Pairabi logo

भदौ ०१, २०८३, सोमबार                    

नेपालगन्जमा प्राइमोको शेयर कारोवार सुरु

डेक्स

डेक्स

नेपालगन्जमा प्राइमोको शेयर कारोवार सुरु
ADVERTISEMENT

नेपालगन्ज ।  धितोपत्र बोर्डको दलाल (ब्रोकर) कार्यालयको सङ्ख्या नेपालगन्जमा तीन पुगेको छ । खास गरी पछिल्लो समय प्राईमो सेक्युरिटिज प्रालीले पनि नेपालगन्जमा आफ्नो शेयर बजार सम्वन्धी कारोवार सुरु गरेपछि धितोपत्र बोर्डको दलाल (ब्रोकर) कार्यालयको सङ्ख्या तीन पुगेको हो ।

सेक्युरिटीज प्रालीले यहाँका लगानीकर्तासँग साक्षात्कार गर्दै शेयर बजारको अवस्था र आफ्ना सेवावारे जानकारी दिएको छ । 

सो अवसरमा सेक्युरिटीज प्रालीका संस्थापक सञ्चालक बीजय बहादुर शाहले नेपालगन्ज आर्थिक क्षेत्रका हिसावले चलायमान शहर भएकाले यस क्षेत्रमा शेयर बजारको सम्भावना रहेको बताउनुभयो । उहाँले शेयर बजारका सम्भावना र चुनौतीबारे जानकारी दिदै बाँके र बर्दियाका लगानीकर्ता यसबाट लाभावन्वित हुने विश्वास व्यक्त गर्नुभयो । 

प्रालीका प्रमुख कार्याकारी अधिकृत मेघनाथ उपाध्यायले ब्रोकर कार्यालयबाट हुने सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा धारणा राख्दै लगानीकर्ताले राखेका जिज्ञासाको उत्तर दिनुएको थियो । शेयर बजारका लगानीकर्ता अर्जुन सुवेदी, विकास भट्टराई, पुष्प प्रधान, जीवनारायण वेल्बासे लगायतले वित्तिय साक्षरता जस्ता कक्षा सञ्चालन गर्न आग्रह गर्नुभयो ।

वि.स २०५० साल माघ १ गतेदेखि शेयर बजार सम्वन्धि कारोवार गरेको सो प्रालीले तेस्रो शाखाका रुपमा यो कार्यालय स्थापना गरेको हो । यसअघि नेपालगन्जमा इम्पेरियल र कालिका सेक्युरिटीज प्रालीले धितोपत्र बोर्डको दलाल कार्यालय स्थापन गरेर शेयर बजार सम्वन्धी कारोवार गर्दै आएको छ ।

नेपालगन्जमा स्थापना भएका ब्रोकर कार्यालयमा दाङ, सल्यान, बर्दिया, सुर्खेत लगायतका जिल्लाबाट शेयर कारोवारका लागि लगानीकर्ता आउने गर्छन । नेपालगन्जको शेयर बजारमा लगानीकर्ताले रु। एक करोड देखि ५ करोडसम्म दैनिक लगानी गर्दै आएको बताइएको छ । 

ताजा

सबै

बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै

नेपालगन्ज, ३० साउनः बाँकेमा अहिलेसम्म साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै र उजुरी घटदै ग…

संरक्षणको अभावमा जीर्ण बन्दै कान्तिताल

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका२२ पुरैनीस्थित कान्तिताल संरक्षणको अभावमा जीर्ण ब…

बर्दियाको मधुवनमा लागुऔषध विरुद्ध सचेतना अभियान तिव्र

बर्दिया, साउन ३१ । अन्तर्राष्ट्रिय युवा दिवस २०२६ को अवसरमा फरक सन्दर्भ, साझा आकांक्षा …

डुडुवाको एकीकृत स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा, लक्ष्य अनुसारको उपलब्धी

डुडुवा (बाँके) २९ साउन । डुडुवा गाउँपालिका, बाँकेमा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चाल…

लोकप्रिय

यो पनि

बाँकेमा ४५ हजार लगानीकर्ता टिएमएसबाट कारोबार गर्दै

बाँकेमा ४५ हजार लगानीकर्ता टिएमएसबाट कारोबार गर्दै

नेपालगन्ज, १० साउन स् बाँकेमा शेयर बजारप्रति आकर्षण बढ्दै जाँदा करिब ४५ हजार लगानीकर्…

विदेशबाट फर्किएका युवाद्धारा सरकारसंग रोजगारीका लागि अनुदानको माग

विदेशबाट फर्किएका युवाद्धारा सरकारसंग रोजगारीका लागि अनुदानको माग

नेपालगन्ज, २६ असार । बैदेशिक रोजगारीबाट फर्केका युवाहरुले स्वदेशमै रोजगारी गर्न राज्…

डुडुवामा रोजगार संवाद मञ्च सञ्चालन

डुडुवामा रोजगार संवाद मञ्च सञ्चालन

डुडुवा (बाँके) २५ असार । बाँकेको डुडुवा गाउँपालिकामा रोजगारी प्रवद्र्धन, सुरक्षित व…

वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिलाई डुडुवामा उद्यमशीलता तालिम

वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिलाई डुडुवामा उद्यमशीलता तालिम

डुडुवा (बाँके), २४ असार । बाँकेको डुडुवा गाउँपालिकाले आन्तरिक रोजगारी प्रवद्र्धन तथ…