Pairabi logo

भदौ ०९, २०८३, मंगलबार                    

नेपालगन्जमा दुई दिने इस्लामिक कला प्रर्दशनी

डेक्स

डेक्स

नेपालगन्जमा दुई दिने इस्लामिक कला प्रर्दशनी
ADVERTISEMENT

नेपालगन्ज, १ मसिंर । अन्तर्राष्ट्रिय इस्लामिक कला दिवस २०२५को अवसरमा नेपालगन्जमा दुई दिने कला प्रर्दशनी शुरु भएको छ । द मदर फाउण्डेशन र नारी विकास केन्द्रको संयुक्त आयोजनामा नेपालगन्जमा दिवसको अवसरमा प्रर्दशनी शुरु भएको हो । 

दिवसको अवसरमा नारी विकास केन्द्रको हलमा इस्लामिक कला प्रदर्शनी तथा छलफल कार्यक्रम आयोजना गरिएको हो । सोमबार पुर्व न्यायधिस एवम् द मदर फाण्डेशनका संस्थापक डा सल्लाहुद्दिन अख्तर सिद्दिकीले उद्घाटन गर्नुभयो । 

भोली मंगलबार १८ नोभेम्बरमा पर्ने इस्लामिक कलाको अन्तर्राष्ट्रिय दिवसका अवसरमा सुरु भएको प्रदर्शनीको आज पहिलो दिन नागरिकहरुले अवलोकन गरेका छन । 

ई सं २०१९ मा संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन (युनेस्को)  सम्मेलनको ४० औँ सत्रमा इस्लामिक कलाको अन्तर्राष्ट्रिय दिवस मनाउने घोषणा भएपछि विश्वभरी हरेक वर्ष नोभेम्बर १८ मा यो दिवस मनाउने गरिन्छ ।

यसले इस्लामको अतित र समकालीन कलात्मक अभिव्यक्ति र सभ्यतालाई कलाका माध्यामबाट संस्कृतिमा जागरुकता बढाउने उद्देश्य रहेको आयोजक द मदर फाउण्डेसनका संस्थापक सिद्दिकीले बताउनुभयो । इस्लामिक कला प्रदर्शनीमा दृष्यकला, वास्तुकला, सुलेखन कला, चित्रकला, माटो कला तथा पाककला समावेश गरिएको छ । 

विभिन्न धर्मका कलाहरुलाई अन्र्तराष्ट्रियस्तरमा पहिचान गराउनका लागि प्रर्दशन गरिएको छ भने कला संरक्षण तथा सामाजिक सदभावको वाताबरण अझ थप प्रगाड बनाउने विश्वास लिइएको छ । 

प्रर्दशनीको उद्घाटन समारोहमा समाजसेवी महिला शान्ति श्रेष्ठ, नारी विकास केन्द्र नेपालगन्जका सचिव रचना श्रेष्ठ, केषाध्यक्ष मेनुका बैद्य जोशी, सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष अधिबक्ता विश्वजित तिवारी, वरिष्ठ कलाकार श्यामानन्द सिंह लगायतले कलाको संरक्षण सम्बद्र्धनका लागि संग्रहालय बनाउनुपर्नेमा जोड दिनुभयो । 

प्रर्दशनीमा नेपालगन्जका वरिष्ठ कलाकार श्यामानन्द सिंहले बनाउनुभएको विभिन्न कला मुर्तिलगायत सामाग्री राखिएको छ । प्रर्दशनीका अवसरमा मंगलवार ‘नेपालको विकासमा इस्लामिक कलाको महत्व’ बारे अन्र्तक्रिया कार्यक्रम गरिने भएको छ । 

ताजा

सबै

बर्दियामा पालिकास्तरीय पूर्वसहभागी युवा क्लब गठन

बर्दिया, भदौ ८ गते । बर्दियाका बिभिन्न पालिकामा पालिकास्तरीय पूर्वसहभागी युवा क्लब गठ…

वडाध्यक्ष राज कुमार वर्माको जन्मदिवसमा रक्तदान

पवन जायसवाल नेपालगन्ज ७ भदौ । जानकी गाउँपालिका वार्ड नं.३ का वडाध्यक्षका राज कुमार …

संघर्ष, मानवता र सामाजिक रूपान्तरणसँग गाँसिएको २५ वर्षे विकास यात्रा

अधिबक्ता मीना पराजुली २३ अगस्ट २००१ मेरो जीवनको एउटा साधारण मिति मात्र थिएन, त्यो म…

बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै

नेपालगन्ज, ३० साउनः बाँकेमा अहिलेसम्म साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै र उजुरी घटदै ग…

लोकप्रिय

सबै

वडाध्यक्ष राज कुमार वर्माको जन्मदिवसमा रक्तदान

पवन जायसवाल नेपालगन्ज ७ भदौ । जानकी गाउँपालिका वार्ड नं.३ का वडाध्यक्षका राज कुमार …

संघर्ष, मानवता र सामाजिक रूपान्तरणसँग गाँसिएको २५ वर्षे विकास यात्रा

अधिबक्ता मीना पराजुली २३ अगस्ट २००१ मेरो जीवनको एउटा साधारण मिति मात्र थिएन, त्यो म…

बर्दियामा पालिकास्तरीय पूर्वसहभागी युवा क्लब गठन

बर्दिया, भदौ ८ गते । बर्दियाका बिभिन्न पालिकामा पालिकास्तरीय पूर्वसहभागी युवा क्लब गठ…

यो पनि

गुरु पूर्णिमा : अवधी समुदायमा भौंरी पर्व

गुरु पूर्णिमा : अवधी समुदायमा भौंरी पर्व

नेपालगन्ज, १३ साउन । आषाढ शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमा आज मधेशी समुदायले भौंर…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

अवधी समुदायका महिलाद्धारा बरसाइत पूजा

अवधी समुदायका महिलाद्धारा बरसाइत पूजा

नेपालगन्ज २ जेठ :पश्चिम नेपालका अवधी समुदायका महिलाहरूले परम्परागत श्रद्धा, भक्ति र स…

राप्ती नदी सिधनिया घाटमा मकर स्नान महोत्सव शुरु

राप्ती नदी सिधनिया घाटमा मकर स्नान महोत्सव शुरु

नेपालगञ्ज, ३० पुसः बाँकेको राप्ती नदीस्थित सिधनिया घाटमा पहिलोपटक मकर स्नान महोत्सवक…