Pairabi logo

असोज २६, २०८३, सोमबार                    

युनेस्को नेपाल प्रतिनिधिद्धारा बाँके बर्दियाका बिभिन्न कार्यक्रमको अनुगमन

डेक्स

डेक्स

युनेस्को नेपाल प्रतिनिधिद्धारा बाँके बर्दियाका बिभिन्न कार्यक्रमको अनुगमन
ADVERTISEMENT

नेपालगन्ज, । युनेस्को काठमाडौँका नेपाल प्रतिनिधि जाको डु टोइत नेतृत्वको टोलीले बाँके युनेस्को क्लबको कार्यालय तथा विभिन्न कार्यक्रम क्षेत्रहरूको विस्तृत अनुगमन तथा अन्तरक्रिया भ्रमण गरेको छ । 

भ्रमणको क्रममा टोलीले क्लबको व्यवस्थापन टोली, परियोजना कर्मचारी तथा समुदायस्तरका लाभग्राहीहरूसँग विस्तृत छलफल गरेको थियो । क्लबको कार्यालयमा भएको अन्तरक्रिया बैठकमा क्लबका टेक्निकल एड्भाइजर साजिद अली सिद्दीकीले संस्थाको इतिहास, संगठनात्मक संरचना, कार्यक्रमका मुख्य क्षेत्रहरू तथा चलिरहेका परियोजनाहरूको बारेमा जानकारी गराउनुभयो । 

उहाँले क्लबद्वारा सञ्चालित कार्यक्रमहरूले बालबालिका, युवा महिला, युवा र विपन्न समुदायको जीवनमा ल्याइरहेको सकारात्मक, दिगो र समावेशी परिवर्तनका बारेमा पनि बिस्तृत जानकारी गराउनुभयो । 

फिल्ड मिसनअन्तर्गत सो टोलीले नेपालगन्जस्थित बरकातीया मदरसा लगायत क्लबद्वारा सहयोग प्राप्त धार्मिक विद्यालयको भ्रमण गर्यो । विद्यालयमा प्रदान गरिएका फर्निचर, कार्पेट, पंखा, पानी कुलर लगायतका शैक्षिक सामग्रीको प्रभावका बारेमा टोलीलाई जानकारी गराईएको थियो । 

जाको डु टोइटले कक्षा अवलोकन गर्दै विद्यार्थी र विद्यालय व्यवस्थापनसँग संवाद पनि गर्नुभयो । उहाँले मुस्लिम छोराछोरीलाई धार्मिकसहित आधुनिक शिक्षा प्रदान गरिरहेको विद्यालय र क्लबको सहयोगप्रति उच्च प्रशंसा व्यक्त गर्नुभयो । 

सोही प्रकारले टोलीले बर्दियामा रहेका किशोरी क्लबका सदस्यहरूसँग भेटघाट गर्दा किशोरीहरूले बालविवाह, घरेलु हिंसा, मानव बेचबिखन तथा हानिकारक परम्परागत प्रथाहरू रोक्न क्लबको भूमिकाबारे जानकारी गराएका थिए । 

त्यसैगरी, उनिहरुले महिनावारी स्वास्थ्य, यौनजन्य रोग तथा सर्वाइकल क्यान्सर जोखिमबारे समुदायमध्ये सचेतना फैलाइरहेको अनुभव पनि सुनाएका थिए । टोलीले सम्भूसरण माध्यमिक विद्यालयमा क्लबर प्लान इन्टरनेशनल नेपालको सहयोगमा स्थापना गरिएको विज्ञान प्रयोगशाला अवलोकन गर्यो । प्रधानाध्यापकले प्रयोगशालाले विद्यार्थीको व्यावहारिक सीप र विज्ञान सिकाइमा ल्याएको सुधारबारे जानकारी दिए ।

त्यसपछि टोलीले नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, दोदारीको भ्रमण गर्यो, जहाँ बहिरा बालबालिकाका लागि सांकेतिक भाषामा सिकाइ प्रदान गरिन्छ । विद्यालयमा क्लबले प्रदान गरेका फर्निचर र एलसिडि स्क्रीनले सिकाइ वातावरण अझ प्रभावकारी बनेको विद्यालयले जानकारी गरायो । 

राजापुरस्थित भेरी माध्यमिक विद्यालयमा निर्माण गरिएको नयाँ बाल विकास कक्षा निरीक्षणका क्रममा शिक्षकहरूले सुधारिएको कक्षाले सिकाइमा ल्याएको सकारात्मक असरबारे जानकारी दिएका थिए ।

त्यसपछि टोलीले युवा महिलाहरूको बाँस हस्तकला उद्यम र वर्मी–कम्पोस्ट उत्पादन उद्यमको अवलोकन गर्यो । उद्यमी महिलाहरूले सीप विकास तथा आम्दानीका अवसरहरूले आफूहरूलाई आत्मनिर्भर, आर्थिक रूपमा सुरक्षित र परिवार–समुदायमा सम्मानित बनाएको बताए ।

अन्तिम चरणमा टोलीले टाइगर भिल्ला रिसोर्टमा पुगेर बाँके युनेस्को क्लबका कर्मचारीहरू सहभागी प्रशिक्षण अवलोकन गर्यो । समापन मन्तव्य व्यक्त गर्दै जाको डु टोइतले क्बलका कार्यक्रमहरू समावेशी, दिगो र समुदायमैत्री परिवर्तनका उत्कृष्ट उदाहरण रहेको भन्दै उच्च प्रशंसा गर्नुभयो ।  

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिव…

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

नेपालगन्ज, ९ असोजः कैलालीको लम्कीचुहा नगरपालिका१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहा…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…