Pairabi logo

पुस १३, २०८२, आइतबार                    

सूचनाको हकको कार्यन्वयनमा जोड

डेक्स

डेक्स

सूचनाको हकको कार्यन्वयनमा जोड
ADVERTISEMENT

नेपालगन्ज, २६ साउन : सुशासनका लागि सूचनाको हक मुख्य साधन भएकाले यसको उपयोगिता बढाउनुपर्नेमा जोड दिइएको छ । सुशासनका लागि सूचनाको हक विषयक लुम्विनी प्रदेशस्तरीय दुईदिने गोष्ठीका सहभागीहरुले तीन वटै सरकार तहमा अझै पनि सूचनाको हकको कार्यन्वयनमा समस्या देखिएकाले नागरिकस्तरबाटै यसको प्रयोग बढाउनुपर्ने बताएका थिए । 

कार्यक्रमका सहभागीहरुले हरेक सार्वजनिक निकायले कुनै पनि सूचना नलुकाइ पारदर्शी रुपमा नियमित रुपमा प्रकाशन गर्नुपर्ने भन्दै यसको कार्यन्वयनमा कार्यालयका प्रमुखको बढी भुमिका रहेको औल्याएका थिए । कार्यक्रममा सहभागी प्रदेश सभा सदस्यहरुले सबै सार्वजनिक निकाय र नागरिकलाई यसबारे सचेतना अभिबृद्धि गर्नुपर्ने भन्दै नीतिगत रुपमा यसको कार्यन्वयनलाई प्रभावकारी बनाउने बताएका थिए । 

शुक्रबारदेखि कोहलपुरमा सुरु भएको गोष्ठीमा लुम्विनी प्रदेशका सभामुख तुलाराम घर्तिमगरले सूचनाको हकलाई प्राथमिकताको विषय बनाउन आग्रह गर्दै प्रदेशतहमा पनि राष्ट्रिय सूचना आयोगको संरचना आवश्यक भएको बताउनुभयो । उहाँले सूचनाको हकको विषयमा प्रगति भएपनि कार्यन्वयन तहमा जटिलता भएको उल्लेख गर्दै नागरिकलाई अधिकार सम्पन्न बनाउन सूचनाको हकलाई प्रभावकारी बनाउन यसबारे सचेतनामुलक अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । 

राष्ट्रिय सूचना आयोगका आयुक्त रत्नप्रसाद मैनालीले सावर्जनिक निकायलाई जवाफदेही र पारदर्शी बनाउन सूचनाको हकले योगदान गरेको उल्लेख गर्दैै नीति निमार्ण गर्न प्रदेश सभाका सदस्यहरूको भुमिका हुने बताउनुभयो । 

गोष्ठीमा आयोगका निमित्त सचिव युवराज अधिकारीले सूचनाको हक कार्यान्वयनमा प्रदेश सभा सदस्यको भुमिका र अपेक्षा, संविधानविद् काशीराज दाहालले पारदर्शिता, जवाफदेहीता र सूचनाको हक अन्तरसम्बन्ध र वरिष्ठ पत्रकार तारानाथ दाहालले डिजिटल प्रविधिको प्रयोग र सूचनाको हकको अन्तरसम्बन्ध बारेमा अवधारणा पत्र प्रस्तुत गरेको राष्ट्रिय सूचना आयोगले जनाएको छ । 

गोष्ठीमा लुम्विनी प्रदेशसभाका सदस्यहरु, सूचना अभियान्ता, पत्रकार लगायतको सहभागिता रहेको छ । राष्ट्रिय सूचना आयोगले सो गोष्ठीको आयोजना गरेको हो । 


 

ताजा

सबै

नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड, ५ बुँदे नरैनापुर घोषणा–पत्र जारी

बाँके (नरैनापुर), । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न मिडियाको तर्फबाट सशक्तरुपल…

बढैयाताल गाउँपालिकाको पुर्नस्थापना तथा सेवा कोष ऐन २०८२ निमार्ण

नेपालगन्ज, १० पुस । मानव बेचविखन तथा लैङ्गिक हिंसाबाट पिडितहरुको पुर्नस्थापना, तत्का…

फागुन २१ मा चुनाव गर्नुपर्छ : सहमहामन्त्री राठौर

बाँके, ८ पुस :नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिह राठौरले प्रतिनिधीसभाको चुनाव…

नेपाल रेडक्रसको विधान संशोधन सुझाव कार्यशाला

प्रहलाद विश्वर्मा नेपालगंज ६ पुस ।। नेपाल रेडक्रस सोसाइटीको विधान संशोधनका लागि सुझ…

लोकप्रिय

सबै

बढैयाताल गाउँपालिकाको पुर्नस्थापना तथा सेवा कोष ऐन २०८२ निमार्ण

नेपालगन्ज, १० पुस । मानव बेचविखन तथा लैङ्गिक हिंसाबाट पिडितहरुको पुर्नस्थापना, तत्का…

फागुन २१ मा चुनाव गर्नुपर्छ : सहमहामन्त्री राठौर

बाँके, ८ पुस :नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिह राठौरले प्रतिनिधीसभाको चुनाव…

नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड, ५ बुँदे नरैनापुर घोषणा–पत्र जारी

बाँके (नरैनापुर), । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न मिडियाको तर्फबाट सशक्तरुपल…

यो पनि

बढैयाताल गाउँपालिकाको पुर्नस्थापना तथा सेवा कोष ऐन २०८२ निमार्ण

बढैयाताल गाउँपालिकाको पुर्नस्थापना तथा सेवा कोष ऐन २०८२ निमार्ण

नेपालगन्ज, १० पुस । मानव बेचविखन तथा लैङ्गिक हिंसाबाट पिडितहरुको पुर्नस्थापना, तत्का…

लैङ्गिक हिंसाविरुद्ध १६दिने अभियानको समापनमा डुडुवाद्धारा बृहत रयाली र अन्र्तक्रिया

लैङ्गिक हिंसाविरुद्ध १६दिने अभियानको समापनमा डुडुवाद्धारा बृहत रयाली र अन्र्तक्रिया

डुडुवा (बाँके), २४ मसिंर । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको समापनमा बाँकेक…

लैङ्गिक हिंसाविरुद्ध कानुनको कार्यान्वयन नहुदा पिडितले न्याय पाएनन

लैङ्गिक हिंसाविरुद्ध कानुनको कार्यान्वयन नहुदा पिडितले न्याय पाएनन

नेपालगन्ज, १८ मसिंर । लैङ्गिक हिंसाविरुद्ध अहिले थुप्रै कानुनहरु भएपनि त्यसको प्रभावक…

कार्यस्थलमा समेत महिला असुरक्षित

कार्यस्थलमा समेत महिला असुरक्षित

नेपालगन्ज १७ मसिंर ।कार्यस्थलमा महिलामाथी विभिन्न किसिमका हिंसाहरु हुने गरेको एक का…