Pairabi logo

कात्तिक ०२, २०८३, आइतबार                    

हुलाकी सडकमा बाढी पसेपछि...

सम्वाददाता

सम्वाददाता

हुलाकी सडकमा बाढी पसेपछि...
ADVERTISEMENT

नेपालगन्ज, २३ साउनः बाँकेको खजुरास्थित पेडारी नालामा आएको बाढी हुलाकी सडकमा पसेपछि सवारी साधन आवागमनमा समस्या भएको छ । वर्षाद्मा पानी पर्नासाथ पेडारी नालामा आउने बाढी नेपालगञ्ज–गुलरिया हुलाकी सडकबाटै बगेर वर्षेनी सर्वसाधारण नागरिकलाई पीडा दिने गरेको छ ।

खजुरा गाउँपालिकाको केन्द्र खजुरा बजारमै रहेको पेडारी नालामा रहेको पुलको निकास साँघुरो भएका कारण खोलामा आएको बाढी सडकबाट बगिरहेको स्थानीय अगुवा सतिश निरौलाले जानकारी दिनुभयो ।  “ठूलो बाढी आउनासाथ सडकबाटै बाढी बग्ने गरेका कारण लामो समयसम्म सवारी आवागमन ठप्प हुने गर्दछन्”,उहाँले भन्नुभयो,“वर्षातको समयमा मात्र चर्चामा आउने खोलाको चाप र पानीको सतह वृद्धि हुनासाथ साना सवारी साधन र पैदल यात्रीलाई आवतजावतमा सास्ती भएको छ ।”

निर्वाचनको बेला चुनावी ‘एजेण्डा’ बन्ने गरेको पेडारी नालाको पुल अरु बेला चर्चामै नआउने गरेको उल्लेख गर्दै उहाँले भन्नुभयो,“पेडारीनालामा अचानक आउने बाढीले खजुरा क्षेत्र लगायत नेपालगञ्ज–गुलरिया सडकमा आवत जावत गर्ने सयौं सर्वसाधारण पीडित हुने गरेका छन् ।” खोलामा अचानक बाढी आउँदा आवतजावत गर्ने सवारी साधन र सर्वसाधारण यात्रुले दुःख पाउने गरेका छन् ।

सामान्य पानी सहजै बग्ने गरेपनि ठूलो बाढी आउँदा पुल साँघुरो भएका कारण खोला भरिएर वारीपारी सडकमाथिबाट बाढी बग्ने गरेको स्थानीय कृष्णबिक्रम केसीले बताउनुभयो । 

वर्षेनी सडक वारपार गर्ने मोटरसाइकल बगाएर दुर्घटना हुने गरेका छन् । वर्षादको समयमा खोलामा बाढी आएपछि नेपालगञ्ज आवत जावतमा कठिनाई हुने गरेको उहाँको भनाई छ ।  नेपालगञ्ज–गुलरिया हुलाकी चारलेन सडकमा पर्ने अन्य खोला नाला र कल्भर्ट विस्तार भईसकेपनि पेडारी खोलामा एकतर्फी गाडी सञ्चालन हुने जीर्ण पुल विस्तार हुन सकेको छैन ।

पुल विस्तार नहुँदासम्म वर्षाद्मा डुवानको समस्या कायमै रहने भएकोले जनताले सास्ती व्यहोर्नु परेको खजुरा गाउँपालिका अध्यक्ष डम्बर बिकले बताउनुभयो । पेडारी नालाको पुल अत्यन्त जीर्ण र होचो भएका कारण नालामा पानीको सतह बढ्नासाथ पानी सडक भएर बग्नेगरेको छ । अग्लो पुल निर्माणका लागि प्रक्रिया अघि बढेको उहाँको भनाइ छ ।

ताजा

सबै

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

लोकप्रिय

सबै

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

यो पनि

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दिया, २८ असोजः चाडपर्व नजिकिँदै गर्दा बर्दियामा बेवारिसे अवस्थामा हतियार फेला पर्न…