Pairabi logo

असोज ०७, २०८३, बुधबार                    

नेपालको कलालाई संरक्षण सम्बद्र्धन गर्नुपर्नेमा जोड

डेक्स

डेक्स

नेपालको कलालाई संरक्षण सम्बद्र्धन गर्नुपर्नेमा जोड
ADVERTISEMENT

नेपालगन्ज २ मङ्गसिर । उच्च अदालत नेपालगन्ज इजलासका वरिष्ठतम न्यायधिस बामदेव ज्ञवालीले कला र संस्कृतिलाई संस्कारसंग जोड्नुपर्नेमा बताउनु भएको छ । उहाँले भन्नुभयो,–‘कला र संस्कृतिलाई छुट्टयाउन सक्नुपर्छ, सांस्कृतिक महत्व बढाउनुपर्छ ।

अन्तर्राष्ट्रिय इस्लामिक कला दिवस २०२५को अवसरमा द मदर फाउण्डेशन र नारी विकास केन्द्रद्धारा नेपालगन्जमा आयोजित कला प्रर्दशनी कार्यक्रममा उहाँले समाजको गहनाको रुपमा रहेको कला, संस्कृति र संस्कारलाई सरक्षण गर्न आजको आवश्यकता भएको बताउनुभयो । नेपालमा थुप्रै किसिमका कलासंग जोडिएका विषयबस्तुहरु रहेकाले त्यसको संरक्षण सम्वद्र्धन गर्दै अन्र्तराष्ट्रियस्तर सम्म पहिचान गराउनुपर्ने बताउनुभयो । 

कार्यक्रममा द मदर फाउण्डेशनका संस्थापक तथा पुर्व न्यायधिस डा सल्लाहुद्दिन अख्तर सिद्दिकीले नेपालको कलाकृतिलाई अन्र्तराष्ट्रियस्तरसम्म पुर्याउन विशेष पहल गर्दै आएको भन्दै नेपालमा विभिन्न धर्म अन्र्तगतका विभिन्न कलाहरु रहेको बताउनुभयो ।

उक्त कलालाई संरक्षण सम्बद्र्धन गर्नका लागि अन्र्तराष्ट्रिय जगतमा पहिचान गराउन दायित्वबोध भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,–‘म नेपालगन्जमा जन्मिएकोले मेरो पहिचान पनि यहा जुडेको छ, यहाँको कला संस्कृतिलाई चिनाउन लागेको छु ।’ 

कार्यक्रममा पर्यटन व्यवसायी श्रीराम सिग्देल, नेपाल पत्रकार महासंघ बाँके अध्यक्ष नविन गिरी, नागरिक समाज बाँकेका संयोजक कृष्ण प्रसाद श्रेष्ठ र नारी विकास केन्द्रका कोषाध्यक्ष रचना श्रेष्ठले नेपाल प्राकृतिक, सामाजिक र सांस्कृतिक रुपमा धनी रहेकाले यहाँका विभिन्न कलाहरुलाई संरक्षण सम्वद्र्धनमा सराकारले विशेष पहल गर्नुपर्नेमा जोड दिनुभयो । 

त्यस अवसरमा कानून क्षेत्रमा योगदान पुरयाउनु हुने उच्च अदातल नेपालगन्जका वरिष्टतम न्यायधिस बामदेव ज्ञवाली, कला क्षेत्रमा विशेष योगदान पुरयाउनु भएका वरिष्ठ कलाकार श्यामानन्द सिंह, निःशुल्क कानूनी सेवा प्रदान गरि योगदान पुरयाउनुभएका वरिष्ठ अधिबक्ता इन्द्रजित तिवारी, पत्रकारिता क्षेत्रबाट योगदान पुरयाउनु हुने पत्रकार राकेशकुमार मिश्रलाई सम्मान गरिएको थियो ।

त्यस अवसरमा नेपाल पत्रकार महासंघ बाँके अध्यक्ष नविन गिरी, नारी विकास केन्द्र नेपालगन्जका कार्यवाहक अध्यक्ष शिला शाह लगायतलाई सिल्भर मेडलले सम्मान गरिएको थियो ।     

ई सं २०१९ मा संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन (युनेस्को)  सम्मेलनको ४०औँ सत्रमा इस्लामिक कलाको अन्तर्राष्ट्रिय दिवस मनाउने घोषणा भएपछि विश्वभरी हरेक वर्ष नोभेम्बर १८ मा यो दिवस मनाउने गरिन्छ । 

यसैक्रममा नेपालगन्जमा पनि दिवस मनाइएको हो । इस्लामिक कला प्रदर्शनीमा दृष्यकला, वास्तुकला, सुलेखन कला, चित्रकला, माटो कला तथा पाककला समावेश गरिएको थियो ।

विभिन्न धर्मका कलाहरुलाई अन्र्तराष्ट्रियस्तरमा पहिचान गराउनका लागि प्रर्दशन गरिएको छ भने कला संरक्षण तथा सामाजिक सदभावको वाताबरण अझ थप प्रगाड बनाउने विश्वास लिइएको छ । 


 

ताजा

सबै

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…

राजापुरमा मानव बेचबिखन रोकथाम तथा सीमापार समन्वय संयन्त्रसम्बन्धी तालिम

बर्दिया, असोज ६ । मानव बेचबिखन, लागुऔषध दुव्र्यसन रोकथाम तथा सीमापार समन्वय संयन्त्रस…

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

नेपालगन्ज, ६ असोजः नेपालगन्जस्थित प्रसिद्ध रानी तलाउ तरकारी बजारमा बिक्री हुने तरकारी…

दसैँ नजिकिँदै गर्दा मूर्तिकारलाई चटारोः परम्परा जोगाउँदै जीविकोपार्जन

नेपालगन्ज, ६ असोज । नेपालीको महान चाड दसैँ नजिकिँदै जाँदा नेपालगञ्जका मूर्तिकारलाई…

लोकप्रिय

सबै

साहसी र कर्मशील अधिकृत लक्ष्मीकान्त मिश्राको बढैयाताल गाउँपालिकामा सरुवा

​बाँके २ असोज । बाँके नरैनापुर गाउँपालिकामा एक दशकभन्दा बढी समय निष्ठापूर्वक सेवा …

विद्यालय व्यवस्थापन समिति तथा सरोकारवालासँग छलफल

बर्दिया, असोज २ । सुरक्षित भविष्य परियोजना अन्तर्गत बर्दियाको बढैयाताल गाउँपालिका र ग…

स्वास्थ्यका लागि सुरक्षित मातृत्व अधिकारसम्बन्धी प्रस्तावमाथि छलफल

काठमाडौँ, ४ असोजः प्रतिनिधिसभाका सांसदहरूले भविष्यका नागरिकको स्वास्थ्यका लागि सुरक्ष…

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

नेपालगन्ज, ५ असोजः स्तन क्यान्सर पहिचान भएपछि निरास हुनुभएका नेपालन्ज उपमहानगरपालिका…

यो पनि

दसैँ नजिकिँदै गर्दा मूर्तिकारलाई चटारोः परम्परा जोगाउँदै जीविकोपार्जन

दसैँ नजिकिँदै गर्दा मूर्तिकारलाई चटारोः परम्परा जोगाउँदै जीविकोपार्जन

नेपालगन्ज, ६ असोज । नेपालीको महान चाड दसैँ नजिकिँदै जाँदा नेपालगञ्जका मूर्तिकारलाई…

गुरु पूर्णिमा : अवधी समुदायमा भौंरी पर्व

गुरु पूर्णिमा : अवधी समुदायमा भौंरी पर्व

नेपालगन्ज, १३ साउन । आषाढ शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमा आज मधेशी समुदायले भौंर…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

अवधी समुदायका महिलाद्धारा बरसाइत पूजा

अवधी समुदायका महिलाद्धारा बरसाइत पूजा

नेपालगन्ज २ जेठ :पश्चिम नेपालका अवधी समुदायका महिलाहरूले परम्परागत श्रद्धा, भक्ति र स…