Pairabi logo

असोज २७, २०८३, मंगलबार                    

राप्ती नदी सिधनिया घाटमा पुर्णमासी मेला सुरु

डेक्स

डेक्स

राप्ती नदी सिधनिया घाटमा पुर्णमासी मेला सुरु
ADVERTISEMENT

नेपालगन्ज १७ कात्तिक । बाँकेको राप्ती नदी सिधनिया घाटमा तीन दिने पुर्णमासी मेला शुरु भएको छ । कार्तिक शुक्ल पुर्णिमाको अवसरमा डुडुवा गाउँपालिका वडा नं।–४ स्थित श्री पञ्चेश्वरनाथ महादेव मन्दिरमा श्रीराम धनुष यज्ञ मेला, भण्डारा तथा स्नान मेला आजदेखि शुरु भएको छ । 

कार्तिक पुर्णिमाको अवसरमा आजदेखि शुरु भएको तीन दिने मेलामा रामलीला मञ्चन, मनोरञ्जनात्मक नाच गानलगायतका सांस्कृतिक कार्यक्रम हुने स्थानीय मेला आयोजक समितिका भोलाप्रसाद गुप्ताले बताउनुभयो । उहाँका अनुसार भारतबाट करिब २० कलाकारको समूहले नाटक मञ्चन, नौटङ्की नृत्यलगायतका सांस्कृतिक कार्यक्रम गर्नेछ । मेलामा साधु सन्तको उपस्थिति रहेको छ । मेलाको अन्तिम दिन भण्डारा गरी समापन गरिने समितिले जनाएको छ । 

कार्तिक पूर्णिमाका दिन राप्ती नदीमा स्नान गर्नेको भीड लाग्ने गर्दछ । पर्सी ९बुधबार० नदीमा स्नान गर्न बाँकेलगायत विभिन्न स्थानबाट भक्तजन आउने गर्दछन् । नदी तथा जलाशयमा बिहान स्नान गरी गौदान गर्ने, सिधा तथा अन्नलगायतका दान पण्डितलाई दिने गरिएको शिव मन्दिरका पुजारी पण्डित रामप्रताप मिश्रले बताउनुभयो । 

उहाँले भन्नुभयो, “यो स्नानको ठूलो महत्व छ, यो स्नान गर्नाले माघे सङ्क्रान्तिका दिन स्नान गरिएको जति फल मिल्छ, यो सूर्य भगवानको विकिरण पानीमा पर्ने भएकाले स्नान गरेपछि मानिसको शरीरमा चर्मरोगसम्बन्धी समस्यासमेत निराकरण हुन्छ ।” देव सैनी पूर्णमासीको स्नानले मानिसको शरीरलाई चम्किलो तथा फुर्तिलोसमेत बनाउने गरेको पण्डित मिश्रले बताउनुभयो । 

कार्तिक शुक्ल पूर्णिमाको दिन हरेक वर्ष चतुर्मास समापन हुन्छ । चर्तुमास समापन पश्चात शुभ कार्यको थालनी गर्ने चलन रही आएको छ । पूर्णिमाका दिनदेखि विवाह तथा व्रतबन्धका साइत सुरु हुने पण्डित मिश्रले बताउनुभयो । चतुर्मासका कारणले रोकिएका विवाह तथा व्रतबन्ध र ठूला पूजाआजा सबै सुरु हुन्छन् । 
 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

दसैँ नजिकिँदै गर्दा मूर्तिकारलाई चटारोः परम्परा जोगाउँदै जीविकोपार्जन

दसैँ नजिकिँदै गर्दा मूर्तिकारलाई चटारोः परम्परा जोगाउँदै जीविकोपार्जन

नेपालगन्ज, ६ असोज । नेपालीको महान चाड दसैँ नजिकिँदै जाँदा नेपालगञ्जका मूर्तिकारलाई…

गुरु पूर्णिमा : अवधी समुदायमा भौंरी पर्व

गुरु पूर्णिमा : अवधी समुदायमा भौंरी पर्व

नेपालगन्ज, १३ साउन । आषाढ शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमा आज मधेशी समुदायले भौंर…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …