Pairabi logo

पुस २५, २०८२, शुक्रबार                    

बाँसगढीमा लैगिंक हिंसाविरुद्ध सचेतनामुलक कार्यक्रम

डेक्स

डेक्स

बाँसगढीमा लैगिंक हिंसाविरुद्ध सचेतनामुलक कार्यक्रम
ADVERTISEMENT

बासगढी (बर्दिया)। बाँके युनेस्को क्लबले बर्दियाको बाँसगढीमा “१६ दिने लैङ्गिक हिंसा विरुद्धको अन्तर्राष्ट्रिय अभियान” अन्तर्गत विद्यालय–आधारित विभिन्न जनचेतनामूलक कार्यक्रमहरु गरेको छ । 

क्लबले बर्दियाको बाँसगढी नगरपालिकाको शिक्षा शाखा तथा युनेस्को नेपाल काठमाडौं कार्यालयसँगको सहकार्यमा बाँसगढी नगरपालिकाका विभिन्न विद्यालयमा आयोजित कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक, जनप्रतिनिधि, सुरक्षा निकाय, विकास साझेदार तथा स्थानीय समुदायको उल्लेखनीय सहभागिता रहेको थियो ।

बाँसगढी नगरपालिकाकी उपप्रमुख इन्दिरा चौधरीले कार्यक्रमको अध्यक्षता गर्नु भएको सो कार्यक्रममा नगर प्रमुख खड्कबहादुर खड्का प्रमुख अतिथि र नेपालका लागि युनेस्कोका प्रतिनिधि जाको डु टोइट बिशेष अतिथि रहनु भएको थियो । 

सो कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाईका सूर्यबहादुर खत्री, नगरपालिकाका प्रशासन अधिकृत नेत्रबहादुर वली, वडाध्यक्ष तथा सदस्यहरू, शिक्षा शाखा प्रमुख मन प्रसाद रेग्मी, शिक्षा अधिकृत छत्रबहादुर शाही, शिक्षा कार्यक्रम संयोजक प्रतिभा श्रेष्ठ, युथ कन्सल्टेन्ट जूही अधिकारी, युनेस्कोका सञ्चार अधिकृत अनिल राई, बाँके युनेस्को क्लबका अध्यक्ष परवेज अली सिद्दीकी, कार्यकारी निर्देशक रवि कुमार तुलाधर लगायत विद्यालयप्रमुख, शिक्षक, पत्रकार, अभिभावक तथा विद्यार्थीहरूको सक्रिय उपस्थिति रहेको थियो ।

यस अभियानको मुख्य उद्देश्य विद्यालय–सम्बन्धित लैङ्गिक हिंसाका जोखिम जस्तैः जिस्क्याउनु, हेला–गर्नु, यौन दुव्र्यवहार, धम्की तथा शोषण—कम गर्दै सुरक्षित र सम्मानजनक सिकाइ वातावरण निर्माण गर्नु हो ।

सो अवसरमा शिक्षा निर्देशनालयका मन प्रसाद रेग्मीले स्वागत मन्तव्य दिंदै बर्दिया जिल्लाको शैक्षिक अवस्थाबारे विस्तृत जानकारी प्रस्तुत गर्नुभयो । उहाँले सहकार्य र सामूहिक प्रयासमार्फत विद्यालयलाई लैङ्गिक हिंसामुक्त बनाउने दृष्टीकोणलाई थप मजबुत बनाउनु पर्नेमा जोड दिनुभयो । 

विशेष अतिथि जाको डु टुइटले सामाजिक सञ्जालको दुरुपयोगले बालबालिकामाथि हिंसा र दुव्र्यवहार बढ्दै गएको भन्दै विद्यालय भित्रै प्रभावकारी रिपोर्टिंग संयन्त्र बनाउनु अत्यावश्यक रहेको बताउनुभयो । उहाँले विशेषगरी छोरीहरूले सुरक्षित वातावरण नपाउँदा शिक्षा पहुँचमा अवरोध हुँदै आएको जनाउनुभयो । 

सो अवसरमा २३ विद्यालयका विद्यार्थीद्वारा प्रस्तुत कविताहरू ‘बालविवाह’, ‘लैङ्गिक विभेद’, ‘यौन हिंसा’ जस्ता संवेदनशील विषयमा आधारित थिए । कविताले दर्शकलाई भावुक बनाउनुका साथै समाज परिवर्तनको बलियो सन्देश दिएको थियो ।

कविता प्रतियोगितमा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय लक्षमणपुरका ललिता बीसी प्रथम, बाँसगढी युनाइटेड स्कूलका निशा अधिकारी द्धितिय र श्री त्रिभुवन माध्यमिक विद्यालय ककौराका उमंग ढकाल तृतिय हुनुभयो ।  

सोही प्रकारले २१ विद्यालयका विद्यार्थीहरूले विद्यालयभित्र हुने हिंसा, शोषण, बलाइङ, दण्डहीनता तथा रोकथामका उपायहरू चित्रमार्फत प्रस्तुत गरेका थिए । करिब २०० विद्यार्थी सहभागी भएका चित्रहरू विभिन्न स्टलमा प्रदर्शन गरिएको थियो ।

सो प्रतियोगितामा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बाँसगढीका रामिता परियार प्रथम, ज्ञान ज्योति शिक्षा सदन बोर्डिङ स्कूलका मदन बस्नेत द्धितिय र जीवन ज्योति माध्यमिक विद्यालय राँझाका कृतिका शाह तृतिय हुनुभयो । 

यसैगरि १४ सदस्यीय कलाकार समूहले विद्यालयमा हुने वास्तविक घटनामा आधारित शैक्षिक नाटक प्रस्तुत गरेको थियो । नाटकमार्फत हिंसा रोकथामका व्यवहारिक उपायहरू प्रभावकारी रूपमा प्रस्तुत गरियो ।

कार्यक्रमस्थलमा राखिएको हस्ताक्षर बोर्डमा विद्यार्थी, अभिभावक तथा अतिथिहरूले प्रतिबद्धता व्यक्त गर्दै हस्ताक्षर गरेका थिए । सहभागी विद्यार्थीहरूलाई प्रमाणपत्र प्रदान गरेर सम्मान गरिएको थियो ।  कार्यक्रमका बाँके युनेस्को क्लबका टेक्निकल एडभाइजर साजिद अली सिद्दीकीले धन्यवाद ज्ञापन गर्दै लैंगिकहिंसा अन्त्यका लागि निरन्तर सक्रिय बन्न सबै पक्षलाई आग्रह गर्नुभयो । 

समापनका क्रममा नगरपालिकाका उपप्रमुख इन्दिरा चौधरीले विद्यालयमा हुने लैङ्गिक हिंसाले विद्यार्थीहरूको भविष्य नै संकटमा पार्ने बताउँदै “अब सबैले मिलेर एकीकृत रूपमा काम नगरेमा हाम्रो भविष्य पुस्ता जोखिममा पर्छ” भन्दै कार्यक्रम औपचारिक रूपमा समापन गर्नुभयो । 

ताजा

सबै

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

बाँके, २४ पुस । राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा बसेको छ । जसमा गाउँपालिका…

स्वास्थ्यमा डुडुवा गाउँपालिका बाँके मै उत्कृष्ट

डुडुवा (बाँके), २४ पुस । बाँके डुडुवा गाउँपालिकाले स्वास्थ्य सेवा अन्र्तगतको कार्य सम्…

सार्वजनिक सरोकार समूहद्धारा अदालतको आदेश कार्यान्वयनमा जोड

बसन्त गौतम नेपालगञ्ज, २३ पुस। सार्वजनिक सरोकार कानून व्यवसायी समूहको बुधबार बसेको ब…

डिजिटल हिंसामा आधारित कचहरी नाटक ‘स्वतन्त्र पाईला’ प्रर्दशन शुरु

नेपालगन्ज, २१ पुस । लैङ्गिक हिंसा सम्वन्धी कानुनी सचेतना अन्र्तगत डिजिटल हिंसामा आधार…

लोकप्रिय

सबै

डिजिटल हिंसामा आधारित कचहरी नाटक ‘स्वतन्त्र पाईला’ प्रर्दशन शुरु

नेपालगन्ज, २१ पुस । लैङ्गिक हिंसा सम्वन्धी कानुनी सचेतना अन्र्तगत डिजिटल हिंसामा आधार…

स्वास्थ्यमा डुडुवा गाउँपालिका बाँके मै उत्कृष्ट

डुडुवा (बाँके), २४ पुस । बाँके डुडुवा गाउँपालिकाले स्वास्थ्य सेवा अन्र्तगतको कार्य सम्…

सार्वजनिक सरोकार समूहद्धारा अदालतको आदेश कार्यान्वयनमा जोड

बसन्त गौतम नेपालगञ्ज, २३ पुस। सार्वजनिक सरोकार कानून व्यवसायी समूहको बुधबार बसेको ब…

‘कृषि क्षेत्रमा युवा पलायन सबैभन्दा ठूलो चुनौती’

नेपालगञ्ज, २१ पुसः कृषि तथा पशुपन्छी विकासमन्त्री डा मदन परियारले कृषि क्षेत्रमा देखि…

यो पनि

बाँसगढीमा लैगिंक हिंसाविरुद्ध सचेतनामुलक कार्यक्रम

बाँसगढीमा लैगिंक हिंसाविरुद्ध सचेतनामुलक कार्यक्रम

बासगढी (बर्दिया)। बाँके युनेस्को क्लबले बर्दियाको बाँसगढीमा १६ दिने लैङ्गिक हिंसा वि…

मधुवनमा पाँच दिने व्यवसायिक सीप तथा सूक्ष्म उद्यम विकास तालिम

मधुवनमा पाँच दिने व्यवसायिक सीप तथा सूक्ष्म उद्यम विकास तालिम

नेपालगन्ज, ११ मंसिर। बाँके युनेस्को क्लबले मधुवन१, बर्दियामा सञ्चालन गरेको पाँचदिने …

डुडुवाका शैक्षिक संस्थामा सार्वजनिक विदा

डुडुवाका शैक्षिक संस्थामा सार्वजनिक विदा

मुस्लिम धर्मालम्बीहरुको पर्व मोहम्मद डे को अवसरमा डुडुवा गाउँपालिकाले सार्वजनिक विदाद…

छात्रा प्रोत्साहन कार्यक्रम अन्र्तगत डुडुवाद्धारा साइकिल वितरण

छात्रा प्रोत्साहन कार्यक्रम अन्र्तगत डुडुवाद्धारा साइकिल वितरण

डुडुवा (बाँके) ६ असार । डुडुवा गाउँपालिकाले छात्रा प्रोत्साहन कार्यक्रम अन्र्तगत एसइई …