Pairabi logo

माघ १२, २०८२, आइतबार                    

बाँकेमा तीन लाख ९८ हजार क्यु फिटबढी काठ उत्पादन

सम्वाददाता

सम्वाददाता

बाँकेमा तीन लाख ९८ हजार क्यु फिटबढी काठ उत्पादन
ADVERTISEMENT

नेपालगन्ज, साउन २१ गते । बाँके जिल्लामा गत आर्थिक वर्ष २०८० र ०८१ मा झन्डै चार लाख क्यु फिट काठ उत्पादन भएको छ । गत आवमा जिल्लामा विभिन्न जातका तीन लाख ९८ हजार ६०८ दशमलव ७८ क्यु फिट काठ उत्पादन भएको हो ।

जिल्लाका विभिन्न सामुदायिक वन, राष्ट्रिय वन तथा निजी आवादी वनमा गरी गत आर्थिक वर्षमा तीन लाख ९८ हजार ६०८ दशमलव ७८ क्यु फिट काठ उत्पादन भएको डिभिजन वन कार्यालय बाँकेका सूचना अधिकारी वरिष्ठ वन अधिकृत वीरेन्द्र रोकाले बताउनुभयो ।

सूचना अधिकारी रोकाका अनुसार ८९ सामुदायिक वन, एउटा राष्ट्रिय वन ९चक्ला वन० र निजी आवादी वनमा गरी उक्त मात्रामा काठ उत्पादन भएको हो । २४ वटा संवर्धन प्रणाली लागू भएका सामुदायिक वनबाट एक लाख ९४ हजार ११० दशमलव ११ क्यु फिट, ६५ वटा  संवर्धन प्रणाली लागू नभएका सामुदायिक वनबाट ६३ हजार ७४ दशमलव ९९ क्यु फिट र एउटा  संवर्धन प्रणाली लागू भएको राष्ट्रिय वन ९शमसेरगन्ज माथेवास चक्ला वन०बाट ७१ हजार १११ दशमलव ०१ क्यु फिट काठ उत्पादन भएको उहाँले जानकारी दिनुभयो ।

त्यसै गरी विभिन्न व्यक्तिका निजी तथा आवादी वन क्षेत्रबाट गत आर्थिक वर्षमा ७० हजार ३१२ दशमलव ६७ क्यु फिट गरी जम्मा तीन लाख ९८ हजार ६०८ दशमलव ७८ क्यु फिट काठ उत्पादन गरिएको सूचना अधिकारी रोकाले बताउनुभयो ।

त्यसै गरी विभिन्न सामुदायिक वनबाट विभिन्न जातका ९९७ दशमलव १४ चट्टा, राष्ट्रिय वनबाट २७७ दशमलव २५ चट्टा र निजी आवादी वनबाट ९०३ दशमलव ०९ चट्टा गरी जम्मा दुई हजार १७७ दशमलव ४८ चट्टा दाउरा उत्पादन भएको छ ।

सामुदायिक तथा राष्ट्रिय वनबाट साल, असना, धौटी, जामुन, खयर, सिसौ, हर्रो, बर्रो, कर्मालगायतका प्रजातिका काठ तथा दाउरा उत्पादन भएको र निजी आवादी वनबाट मसला, टिक ९सागवन०, सिसौ, सिमल, खयरलगायतका प्रजातिका काठ तथा दाउरा उत्पादन भएको वन अधिकृत रोकाले जानकारी दिनुभयो ।

आर्थिक वर्ष २०७९/०८० मा भन्दा गत आर्थिक वर्षमा काठ तथा दाउरा उत्पादनको अनुपात बढेको छ । आर्थिक वर्ष २०७९/०८० मा बाँकेमा विभिन्न जातका तीन लाख ५२ हजार दशमलव ८१ क्यु फिट काठ उत्पादन भएको थियो भने एक हजार ७५७ दशमलव ३६ चट्टा दाउरा उत्पादन गरिएको थियो । 

बाँकेमा एक लाख १९ हजार ९३९ दशमलव ७४ हेक्टर वन क्षेत्र रहेको छ । जसमध्ये, ६२ हजार २०० दशमलव ६८ हेक्टर वन ९५१ दशमलव ८६ प्रतिशत० बाँके राष्ट्रिय निकुञ्ज अन्तर्गत र ५७ हजार ७३९ दशमलव ०६ हेक्टर वन ९४८ दशमलव १४ प्रतिशत० डिभिजन वन कार्यालयको क्षेत्राधिकार भित्र रहेको सहायक वन अधिकृत नवराज शाहीले जानकारी दिनुभयो । ५७ हजार ७३९ दशमलव ०६ हेक्टर वन क्षेत्रमध्ये ५२ हजार ९३३ दशमलव ०९ हेक्टर वन रुखले ढाकेको र चार हजार ८०५ दशमलव ९७ हेक्टर वन क्षेत्र झाडी तथा बुट्यानले ढाकेको छ ।

सहायक वन अधिकृत शाहीका अनुसार जिल्लामा एक सय १९ वटा सामुदायिक वन, एउटा चक्ला वन, चार वटा धार्मिक वन र राष्ट्रिय वन छन् । सामुदायिक वन ३४ हजार ७ हेक्टर, चक्ला वन दुई हजार ५७८ हेक्टर, धार्मिक वन करिब एक सय हेक्टरमा रहेका छन् भने अन्य वन क्षेत्र राष्ट्रिय वनले ओगटेको शाहीले जानकारी दिनुभयो ।

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

यो पनि

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

नेपालगन्ज । बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन …

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

नेपालगन्ज, ३ माघः बाँकेको खजुरा गाउँपालिका३ बीगाउँमा निर्माणाधीन गाउँपालिका प्रशास…

प्युठानको धेनुमतीमा महा स्नान

प्युठानको धेनुमतीमा महा स्नान

मकर संक्रान्तिको अवसरमा प्युठानको सिमरुक धेनुमतीमा महास्नान कार्यक्रम सम्पन्न भएको छ । …