक वन र राष्ट्रिय वन छन् । सामुदायिक वन ३४ हजार ७ हेक्टर, चक्ला वन दुई हजार ५७८ हेक्टर, धार्मिक वन करिब एक सय हेक्टरमा रहेका छन् भने अन्य वन क्षेत्र राष्ट्रिय वनले ओगटेको शाहीले जानकारी दिनुभयो ।

ताजा

सबै

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिव…

प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी विधेयकमाथि कानुन व्यवसायीसँग छलफल

नेपालगन्ज। सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ लाई संशोधन गर्न प्रस्ताव…

नाङ्गो विद्युत् तारबाट १७ वर्षीय किशोर घाइते भएपछि क्षतिपूर्तिको माग गर्दै अदालतमा मुद्दा

नेपालगन्ज। सार्वजनिक सडकमा लत्रिएको नाङ्गो विद्युत् तारको सम्पर्कमा परी गम्भीर घाइते भएक…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

लोकप्रिय

यो पनि

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिव…

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

नेपालगन्ज, ९ असोजः कैलालीको लम्कीचुहा नगरपालिका१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहा…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…