Pairabi logo

माघ १२, २०८२, आइतबार                    

नागपंचमी अवधी समुदायमा (गुडिया पर्व)

डेक्स

डेक्स

नागपंचमी अवधी समुदायमा (गुडिया पर्व)

फाइल फोटो

ADVERTISEMENT

राकेशकुमार मिश्र

बाँके २५ साउन : आज साउन शुक्लपक्ष नागपञ्चमी पर्व । पश्चिम नेपालको तराईका जिल्लामा बसोबास गर्ने अवधी समुदायले नाग पर्वलाई ‘गुडिया’ पर्वका रूपमा मनाउने गर्दछन् ।

यो पर्व अवधी समुदायको मुख्य पर्वको रूपमा लिइन्छ । आजको दिन सो समुदायले घरपरिवार, आफन्त, टोल छिमेक सबै मिलेर विशेष धुमधामका साथ सो पर्व मनाउदछन् ।

गाउँ टोलका विशेष गरी अगुवा बिहानै नुहाएर घरको वरिपरि गाईको गोबरले चिन्हो तानेर मोटो लाइन बनाउने गर्दछन् । यसलाई गोबर चक्र भनिन्छ । सो चक्रले घरमा सर्पलाई आउनबाट रोक्ने यहाँ धार्मिक विश्वास रहिआएको छ ।

यसपछि दूध र चनाको घुघरी (भिजाएको काँचो चनाबाट बनाइएको परिकार) नाग देउता र गाउँ नजिकै रहेको थान देउतामा चढाइने गरिन्छ । योसँगै घरको ढोकामा नाग टाँसेर पूजा पनि गरिन्छ ।

यस दिन सबैको घरमा खाने परिकारअन्तर्गत चनाको घुघरी बनाइने गरिन्छ । यसका साथै पुरी, तरकारी, खिर, अचार, गुल्गुला यो पर्वको मुख्य परिकार हो । यो पर्वमा विवाहित छोरीलाई घुघरी पठाउने चलन पनि छ ।

घुघरीमा चना, चामल, भेली मिठाइँ, र आवश्यक कपडा लत्तासहितको गठरी सामर्थअनुसार भाइ वा बाबुले गठरी बाँधेर छोरीको घरमा लग्ने परम्परा रहेको वरिष्ठ अवधि साहित्यकार सच्चिदानन्द चौबेले जानकारी दिनुभयो । 

यस पर्वमा छोरी बोलाउने तथा लिन जाने गरिन्छ । गाउँघर, टोल समुदायमा पिङ (झुला) हाल्ने गरिन्छ । युवायुवती गीतसंगीत गाएर पिङ खेल्ने चलन छ । साँझ सबै युवतीले कपडाको गुडिया बनाएर भुइँमा हाल्ने र युवाले लठ्ठीले गुडिया पिट्ने गरेको अवधि अगुवा पण्डित शिवप्रसाद पाठकले बताउनुभयो । 

उहाँका अनुसार यस दिन सबैको घरमा मिठोमिठो खानेकुरा पकाइने गरिन्छ । यस दिन घरमा पाहुनालाई बोलाइ सेवा सत्कार गरिन्छ । यो पर्व समुदायमा आदि कालबाट चलिआएको अगुवा पाठकले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘हामी सबै भगवानलाई देउताको रूपमा मान्ने गर्छौं । सूर्य, चन्द्रमा, नदी, पृथ्वी, गाई, रुख, हावापानी, सर्प, बाँदल, अन्नपात, वन, जंगल, पहाड, समुद्रजस्ता प्रकृतिबाट उत्पन्न वस्तुलाई देउता सामान मानिन्छ । सबै देवरूपमा रहेका छन् । यसलाई समय समयमा पूजा गर्नुपर्छ ।’ जादुगर (मदारी)ले घर घरमा गएर सर्प देखाइ गरेर सिधा लिने गरेको पाइन्छ ।

स्वास्थ्यको हिसाबले बर्सातको मौसममा हिलो, माटो, गोबर, खेतीपातीको काम गरेर शरीरको तन्दुरस्ती कम भएको हुन्छ । त्यसलाई पूर्ति गर्न यस पर्वमा चनाको घुघरी (गेँडागुडी पोषिलो खान) खाएर शरीरलाई बलियो बनाउने परम्परा रहेको छ ।

अवधीमा उखान छ, ‘चना सवसे मरदाना अनाज होय, इसे मरदाङ्गगी पैदा होत है।’ गुडिया पर्वको धार्मिक सम्बन्ध पनि छ । भगवान कृष्णले नागलाई नाथेका थिए । उनलाई अन्त पठाएपछि जमुना नदीको पानी सफा भएको थियो ।

सर्प सत्रु नभएर घर र खेत–खरिहानमा रहेका मुसा, छेपारो, गिरगट्टो, भ्यागुता आदि जनावरलाई खाने गर्दछ। सर्पलाई दूध र चना खुवाउने गरिन्छ ।

परापूर्वकालबाट गुडिया र होली पर्व एकै दिन (बार) मा पर्ने गर्दछन् । यसैले भन्ने गरिन्छ, ‘नाग फाग एकै दिन’ सबै चाडपर्व समुदायमा मेल सद्भाव, शान्ति, भाइचारा कयम गर्ने पर्वको रूपमा लिइएको छ । अवधीभाषामा उखान छ ‘गुडिया ढुढेंरीमा समधी दमादका ना बोलावा जाय तौ कब बोलावा जाय।’ 
–––

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

बढैयाताल गाउँपालिकामा ‘पुर्नस्थापना तथा सेवा कोष ऐन’ सार्वजनिकीकरण

बर्दिया ६ माघ । बर्दियाको बढैयाताल गाउँपालिकामा पुर्नस्थापना केन्द्र तथा सेवा केन्द्रको…

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

यो पनि

राप्ती नदी सिधनिया घाटमा मकर स्नान महोत्सव शुरु

राप्ती नदी सिधनिया घाटमा मकर स्नान महोत्सव शुरु

नेपालगञ्ज, ३० पुसः बाँकेको राप्ती नदीस्थित सिधनिया घाटमा पहिलोपटक मकर स्नान महोत्सवक…

नेपालको कलालाई संरक्षण सम्बद्र्धन गर्नुपर्नेमा जोड

नेपालको कलालाई संरक्षण सम्बद्र्धन गर्नुपर्नेमा जोड

नेपालगन्ज २ मङ्गसिर । उच्च अदालत नेपालगन्ज इजलासका वरिष्ठतम न्यायधिस बामदेव ज्ञवालीले …

नेपालगन्जमा दुई दिने इस्लामिक कला प्रर्दशनी

नेपालगन्जमा दुई दिने इस्लामिक कला प्रर्दशनी

नेपालगन्ज, १ मसिंर । अन्तर्राष्ट्रिय इस्लामिक कला दिवस २०२५को अवसरमा नेपालगन्जमा दुई द…

‘बर्फानी बाबा’ मन्दिर पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै

‘बर्फानी बाबा’ मन्दिर पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै

नेपालगञ्ज, २३ कात्तिक स् बाँके राप्तीसोनारी४ स्थित चुरे पहाडमा रहेको बर्फानी बाबा मन्द…