Pairabi logo

कात्तिक १६, २०८३, आइतबार                    

हुलाकी सडकमा बाढी पसेपछि...

सम्वाददाता

सम्वाददाता

हुलाकी सडकमा बाढी पसेपछि...
ADVERTISEMENT

नेपालगन्ज, २३ साउनः बाँकेको खजुरास्थित पेडारी नालामा आएको बाढी हुलाकी सडकमा पसेपछि सवारी साधन आवागमनमा समस्या भएको छ । वर्षाद्मा पानी पर्नासाथ पेडारी नालामा आउने बाढी नेपालगञ्ज–गुलरिया हुलाकी सडकबाटै बगेर वर्षेनी सर्वसाधारण नागरिकलाई पीडा दिने गरेको छ ।

खजुरा गाउँपालिकाको केन्द्र खजुरा बजारमै रहेको पेडारी नालामा रहेको पुलको निकास साँघुरो भएका कारण खोलामा आएको बाढी सडकबाट बगिरहेको स्थानीय अगुवा सतिश निरौलाले जानकारी दिनुभयो ।  “ठूलो बाढी आउनासाथ सडकबाटै बाढी बग्ने गरेका कारण लामो समयसम्म सवारी आवागमन ठप्प हुने गर्दछन्”,उहाँले भन्नुभयो,“वर्षातको समयमा मात्र चर्चामा आउने खोलाको चाप र पानीको सतह वृद्धि हुनासाथ साना सवारी साधन र पैदल यात्रीलाई आवतजावतमा सास्ती भएको छ ।”

निर्वाचनको बेला चुनावी ‘एजेण्डा’ बन्ने गरेको पेडारी नालाको पुल अरु बेला चर्चामै नआउने गरेको उल्लेख गर्दै उहाँले भन्नुभयो,“पेडारीनालामा अचानक आउने बाढीले खजुरा क्षेत्र लगायत नेपालगञ्ज–गुलरिया सडकमा आवत जावत गर्ने सयौं सर्वसाधारण पीडित हुने गरेका छन् ।” खोलामा अचानक बाढी आउँदा आवतजावत गर्ने सवारी साधन र सर्वसाधारण यात्रुले दुःख पाउने गरेका छन् ।

सामान्य पानी सहजै बग्ने गरेपनि ठूलो बाढी आउँदा पुल साँघुरो भएका कारण खोला भरिएर वारीपारी सडकमाथिबाट बाढी बग्ने गरेको स्थानीय कृष्णबिक्रम केसीले बताउनुभयो । 

वर्षेनी सडक वारपार गर्ने मोटरसाइकल बगाएर दुर्घटना हुने गरेका छन् । वर्षादको समयमा खोलामा बाढी आएपछि नेपालगञ्ज आवत जावतमा कठिनाई हुने गरेको उहाँको भनाई छ ।  नेपालगञ्ज–गुलरिया हुलाकी चारलेन सडकमा पर्ने अन्य खोला नाला र कल्भर्ट विस्तार भईसकेपनि पेडारी खोलामा एकतर्फी गाडी सञ्चालन हुने जीर्ण पुल विस्तार हुन सकेको छैन ।

पुल विस्तार नहुँदासम्म वर्षाद्मा डुवानको समस्या कायमै रहने भएकोले जनताले सास्ती व्यहोर्नु परेको खजुरा गाउँपालिका अध्यक्ष डम्बर बिकले बताउनुभयो । पेडारी नालाको पुल अत्यन्त जीर्ण र होचो भएका कारण नालामा पानीको सतह बढ्नासाथ पानी सडक भएर बग्नेगरेको छ । अग्लो पुल निर्माणका लागि प्रक्रिया अघि बढेको उहाँको भनाइ छ ।

ताजा

सबै

कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित

कर्णाली, १४ कात्तिकः कर्णाली हिमाली जिल्लाका उच्च भागमा हिमपात हुँदा यहाँको जनजीवन प्…

फूल आयतमा रोक लगाएपछि व्यावसायीक फूलखेतीमा किसानको आकर्षण बढ्दै

नेपालगनज, १४ कात्तिकः भारतीय फूल आयतमा रोक लगाएसँगै बाँकेमा व्यावसायिक फूलखेतीमा …

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बाँके, १४ कात्तिकः बैजनाथ गाउँपालिकाले गत आर्थिक वर्षमा नौ किलोमिटर सडक निर्माण गरे…

मानव बेचबिखन रोकथामका लागि स्थानीयस्तरमा समन्वय र सहकार्यमा जोड

बर्दिया १४ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत बाँके युनेस्को क्लबले प्लान इन्टरने…

लोकप्रिय

सबै

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

बर्दिया १२ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँ…

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

बर्दिया, ११ कार्तिक । मानव बेचबिखनको रोकथाम तथा नियन्त्रण र यससँग सम्बन्धित सामाजिक स…

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुर, (बाँके) ११ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिकामा करदाताहरूलाई स्थानीय…

बाँके निकुञ्जमा जङ्गल सफारी सुरु

बाँके १० कार्तिक । बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुरु गरिएको छ । निकुञ्जको पा…

यो पनि

कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित

कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित

कर्णाली, १४ कात्तिकः कर्णाली हिमाली जिल्लाका उच्च भागमा हिमपात हुँदा यहाँको जनजीवन प्…

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बाँके, १४ कात्तिकः बैजनाथ गाउँपालिकाले गत आर्थिक वर्षमा नौ किलोमिटर सडक निर्माण गरे…

मानव बेचबिखन रोकथामका लागि स्थानीयस्तरमा समन्वय र सहकार्यमा जोड

मानव बेचबिखन रोकथामका लागि स्थानीयस्तरमा समन्वय र सहकार्यमा जोड

बर्दिया १४ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत बाँके युनेस्को क्लबले प्लान इन्टरने…

मिठाइ व्यवसायीलाई लेबलिङ गरेर बेचविखन गर्न आग्रह

मिठाइ व्यवसायीलाई लेबलिङ गरेर बेचविखन गर्न आग्रह

बाँके, १३ कात्तिकः नेपालगञ्ज आसपासका बजारमा रहेका मिठाइ व्यवसायीलाई लेबलिङ गरेर बे…