Pairabi logo

असोज ३०, २०८३, शुक्रबार                    

‘उत्साहपूर्ण तरिकाले चुनावी अभियान चलिरहेको छ’  क्षेत्रीय सभापति गुप्ता

डेक्स

डेक्स

‘उत्साहपूर्ण तरिकाले चुनावी अभियान चलिरहेको छ’  क्षेत्रीय सभापति गुप्ता
ADVERTISEMENT

बाँके क्षेत्र नम्बर २ मा चुनावी तापक्रम चुलिँदै जाँदा नेपाली काँग्रेसका उम्मेदवार सुधान्शु कोइराला मैदानमा छन् । आफ्ना उम्मेदवार जिताउन क्षेत्रीय कार्यसमिति अहोरात्र खटिएको छ । युवा नेता कोइरालालाई उम्मेदवारका रुपमा पाउँदा मतदाताहरुमा पनि उत्साह देखिएको छ ।

जनताको चाहना अनुसार काँग्रेसमा नयाँ नेतृत्व (गगन थापा) ल्याएकाले पनि देशभर छुट्टै खालको उत्साह मिलेको काँग्रेसका नेताहरु बताउँछन् । बाँके क्षेत्र नम्बर २ मा काँग्रेसको चुनावी अभियानबारे क्षेत्रीय सभापति रमेशकुमार गुप्तासँग गरिएको कुराकानीको अंश :-

बाँके क्षेत्र नम्बर २ मा काँग्रेसको चुनावी अभियान कस्तो चल्दै छ ?
बाँके क्षेत्र नम्बर २ मा हाम्रो चुनावी अभियान निकै उत्साहजनक ढंगले अघि बढिरहेको छ । सहर तथा गाउँबस्तीमा पुगेर जनतासँग प्रत्यक्ष संवाद गरिरहेका छौं । घरदैलो कार्यक्रम, टोल–भेला, सभा सबै ठाउँमा जनताको उल्लेखनीय सहभागिता देखिएको छ ।

उत्साहपूर्ण तरिकाले चुनावी अभियान चलिरहेको छ । हामीले विशेष गरी युवाहरु, महिला र किसानसँग बढि जोड दिएको छौं । विकास, रोजगारी, शिक्षा र स्वास्थ्यका मुद्दा लिएर हामी जनतामाझ पुगेका छौं । समग्रमा भन्नुपर्दा, जनताको सकारात्मक प्रतिक्रिया पाएका छौं र वातावरण हाम्रो पक्षमा देखिन्छ ।

यो सुशील कोइरालाको विरासत बोकेको क्षेत्र पनि हो, मतदाताहरु के भन्छन् ?
हो, बाँके क्षेत्र नम्बर २ दिवंगत नेता सुशील कोइरालाको क्षेत्र हो । उहाँको सादगी, इमानदारी र देशप्रतिको निष्ठा आज पनि यहाँका जनताले स्मरण गरिरहेका छन् । कोइराला परिवारको राजनीतिक विरासत बोकेको ठाउँ हो ।

काँग्रेसले विरासत बोकेका परिवारको उम्मेदवार त उठाएको छ नै, पछिल्लो जेनजी आन्दोलनपछि युवा नेतृत्वको चर्चाले पनि हामीले ४४ वर्षका शुधान्सु कोइरालालाई चुनावी प्रतिस्पर्धामा उतारका छौं । शुधान्सु बेदागी(कुनै दाग नलागेका) युवा हुन् ।

सम्भावना बोकेका युवा हुन् । उनको राम्रो छवि छ । युवा पुस्तामा पनि लोकप्रिय छन् । युवा र अत्यन्तै इमान्दार उम्मेदवार पाएकाले पनि मतदाताहरु उत्साहित देखिनुहुन्छ ।

नयाँ–नयाँ पार्टी पनि प्रतिस्पर्धामा आएका छन् नि ?
लोकतन्त्रमा नयाँ पार्टीहरु आउनु स्वाभाविक हो । यो सकारात्मक पनि हो । तर चुनाव जित्नका लागि केवल नयाँ हुनु मात्र पर्याप्त हुँदैन । अनुभव, संगठन, स्पष्ट नीति र जनतासँगको निरन्तर सम्बन्ध आवश्यक हुन्छ । नेपाली काँग्रेससँग लामो राजनीतिक अनुभव, संगठनात्मक मजवुती र जनताको भरोसा छ । त्यसैमा अहिले काँग्रेस बद्लिएर आएको छ । एक हिसाबले भन्ने हो भने नयाँ भनेकै काँग्रेस पार्टी हो ।

काँग्रेसको नेतृत्व बद्लिएर आएपछि जनतामा उत्साह देखिएको छ भन्नुभएको हो ?
हामीले जनताको चाहना अनुसार काँग्रेसमा नयाँ नेतृत्व (गगन थापा) ल्याएर आफूलाई बदल्यौँ । तर हाम्रा प्रतिस्पर्धी दलहरुले त अझै पुरानै नेतृत्व बोकिरहेका छन्, जसलाई जनताले मन पराएका छैनन् । नयाँ भनिएका पार्टीहरुले पनि २०७९ को चुनावमा भाग लिइसकेकै हुन्, उनीहरु पनि पूर्णरुपमा नयाँ होइनन् ।

त्यसैले यो क्षेत्रमा जनताको भरोसा अहिले नेपाली कांग्रेसप्रति नै छ । अन्य दलहरु मुद्दा र कलंकले घेरिएका छन् । तर हाम्रा सभापति गगन थापामाथि त्यस्तो कुनै दाग छैन । उहाँले नेपाल बदल्ने जुन सपना र सोच राख्नुभएको छ, त्यसलाई अहिले देशभरका जनताले पत्याएका छन् । बाँके क्षेत्र नम्बर २ मा पनि हाम्रो उम्मेदवार निस्कलंक हुनुहुन्छ । जनताले पनि त्यही भावना व्यक्त गरिरहनु भएको छ ।

काँग्रेसको चुनावी एजेण्डा के छ ?
हाम्रो मुख्य एजेण्डा विकास र समृद्धि हो । विशेष गरी हामीले बाँके क्षेत्र नम्बर २ का लागि यी विषयमा जोड दिएका छौं । कृषि आधुनिकीकरण र किसानको आम्दानी बृद्धि, युवालाई रोजगारी र सीप विकास, गुणस्तरीय शिक्षा र सुलभ स्वास्थ्य सेवा, भौतिक पूर्वाधार, सडक, खानेपानी, सिचाइँ, महिला सशक्तिकरण र सामाजिक न्याय हाम्रा मुद्दा हुन् ।

त्यतिमात्र होइन राप्ती नदीको कटान र डुवानको समस्या पनि छ । त्यसको दीर्घकालिन समाधानमा पनि हाम्रो ध्यान छ । हामी स्थानीय आवश्यकता अनुसार योजना बनाएर काम गर्ने प्रतिबद्धता लिएका छौं ।

मतदाताले काँग्रेसलाई किन जिताउने ?
पहिलो कुरा, काँग्रेस लोकतन्त्रको मुख्य र जिम्मेवार शक्ति हो । हामीले सधैं जनताको अधिकार र स्वतन्त्रताको रक्षा गरेका छौं । दोस्रो, हाम्रो नेतृत्वमा देशले स्थायित्व र विकासको मार्ग समातेको छ । तेस्रो, हामीसँग स्पष्ट योजना, सक्षम टिम र कार्यान्वयन गर्ने अनुभव छ ।

ताजा

सबै

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

यो पनि

उपभोक्ता अदालतको औचित्य, अभ्यास र आगामी दिशा

उपभोक्ता अदालतको औचित्य, अभ्यास र आगामी दिशा

बसन्त गौतम काठमाडौँ, । हामी सबै नागरिक कुनै न कुनै रूपमा उपभोक्ता हौँ । खाना, औषध…

संघर्ष, मानवता र सामाजिक रूपान्तरणसँग गाँसिएको २५ वर्षे विकास यात्रा

संघर्ष, मानवता र सामाजिक रूपान्तरणसँग गाँसिएको २५ वर्षे विकास यात्रा

अधिबक्ता मीना पराजुली २३ अगस्ट २००१ मेरो जीवनको एउटा साधारण मिति मात्र थिएन, त्यो म…

बाँकेका तीन वटै निर्वाचन क्षेत्रमा हामी अगाडि छौंः कार्यबहाक सभापति अधिकारी

बाँकेका तीन वटै निर्वाचन क्षेत्रमा हामी अगाडि छौंः कार्यबहाक सभापति अधिकारी

नेपाली कांग्रेस बाँकेका कार्यवाहक सभापति, निर्वाचन परिचालन, प्रचार प्रसार मूल समिति …

‘उत्साहपूर्ण तरिकाले चुनावी अभियान चलिरहेको छ’  क्षेत्रीय सभापति गुप्ता

‘उत्साहपूर्ण तरिकाले चुनावी अभियान चलिरहेको छ’  क्षेत्रीय सभापति गुप्ता

बाँके क्षेत्र नम्बर २ मा चुनावी तापक्रम चुलिँदै जाँदा नेपाली काँग्रेसका उम्मेदवार सुध…