Pairabi logo

माघ १३, २०८२, सोमबार                    

युनेस्को नेपाल प्रतिनिधिद्धारा बाँके बर्दियाका बिभिन्न कार्यक्रमको अनुगमन

डेक्स

डेक्स

युनेस्को नेपाल प्रतिनिधिद्धारा बाँके बर्दियाका बिभिन्न कार्यक्रमको अनुगमन
ADVERTISEMENT

नेपालगन्ज, । युनेस्को काठमाडौँका नेपाल प्रतिनिधि जाको डु टोइत नेतृत्वको टोलीले बाँके युनेस्को क्लबको कार्यालय तथा विभिन्न कार्यक्रम क्षेत्रहरूको विस्तृत अनुगमन तथा अन्तरक्रिया भ्रमण गरेको छ । 

भ्रमणको क्रममा टोलीले क्लबको व्यवस्थापन टोली, परियोजना कर्मचारी तथा समुदायस्तरका लाभग्राहीहरूसँग विस्तृत छलफल गरेको थियो । क्लबको कार्यालयमा भएको अन्तरक्रिया बैठकमा क्लबका टेक्निकल एड्भाइजर साजिद अली सिद्दीकीले संस्थाको इतिहास, संगठनात्मक संरचना, कार्यक्रमका मुख्य क्षेत्रहरू तथा चलिरहेका परियोजनाहरूको बारेमा जानकारी गराउनुभयो । 

उहाँले क्लबद्वारा सञ्चालित कार्यक्रमहरूले बालबालिका, युवा महिला, युवा र विपन्न समुदायको जीवनमा ल्याइरहेको सकारात्मक, दिगो र समावेशी परिवर्तनका बारेमा पनि बिस्तृत जानकारी गराउनुभयो । 

फिल्ड मिसनअन्तर्गत सो टोलीले नेपालगन्जस्थित बरकातीया मदरसा लगायत क्लबद्वारा सहयोग प्राप्त धार्मिक विद्यालयको भ्रमण गर्यो । विद्यालयमा प्रदान गरिएका फर्निचर, कार्पेट, पंखा, पानी कुलर लगायतका शैक्षिक सामग्रीको प्रभावका बारेमा टोलीलाई जानकारी गराईएको थियो । 

जाको डु टोइटले कक्षा अवलोकन गर्दै विद्यार्थी र विद्यालय व्यवस्थापनसँग संवाद पनि गर्नुभयो । उहाँले मुस्लिम छोराछोरीलाई धार्मिकसहित आधुनिक शिक्षा प्रदान गरिरहेको विद्यालय र क्लबको सहयोगप्रति उच्च प्रशंसा व्यक्त गर्नुभयो । 

सोही प्रकारले टोलीले बर्दियामा रहेका किशोरी क्लबका सदस्यहरूसँग भेटघाट गर्दा किशोरीहरूले बालविवाह, घरेलु हिंसा, मानव बेचबिखन तथा हानिकारक परम्परागत प्रथाहरू रोक्न क्लबको भूमिकाबारे जानकारी गराएका थिए । 

त्यसैगरी, उनिहरुले महिनावारी स्वास्थ्य, यौनजन्य रोग तथा सर्वाइकल क्यान्सर जोखिमबारे समुदायमध्ये सचेतना फैलाइरहेको अनुभव पनि सुनाएका थिए । टोलीले सम्भूसरण माध्यमिक विद्यालयमा क्लबर प्लान इन्टरनेशनल नेपालको सहयोगमा स्थापना गरिएको विज्ञान प्रयोगशाला अवलोकन गर्यो । प्रधानाध्यापकले प्रयोगशालाले विद्यार्थीको व्यावहारिक सीप र विज्ञान सिकाइमा ल्याएको सुधारबारे जानकारी दिए ।

त्यसपछि टोलीले नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, दोदारीको भ्रमण गर्यो, जहाँ बहिरा बालबालिकाका लागि सांकेतिक भाषामा सिकाइ प्रदान गरिन्छ । विद्यालयमा क्लबले प्रदान गरेका फर्निचर र एलसिडि स्क्रीनले सिकाइ वातावरण अझ प्रभावकारी बनेको विद्यालयले जानकारी गरायो । 

राजापुरस्थित भेरी माध्यमिक विद्यालयमा निर्माण गरिएको नयाँ बाल विकास कक्षा निरीक्षणका क्रममा शिक्षकहरूले सुधारिएको कक्षाले सिकाइमा ल्याएको सकारात्मक असरबारे जानकारी दिएका थिए ।

त्यसपछि टोलीले युवा महिलाहरूको बाँस हस्तकला उद्यम र वर्मी–कम्पोस्ट उत्पादन उद्यमको अवलोकन गर्यो । उद्यमी महिलाहरूले सीप विकास तथा आम्दानीका अवसरहरूले आफूहरूलाई आत्मनिर्भर, आर्थिक रूपमा सुरक्षित र परिवार–समुदायमा सम्मानित बनाएको बताए ।

अन्तिम चरणमा टोलीले टाइगर भिल्ला रिसोर्टमा पुगेर बाँके युनेस्को क्लबका कर्मचारीहरू सहभागी प्रशिक्षण अवलोकन गर्यो । समापन मन्तव्य व्यक्त गर्दै जाको डु टोइतले क्बलका कार्यक्रमहरू समावेशी, दिगो र समुदायमैत्री परिवर्तनका उत्कृष्ट उदाहरण रहेको भन्दै उच्च प्रशंसा गर्नुभयो ।  

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

यो पनि

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

नेपालगन्ज । बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन …

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

नेपालगन्ज, ३ माघः बाँकेको खजुरा गाउँपालिका३ बीगाउँमा निर्माणाधीन गाउँपालिका प्रशास…

प्युठानको धेनुमतीमा महा स्नान

प्युठानको धेनुमतीमा महा स्नान

मकर संक्रान्तिको अवसरमा प्युठानको सिमरुक धेनुमतीमा महास्नान कार्यक्रम सम्पन्न भएको छ । …