Pairabi logo

असार १५, २०८३, सोमबार                    

“साइडवेज बजार” नयाँ उचाँइमा पुग्ने सुरुवाती अवस्था हो

डेक्स

डेक्स

“साइडवेज बजार” नयाँ उचाँइमा पुग्ने सुरुवाती अवस्था हो

मेघनाथ उपाध्याय, प्रमुख कार्यकारी अधिकृत, प्राइमो सेक्युरिटीज प्राली

ADVERTISEMENT

नेपालगन्ज पश्चिम नेपालका लागि आर्थिक हबका रुपमा परिचित रहेको छ । यससँगै पछिल्लो समय शेयर बजारको दायरा पनि यहाँ बढ्दै गएको पाइन्छ । शेयर बजारप्रतिको जिज्ञासा र चासो बढदै गइरहेको अवस्थामा यहाँ शेयर बजारका लागि काम गर्ने नयाँ ब्रोकर कार्यालय प्राइमो सेक्युरिटीज प्राली स्थापना भएको छ । सो प्रालीका प्रमुख कार्यकारी अधिकृत मेघनाथ उपाध्यायसँग यस सम्वन्धी विषयमा जानकार पत्रकार युवराज पाण्डेले गरेको कुराकानीः

सेयर बजार वास्तवमा कस्तो प्रकारको बजार हो ?
सेयर बजार भनेको एउटा यस्तो बजार हो जहाँ विभिन्न कम्पनीका सेयर खरिद बिक्री गरिन्छन्। यो बजारमा लगानीकर्ताहरूले कम्पनीका सेयर खरिद गरेर तिनीहरूको मूल्यमा उतारचढाव हुने र यो क्रममा नाफा कमाउने वा गुमाउने अवसर पाउँछन् । यसको संरचना खुल्ला बजारको जस्तै हुन्छ। 

सेयर बजारका सम्भावना र चुनौती के के हुन् जस्तो लाग्छ ? 
सेयर बजारका सम्भावना भनेको दीर्घकालीन लगानीका लागि नाफा कमाउने अवसरहरू हुन् जस्तै आर्थिक वृद्धि, कम्पनीहरूको विकास र बजारको विस्तार, छरिएर रहेको रकमको एकीकृत लगानी, चुनौतीहरूमा अस्थिर आर्थिक अवस्था, राजनीतिक जोखिम विश्वव्यापी आर्थिक संकट नीतिगत परिवर्तन र कम्पनीहरूको प्रदर्शनमा अनिश्चितता समावेश हुन्छन् ।यी सबै कुरा मिलेर सेयर बजारको सम्भावना र चुनौतीलाई निर्धारण गर्ने गर्छ । 

नेपालको सेयर बजारलाई राजनीतिक प्रभाव किन पर्छ ?
नेपालको सेयर बजारमा राजनीतिक प्रभाव पर्नुमा सरकारका नीति, कानुनी परिवर्तन राजनीतिक अस्थिरताले लगानीकर्ताहरूको विश्वासलाई प्रभावित गर्दछ ।  यो अवस्था नेपालमा मात्र नभएर विश्व बजारमा समेत परिरहेको देखिन्छ तर हाम्रो जस्तो विकासोन्मुख देशमा यसले बढी प्रभाव पार्दछ । 

यहाँहरू किन नेपालगञ्ज आउनुभयो ?
यो बजार खुल्ला बजार भएको र  यहाँ रहेका लगानीकर्ताको मनोबल वृद्धि गर्ने हाम्रो पहिलो उद्देश्य हो । यस क्षेत्रको आर्थिक वृद्धि तथा सेयर बजारको जनचेतना अभिवृद्धि गराउने हाम्रो चाहना हो । जसले गर्दा थोरै थोरै रकम लगानी गर्दै गएर पछि ठूलो काम गर्नलाई स्रोतको जोहो हुने भएकोले लगानी गर्ने बानी गर्नुपर्दछ भन्ने कुरा चेतना फैलाउने उद्देश्यले हामी नेपालगञ्ज आएका हौँ । 

सेयर बजारलाई अर्थतन्त्रको मेरुदण्ड किन मानिएको हो ? 
सेयर बजारले अर्थतन्त्रको अवस्थालाई प्रतिबिम्बित गर्दछ ।  जब अर्थतन्त्र बलियो हुन्छ तब कम्पनीहरु राम्रो प्रदर्शन गर्दछन् ।  जसले सेयर मूल्यलाई माथि  उठाउँछ । अर्थतन्त्रको ठूलो हिस्सा सेयर बजारको पुँजीले निर्धारण गरेको हुन्छ। 

बजारका सबै पक्ष ठिक हुँदाहुँदै पनि बजारमाथि जान नसक्नुको कारण के होला ? 
बजारमाथि जान नसक्ने कारणहरूमा विभिन्न कुरा समावेश हुन सक्छन् जस्तै आर्थिक अनिश्चितता राजनीतिक जोखिम कम्पनीहरूको कमजोर प्रदर्शन विश्वव्यापी आर्थिक समस्याहरु त्यस्तै लगानीकर्ताहरुले विश्वासको कमी बजारमा आएको अचानक उतारचढावले पनि बजारको वृद्धिलाई रोक्न सक्छ अहिलेको समयमा बजार माथि नजानुमा राजनीतिक अस्थिरता र नीतिगत सुधारहरुको कारण ले जस्तो देखिन्छ तर पनि बजारले नयाँ उचाइ लिनको लागि केही समय तल्लो बिन्दुमा घुमिरह्यो भने त्यसैले नयाँ उचाइ लिन मद्दत गर्दछ । 

बेलाबेलामा ब्रोकर कार्यालयलाई सेयर बजारमा चलखेल गरेको आरोप किन लाग्छ ?
हो, कतिपय समयमा ब्रोकर कार्यालयहरूलाई सेयर बजारमा असुरक्षित तरिकाले चलखेल गरेको अनुचित तरिकाले चलखेल गरेको आरोप लाग्ने गर्दछ। तर वास्तवमा त्यो हुँदैन । अनुसन्धान हुनुपर्दछजस्तै ष्लकष्मभच तचबमष्लन कृत्रिम रुपमा सेयरको मूल्य बढाउने वा घटाउने वा हेराफेरी गर्ने कामहरु भएको भए नियामक निकायहरुले अनुगमन तथा अनुसन्धान गर्नुपर्दछ विश्व बजारमा पनि आउँदै गरेको न्युजहरूले बजारको उतारचढाव हुने गर्दछ ।  

सेयर बजारका महत्त्वपूर्ण आयाम के हुन सक्लान ?
सेयर बजारको महत््वपूर्ण आयामहरूमा आर्थिक वृद्धि कम्पनीहरूको वित्तीय अवस्था लगानीकर्ताहरूको आत्मबल र आर्थिक नीतिहरूको प्रभाव जस्ता कुराहरु समावेश हुन्छन्। बजारको पारदर्शिता नियामकको भूमिका र लगानीको विविधता पनि यसको महत्वपूर्ण पक्ष हो। 

सेयर बजारको बुलिस र बियरिस चरणमा लगानीकर्ताले कसरी लगानी सुरक्षित गर्न सक्लान ?
लगानीकर्ताले बुलिस र बियरिस बजारको समयमा सुरक्षित रहनका लागि केही रणनीतिहरु अपनाउन सक्छन् जस्तै विविधिकरण दीर्घकालीन लगानी गर्ने बजारको अनुसन्धान राम्रोसँग गर्ने जोखिम व्यवस्थापनको उपायहरु अवलम्बन गर्ने साथै आफ्नो लगानीलाई पुनरावलोकन गर्दै कुनै पनि अनावश्यक जोखिमबाट बच्नुपर्दछ। 

वित्तीय साक्षरतामा कसरी काम गर्नुहुन्छ ? 
वित्तीय साक्षरता मतलब आफ्नो आर्थिक स्थिति लगानीका विकल्पहरू र जोखिम व्यवस्थापनका बारेमा ज्ञान दिनको लागि कार्यक्रमहरू सञ्चालन गर्ने यसको लागि विभिन्न स्रोतबाट जानकारी जुटाउने वित्तीय योजनाहरु बनाउन सिक्ने र आफ्नो खर्च र बचतलाई व्यवस्थित गर्ने अभ्यास गराउनेलाई पनि मद्दत गर्दछ ।

बजार साइडवेज किन बस्छ ? यहाँको धारणा ? 
कारणहरूमा आर्थिक तथ्याङ्कको स्थिरता लगानीकर्ताहरूको मिश्रित भावना जस्ता कारणहरू हुन सक्छन् यस्तो अवस्थामा बजारमा ठूलो उतारचढाव नभए पनि लगानीकर्ताहरुले ध्यान दिनुपर्दछ ।
र अन्त्यमा 
हाम्रो बजार धेरै समयदेखि साइडवेज बसिसकेकोले यसले नयाँ उचाइमा पुग्नको लागि सुरुवाती अवस्था हो जस्तो हामीलाई लागेको छ। त्यसैले आफ्नो बचतको केही रकमहरू सेयरमा लगानी गर्नको लागि अनुरोध गर्दछौं ।
 

ताजा

सबै

लुम्बिनीमा वन संरक्षण र हरियाली प्रवर्द्धनको  बृहत् अभियान

लुम्बिनी, १४ असारस्लुम्बिनी प्रदेशमा आजदेखि बृहत् वृक्षरोपण अभियान सुरु भएको छ । वन त…

४९ हजार बढी पशुचौपायामा कृत्रिम गर्भाधान

नेपालगन्ज १४ असारः बाँकेको खजुरा गाउँपालिका२ गौघाटस्थित राष्ट्रिय पशु प्रजनन कार्यालय…

नेपालगञ्ज–दिल्ली  उडानका लागि प्रयास गर्न आग्रह

नेपालगन्ज, १४ असारः यहाँका पर्यटन व्यवसायीले नेपालगन्जदिल्ली सिधा उडानका लागि प्रयास …

विपद् जोखिम व्यवस्थापन स्थानीयकरण तालिम सम्पन्न

नेपालगंज १४ असार, । शहरी विपद् तथा भूकम्पीय पूर्वतयारी (सुपर) परियोजनाको आयोजनामा …

लोकप्रिय

सबै

डुडुवाको २०औं गाउँसभामा निति तथा कार्यक्रम पारित, रु ५६ करोड ८० लाख बढीको बजेट सार्वजनिक

डुडुवा (बाँके) १० असार । डुडुवा गाउँपालिकाले नयाँ आर्थिक वर्ष २०८३।०८४ को नीति तथ…

राप्ती नदीमा सोमबार २३औँ संस्करण महाआरती हुदै

डुडुवा (बाँके) १२ असार । बाँकेको राप्ती नदी सिधनियाघाटमा आगामी सोमबार २३औँ संस्कर…

जानकीको ६९ करोड ५६ लाखको बजेट पारित

बाँके, १० असार । बाँकेको जानकी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३र०८४ का लागि ६९…

स्थानीयस्तरमा नै रोजगारमा प्रेरित गर्न डुडुवामा अभिमुखिकरण

डुडुवा । बैदेशिक रोजगारबाट फर्किएकाहरुलाई सरकारको नीति तथा कार्यक्रम जोडनका लागि ब…

यो पनि

बाँकेका तीन वटै निर्वाचन क्षेत्रमा हामी अगाडि छौंः कार्यबहाक सभापति अधिकारी

बाँकेका तीन वटै निर्वाचन क्षेत्रमा हामी अगाडि छौंः कार्यबहाक सभापति अधिकारी

नेपाली कांग्रेस बाँकेका कार्यवाहक सभापति, निर्वाचन परिचालन, प्रचार प्रसार मूल समिति …

‘उत्साहपूर्ण तरिकाले चुनावी अभियान चलिरहेको छ’  क्षेत्रीय सभापति गुप्ता

‘उत्साहपूर्ण तरिकाले चुनावी अभियान चलिरहेको छ’  क्षेत्रीय सभापति गुप्ता

बाँके क्षेत्र नम्बर २ मा चुनावी तापक्रम चुलिँदै जाँदा नेपाली काँग्रेसका उम्मेदवार सुध…

'यस पटक जनताको चाहना स्पष्ट छ; स्थायित्व, सुशासन र विकासका लागि रुखमै मतदान'

'यस पटक जनताको चाहना स्पष्ट छ; स्थायित्व, सुशासन र विकासका लागि रुखमै मतदान'

बाँके क्षेत्र नम्बर १ मा करीब एक दशकपछि रुख चिन्हमा मतदान गर्न पाउने वातावरण छ । आगा…

रिपोर्टरको सम्झनामा माघ १९ को ‘सत्ता कू’

रिपोर्टरको सम्झनामा माघ १९ को ‘सत्ता कू’

तुला अधिकारी १९ माघ २०६१ । बिहानी सिफ्टको कक्षा सकिने बेला हुँदैथियो । आरआर कलेजम…