Pairabi logo

असोज २७, २०८३, मंगलबार                    

अन्तरप्रदेश पर्यटन मार्गलाई प्राथमिकता दिन स्थानीयको माग

डेक्स

डेक्स

अन्तरप्रदेश पर्यटन मार्गलाई प्राथमिकता दिन स्थानीयको माग
ADVERTISEMENT

नेपालगन्ज, २७ साउनः बाँकेको कोहलपुर हुँदै कर्णाली प्रदेशको घुइँयाबारी सल्यान जोड्ने अन्तरप्रदेश पर्यटन मार्ग निर्माणलाई प्राथमिकता दिन स्थानीयले माग गरेका छन् । कोहलपुर नगरपालिका–१२ र १३ मा पर्ने चप्परगौडी, खडकवारलगायत कोहलपुरलाई आर्थिक तथा सामाजिक रुपले सवल बनाउन कोहलपुर–चपरगौडी–खड्कवार–घुइँयाबारी हुँदै सल्यान जोड्ने अन्तरप्रदेश पर्यटकीय मार्ग निर्माणलाई राज्यले प्राथमिकता दिनुपर्ने स्थानीय अगुवा टेकबहादुर शाहीले बताउनुभयो । 

यो सडक निर्माणले कोहलपुरको १२ र १३ नं वडामा पर्ने दुर्गम भेगका ग्रामीणबस्ती सडक सञ्जालसँग जोडिनुका साथै बाँके र सल्यानका जनताको आर्थिक जीवनस्तर सुधार ल्याउन ठूलो सहयोगी हुने भएकाले प्रदेश र केन्द्रीय सरकारले ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो । 

अन्तरप्रदेश पर्यटन मार्ग निर्माणको पहल गर्न चार वर्ष अगाडिदेखि कोहलपुर–१२ र १३ का नागरिकले संयुक्त पहलमा सङ्घर्ष समिति बनाएर निरन्तरको दबाबपछि निर्माण प्रक्रिया सुरु भएको कोहलपुर–१३ खड्कवारका स्थानीय एवं पूर्ववडाध्यक्ष ओमप्रकाश ओलीले बताउनुभयो । 

“चप्परगौडी–घुइँयाबारी सडक निर्माण सुरु हुँदा हामी सबै खुसी भएका थियौँ, अहिले कामले गति लिन सकेको छैन”, उहाँले भन्नुभयो, “सल्यान र बाँकेका ग्रामीण क्षेत्रको आर्थिक तथा सामाजिक विकासका लागि यो सडक निर्माणमा राज्यले प्राथमिकता दिनुपर्दछ ।”

चुरे, भावर, समथर भूभाग, मठमन्दिर, राष्ट्रिय निकुञ्ज, आदि यही बाटोमा पर्ने भएकाले पर्यटकीय हिसाबले पनि यो सडक महत्वपूर्ण मानिने पूर्ववडाध्यक्ष ओलीले जानकारी दिनुभयो । 

सडक छेउ कोहलपुर–१३ मा खड्कवार सामुदायिक होमस्टे ९घरबास० सञ्चालनमा छ । चप्परगौडी–घुइँयाबारी अन्तरप्रदेश पर्यटकीय मार्ग सञ्चालनमा आए पाहुनाको थप चहलपहल बढ्ने होमस्टे व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर रानाले बताउनुभयो । 

स्थानीय नागरिकको पहलमा यो सडकलाई बाँके राष्ट्रिय निकुञ्जको नियामवलीमा ‘निकुञ्जको अतिआवश्यक कालोपत्र बाटो’ भनी उल्लेख गरिएको छ भने लुम्बिनी र कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रममा ‘दुई प्रदेशको रणनीतिक महत्वको बाटो’ भनी उल्लेख भएको छ ।

चप्परगौडी–घुइँयाबारी अन्तरप्रदेश पर्यटकीय मार्ग निर्माणमा गत दुई आर्थिक वर्षमा रु आठ करोडको बजेट विनियोजन भएर काम सुरु भइसकेको छ । यो वर्ष रु पाँच करोड विनियोजन भएको प्रतिनिधिसभाका सांसद सूर्य ढकालले जानकारी दिनुभयो । 

“यो सडक निर्माणले बाँके र सल्यानका जनताको आर्थिक जीवनस्तर उठाउन कोशेढुङ्गा सावित हुनेछ । सल्यान, सुर्खेत, प्यूठान र रोल्पासम्म पुग्न छोटो र कम खर्चमा यात्रा गर्न सकिने यो सडक निर्माणमा सङ्घीय सरकारसँग समन्वय गरी अगाडि बढ्ने योजना छ”, सांसद ढकालले भन्नुभयो, “सडक सञ्चालन गर्नसके पहाडको उत्पादन तराई र बाँकेको उत्पादन सल्यानलगायत जिल्लाहरुमा पुर्‍याउन सकिन्छ ।”

चुरे, भावर, समथर भूभाग, मठमन्दिर, राष्ट्रिय निकुञ्जलगायत क्षेत्र यही बाटोमा पर्ने भएकाले पर्यटकीय हिसाबले यसको महत्व बढी रहेको स्थानीय बताउँछन् । यो मार्ग बनाउनका लागि लामो समयदेखि कुरा उठ्दै आए पनि अहिले मूर्तरुप लिनेगरी प्राथमिकता पाएको सांसद ढकालले जानकारी दिनुभयो । यसलाई सफल बनाउन आफूले सधैँ सहयोग गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।  

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिव…

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

नेपालगन्ज, ९ असोजः कैलालीको लम्कीचुहा नगरपालिका१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहा…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…