Pairabi logo

कात्तिक ११, २०८३, मंगलबार                    

नेपालगन्जमा दुई दिने इस्लामिक कला प्रर्दशनी

डेक्स

डेक्स

नेपालगन्जमा दुई दिने इस्लामिक कला प्रर्दशनी
ADVERTISEMENT

नेपालगन्ज, १ मसिंर । अन्तर्राष्ट्रिय इस्लामिक कला दिवस २०२५को अवसरमा नेपालगन्जमा दुई दिने कला प्रर्दशनी शुरु भएको छ । द मदर फाउण्डेशन र नारी विकास केन्द्रको संयुक्त आयोजनामा नेपालगन्जमा दिवसको अवसरमा प्रर्दशनी शुरु भएको हो । 

दिवसको अवसरमा नारी विकास केन्द्रको हलमा इस्लामिक कला प्रदर्शनी तथा छलफल कार्यक्रम आयोजना गरिएको हो । सोमबार पुर्व न्यायधिस एवम् द मदर फाण्डेशनका संस्थापक डा सल्लाहुद्दिन अख्तर सिद्दिकीले उद्घाटन गर्नुभयो । 

भोली मंगलबार १८ नोभेम्बरमा पर्ने इस्लामिक कलाको अन्तर्राष्ट्रिय दिवसका अवसरमा सुरु भएको प्रदर्शनीको आज पहिलो दिन नागरिकहरुले अवलोकन गरेका छन । 

ई सं २०१९ मा संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन (युनेस्को)  सम्मेलनको ४० औँ सत्रमा इस्लामिक कलाको अन्तर्राष्ट्रिय दिवस मनाउने घोषणा भएपछि विश्वभरी हरेक वर्ष नोभेम्बर १८ मा यो दिवस मनाउने गरिन्छ ।

यसले इस्लामको अतित र समकालीन कलात्मक अभिव्यक्ति र सभ्यतालाई कलाका माध्यामबाट संस्कृतिमा जागरुकता बढाउने उद्देश्य रहेको आयोजक द मदर फाउण्डेसनका संस्थापक सिद्दिकीले बताउनुभयो । इस्लामिक कला प्रदर्शनीमा दृष्यकला, वास्तुकला, सुलेखन कला, चित्रकला, माटो कला तथा पाककला समावेश गरिएको छ । 

विभिन्न धर्मका कलाहरुलाई अन्र्तराष्ट्रियस्तरमा पहिचान गराउनका लागि प्रर्दशन गरिएको छ भने कला संरक्षण तथा सामाजिक सदभावको वाताबरण अझ थप प्रगाड बनाउने विश्वास लिइएको छ । 

प्रर्दशनीको उद्घाटन समारोहमा समाजसेवी महिला शान्ति श्रेष्ठ, नारी विकास केन्द्र नेपालगन्जका सचिव रचना श्रेष्ठ, केषाध्यक्ष मेनुका बैद्य जोशी, सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष अधिबक्ता विश्वजित तिवारी, वरिष्ठ कलाकार श्यामानन्द सिंह लगायतले कलाको संरक्षण सम्बद्र्धनका लागि संग्रहालय बनाउनुपर्नेमा जोड दिनुभयो । 

प्रर्दशनीमा नेपालगन्जका वरिष्ठ कलाकार श्यामानन्द सिंहले बनाउनुभएको विभिन्न कला मुर्तिलगायत सामाग्री राखिएको छ । प्रर्दशनीका अवसरमा मंगलवार ‘नेपालको विकासमा इस्लामिक कलाको महत्व’ बारे अन्र्तक्रिया कार्यक्रम गरिने भएको छ । 

ताजा

सबै

बैतडीमा भूकम्प

बैतडी, ८ कार्तिक : बैतडीको ऐरीगाउँलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव २ म्याग्निच्युडको भू…

बाँकेमा असोज महिनामा १२७ मुद्दा दर्ता

नेपालगन्ज, ८ कात्तिकः जिल्ला प्रहरी कार्यालयले गत असोज महिनामा विभिन्न प्रकृतिका १२७ म…

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

युवराज पाण्डे बुटवल ६ कात्तिक :सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा ९माओवादी० र नेपाली …

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम  निर्माण : सिंचाइमा सहज

दाङ, ६ कात्तिक : दाङको तुलसीपुर उपमहानगरपालिका१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा …

लोकप्रिय

सबै

चार स्थानीय तहमा लम्पी स्किन रोगविरुद्ध खोप अभियान

नेपालगन्ज, ५ कात्तिकः बाँकेका चार स्थानीय तहका गाईवस्तुमा लम्पी स्किन रोगविरुद्ध खोप अ…

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम  निर्माण : सिंचाइमा सहज

दाङ, ६ कात्तिक : दाङको तुलसीपुर उपमहानगरपालिका१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा …

‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

नेपालगन्ज,६ कात्तिकः बाँकेको नेपालगञ्ज उपमहानगरपालिका१९ का अमजत अली शेख विगत सात व…

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

युवराज पाण्डे बुटवल ६ कात्तिक :सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा ९माओवादी० र नेपाली …

यो पनि

आज दसहरा मेला, रामलिलामा रावण बध गरिदै

आज दसहरा मेला, रामलिलामा रावण बध गरिदै

नेपालगन्ज, ४ कार्तिक । नेपालगञ्ज रामलिला मैदानमा विजयादशमीको घटनास्थापनादेखि शुरु भ…

थारु बस्तीमा सखिया नाचले दसैँको रौनक

थारु बस्तीमा सखिया नाचले दसैँको रौनक

नेपालगञ्ज, ३ कात्तिक : दसैँ पर्वका अवसरमा बाँकेका थारु गाउँबस्तीमा परम्परागत सखिया न…

नेपालगन्जमा १५९औँ ऐतिहासिक रामलिलामामा रावण बधको तयारी

नेपालगन्जमा १५९औँ ऐतिहासिक रामलिलामामा रावण बधको तयारी

नेपालगन्ज, ३ असोज । नेपालगन्जमा जारी १५९औँ ऐतिसाहिस रामलिला मन्चनको विशेष आकर्षण रा…

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…