Pairabi logo

माघ ०३, २०८२, शुक्रबार                    

नेपालगन्जमा प्राइमोको शेयर कारोवार सुरु

डेक्स

डेक्स

नेपालगन्जमा प्राइमोको शेयर कारोवार सुरु
ADVERTISEMENT

नेपालगन्ज ।  धितोपत्र बोर्डको दलाल (ब्रोकर) कार्यालयको सङ्ख्या नेपालगन्जमा तीन पुगेको छ । खास गरी पछिल्लो समय प्राईमो सेक्युरिटिज प्रालीले पनि नेपालगन्जमा आफ्नो शेयर बजार सम्वन्धी कारोवार सुरु गरेपछि धितोपत्र बोर्डको दलाल (ब्रोकर) कार्यालयको सङ्ख्या तीन पुगेको हो ।

सेक्युरिटीज प्रालीले यहाँका लगानीकर्तासँग साक्षात्कार गर्दै शेयर बजारको अवस्था र आफ्ना सेवावारे जानकारी दिएको छ । 

सो अवसरमा सेक्युरिटीज प्रालीका संस्थापक सञ्चालक बीजय बहादुर शाहले नेपालगन्ज आर्थिक क्षेत्रका हिसावले चलायमान शहर भएकाले यस क्षेत्रमा शेयर बजारको सम्भावना रहेको बताउनुभयो । उहाँले शेयर बजारका सम्भावना र चुनौतीबारे जानकारी दिदै बाँके र बर्दियाका लगानीकर्ता यसबाट लाभावन्वित हुने विश्वास व्यक्त गर्नुभयो । 

प्रालीका प्रमुख कार्याकारी अधिकृत मेघनाथ उपाध्यायले ब्रोकर कार्यालयबाट हुने सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा धारणा राख्दै लगानीकर्ताले राखेका जिज्ञासाको उत्तर दिनुएको थियो । शेयर बजारका लगानीकर्ता अर्जुन सुवेदी, विकास भट्टराई, पुष्प प्रधान, जीवनारायण वेल्बासे लगायतले वित्तिय साक्षरता जस्ता कक्षा सञ्चालन गर्न आग्रह गर्नुभयो ।

वि.स २०५० साल माघ १ गतेदेखि शेयर बजार सम्वन्धि कारोवार गरेको सो प्रालीले तेस्रो शाखाका रुपमा यो कार्यालय स्थापना गरेको हो । यसअघि नेपालगन्जमा इम्पेरियल र कालिका सेक्युरिटीज प्रालीले धितोपत्र बोर्डको दलाल कार्यालय स्थापन गरेर शेयर बजार सम्वन्धी कारोवार गर्दै आएको छ ।

नेपालगन्जमा स्थापना भएका ब्रोकर कार्यालयमा दाङ, सल्यान, बर्दिया, सुर्खेत लगायतका जिल्लाबाट शेयर कारोवारका लागि लगानीकर्ता आउने गर्छन । नेपालगन्जको शेयर बजारमा लगानीकर्ताले रु। एक करोड देखि ५ करोडसम्म दैनिक लगानी गर्दै आएको बताइएको छ । 

ताजा

सबै

खजुरामा महिला तथा बालिकाविरुद्ध हुने हिंसा सम्बोधनका लागि कार्यविधी तयार

खजुरा (बाँके) १ माघ । बाँकेको खजुरा गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने हि…

राप्ती नदी सिधनिया घाटमा मकर स्नान महोत्सव शुरु

नेपालगञ्ज, ३० पुसः बाँकेको राप्ती नदीस्थित सिधनिया घाटमा पहिलोपटक मकर स्नान महोत्सवक…

महिला तथा बालिकाविरुद्ध हुने हिंसा कानूनी रुपमा न्युनीकरण गरिने

नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने हिंसा न्युनीकर…

डुडुवाको १९औँ गाउँसभा

डुडुवा (बाँके), २५ पुस । बाँके डुडुवा गाउँपालिकाको १९औँ गाउँसभा बसेको छ । आज शु…

लोकप्रिय

सबै

महिला तथा बालिकाविरुद्ध हुने हिंसा कानूनी रुपमा न्युनीकरण गरिने

नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने हिंसा न्युनीकर…

खजुरामा महिला तथा बालिकाविरुद्ध हुने हिंसा सम्बोधनका लागि कार्यविधी तयार

खजुरा (बाँके) १ माघ । बाँकेको खजुरा गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने हि…

राप्ती नदी सिधनिया घाटमा मकर स्नान महोत्सव शुरु

नेपालगञ्ज, ३० पुसः बाँकेको राप्ती नदीस्थित सिधनिया घाटमा पहिलोपटक मकर स्नान महोत्सवक…

यो पनि

नेपालगन्ज भन्सारः पाँच महिनामा सात अर्ब ६५ करोड बढी राजस्व सङ्कलन

नेपालगन्ज भन्सारः पाँच महिनामा सात अर्ब ६५ करोड बढी राजस्व सङ्कलन

नेपालगन्ज, १५ पुसः नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच…

अङ्ग्रेजी नयाँ वर्षमा नेपालगञ्जका होटलमा विशेष प्याकेज

अङ्ग्रेजी नयाँ वर्षमा नेपालगञ्जका होटलमा विशेष प्याकेज

नेपालगन्ज, १५ पुसः नेपालगञ्जमा रहेका होटलले अङ्ग्रेजी नयाँ वर्ष २०२६ मा एक साताका ला…

गुणस्तरियतासंगै ब्रान्डिङ्ग बनाउदै सुनाखरी रेष्टुरेण्ट

गुणस्तरियतासंगै ब्रान्डिङ्ग बनाउदै सुनाखरी रेष्टुरेण्ट

नेपालगन्ज ६ पुस । सुनाखरी रेष्टुरेण्ट प्रा लि. नेपालगन्जले गुणस्तरियतासंगै ब्रान्डिङ्ग ग…

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँके, २४ मङ्सिरः सीप सिकौँ, स्वरोजगार बनौँ भन्ने मूल नाराका साथ बाँकेमा अश्वपालक म…