Pairabi logo

माघ १०, २०८२, शुक्रबार                    

अन्तरप्रदेश पर्यटन मार्गलाई प्राथमिकता दिन स्थानीयको माग

डेक्स

डेक्स

अन्तरप्रदेश पर्यटन मार्गलाई प्राथमिकता दिन स्थानीयको माग
ADVERTISEMENT

नेपालगन्ज, २७ साउनः बाँकेको कोहलपुर हुँदै कर्णाली प्रदेशको घुइँयाबारी सल्यान जोड्ने अन्तरप्रदेश पर्यटन मार्ग निर्माणलाई प्राथमिकता दिन स्थानीयले माग गरेका छन् । कोहलपुर नगरपालिका–१२ र १३ मा पर्ने चप्परगौडी, खडकवारलगायत कोहलपुरलाई आर्थिक तथा सामाजिक रुपले सवल बनाउन कोहलपुर–चपरगौडी–खड्कवार–घुइँयाबारी हुँदै सल्यान जोड्ने अन्तरप्रदेश पर्यटकीय मार्ग निर्माणलाई राज्यले प्राथमिकता दिनुपर्ने स्थानीय अगुवा टेकबहादुर शाहीले बताउनुभयो । 

यो सडक निर्माणले कोहलपुरको १२ र १३ नं वडामा पर्ने दुर्गम भेगका ग्रामीणबस्ती सडक सञ्जालसँग जोडिनुका साथै बाँके र सल्यानका जनताको आर्थिक जीवनस्तर सुधार ल्याउन ठूलो सहयोगी हुने भएकाले प्रदेश र केन्द्रीय सरकारले ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो । 

अन्तरप्रदेश पर्यटन मार्ग निर्माणको पहल गर्न चार वर्ष अगाडिदेखि कोहलपुर–१२ र १३ का नागरिकले संयुक्त पहलमा सङ्घर्ष समिति बनाएर निरन्तरको दबाबपछि निर्माण प्रक्रिया सुरु भएको कोहलपुर–१३ खड्कवारका स्थानीय एवं पूर्ववडाध्यक्ष ओमप्रकाश ओलीले बताउनुभयो । 

“चप्परगौडी–घुइँयाबारी सडक निर्माण सुरु हुँदा हामी सबै खुसी भएका थियौँ, अहिले कामले गति लिन सकेको छैन”, उहाँले भन्नुभयो, “सल्यान र बाँकेका ग्रामीण क्षेत्रको आर्थिक तथा सामाजिक विकासका लागि यो सडक निर्माणमा राज्यले प्राथमिकता दिनुपर्दछ ।”

चुरे, भावर, समथर भूभाग, मठमन्दिर, राष्ट्रिय निकुञ्ज, आदि यही बाटोमा पर्ने भएकाले पर्यटकीय हिसाबले पनि यो सडक महत्वपूर्ण मानिने पूर्ववडाध्यक्ष ओलीले जानकारी दिनुभयो । 

सडक छेउ कोहलपुर–१३ मा खड्कवार सामुदायिक होमस्टे ९घरबास० सञ्चालनमा छ । चप्परगौडी–घुइँयाबारी अन्तरप्रदेश पर्यटकीय मार्ग सञ्चालनमा आए पाहुनाको थप चहलपहल बढ्ने होमस्टे व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर रानाले बताउनुभयो । 

स्थानीय नागरिकको पहलमा यो सडकलाई बाँके राष्ट्रिय निकुञ्जको नियामवलीमा ‘निकुञ्जको अतिआवश्यक कालोपत्र बाटो’ भनी उल्लेख गरिएको छ भने लुम्बिनी र कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रममा ‘दुई प्रदेशको रणनीतिक महत्वको बाटो’ भनी उल्लेख भएको छ ।

चप्परगौडी–घुइँयाबारी अन्तरप्रदेश पर्यटकीय मार्ग निर्माणमा गत दुई आर्थिक वर्षमा रु आठ करोडको बजेट विनियोजन भएर काम सुरु भइसकेको छ । यो वर्ष रु पाँच करोड विनियोजन भएको प्रतिनिधिसभाका सांसद सूर्य ढकालले जानकारी दिनुभयो । 

“यो सडक निर्माणले बाँके र सल्यानका जनताको आर्थिक जीवनस्तर उठाउन कोशेढुङ्गा सावित हुनेछ । सल्यान, सुर्खेत, प्यूठान र रोल्पासम्म पुग्न छोटो र कम खर्चमा यात्रा गर्न सकिने यो सडक निर्माणमा सङ्घीय सरकारसँग समन्वय गरी अगाडि बढ्ने योजना छ”, सांसद ढकालले भन्नुभयो, “सडक सञ्चालन गर्नसके पहाडको उत्पादन तराई र बाँकेको उत्पादन सल्यानलगायत जिल्लाहरुमा पुर्‍याउन सकिन्छ ।”

चुरे, भावर, समथर भूभाग, मठमन्दिर, राष्ट्रिय निकुञ्जलगायत क्षेत्र यही बाटोमा पर्ने भएकाले पर्यटकीय हिसाबले यसको महत्व बढी रहेको स्थानीय बताउँछन् । यो मार्ग बनाउनका लागि लामो समयदेखि कुरा उठ्दै आए पनि अहिले मूर्तरुप लिनेगरी प्राथमिकता पाएको सांसद ढकालले जानकारी दिनुभयो । यसलाई सफल बनाउन आफूले सधैँ सहयोग गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।  

ताजा

सबै

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

लोकप्रिय

सबै

स्थानीय तहले लैङ्गिक हिंसा न्युनीकरण गर्न कानून बनाउनुपर्नेमा जोड

नेपालगन्ज, ५ माघः महिला तथा बालिकाविरुद्ध हुने हिंसा न्युनीकरणका लागि स्थानीय तहले …

बाँकेको खजुरा र जानकीमा महिला हिंसा न्युनीकरण गर्न नीति कार्यन्वयन

नेपालगन्ज ४ माघ । बाँकेको खजुरा र जानकी गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने…

बढैयाताल गाउँपालिकामा ‘पुर्नस्थापना तथा सेवा कोष ऐन’ सार्वजनिकीकरण

बर्दिया ६ माघ । बर्दियाको बढैयाताल गाउँपालिकामा पुर्नस्थापना केन्द्र तथा सेवा केन्द्रको…

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

यो पनि

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

नेपालगन्ज । बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन …

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

नेपालगन्ज, ३ माघः बाँकेको खजुरा गाउँपालिका३ बीगाउँमा निर्माणाधीन गाउँपालिका प्रशास…

प्युठानको धेनुमतीमा महा स्नान

प्युठानको धेनुमतीमा महा स्नान

मकर संक्रान्तिको अवसरमा प्युठानको सिमरुक धेनुमतीमा महास्नान कार्यक्रम सम्पन्न भएको छ । …