कृषि, वन तथा बातावरण
१३१ समाचार
बाँकेमा कृषि भण्डारण केन्द्र निर्माण
नेपालगञ्ज १ साउन :किसानद्वारा उत्पादित विभिन्न जडीबुटीलाई प्रशोधन गरेर भण्डारण गर्न बाँकेमा अत्याधुनिक भण्डारण केन्द्र निर्माण गरिएको छ । जिल्लाको राप्तीसोनारी गाउँपालिका२ कचनापुरस्थित जयदुर्गा सामुदायिक वन क्षेत्रमा उक्त भण्डारण केन्द्र निर्माण सम्पन्न भएको जिल्ला वन डिभिजन कार्यालयले जनाएको छ ।...
लुम्बिनीमा वन संरक्षण र हरियाली प्रवर्द्धनको बृहत् अभियान
लुम्बिनी, १४ असारस्लुम्बिनी प्रदेशमा आजदेखि बृहत् वृक्षरोपण अभियान सुरु भएको छ । वन तथा वातावरण मन्त्रालय, डिभिजन वन कार्यालय तथा विभिन्न सामुदायिक वन कार्यालयको सहकार्यमा अभियानको थालिएको हो । अभियानअन्तर्गत प्रदेशभर २५ लाख बिरुवा उत्पादन गरिएका छन् भने ६० हेक्टरभन्दा...
४९ हजार बढी पशुचौपायामा कृत्रिम गर्भाधान
नेपालगन्ज १४ असारः बाँकेको खजुरा गाउँपालिका२ गौघाटस्थित राष्ट्रिय पशु प्रजनन कार्यालयबाट चालु आर्थिक वर्ष २०८२८३ को जेठ मसान्तसम्म ११ महिनामा ४९ हजार ५८७ पशुचौपायालाई कृत्रिम गर्भाधान गराइएको छ । कार्यालय प्रमुख वरिष्ठ पशु विकास अधिकृत डा खिमानन्द खनालका अनुसार २८...
कृत्रिम विपद् घटना अभ्यास (टेबल टप सिमुलेशन)
नेपालगञ्ज ५ असार । नेपालगन्जमा भूकम्पमा आधारित कृत्रिम घटना अभ्यास गरिएको छ । विपद् पूर्व तयारी तथा प्रतिकार्य क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कृत्रिम विपद् घटना अभ्यास (टेबल टप सिमुलेशन)कार्यक्रम भएको हो । नेपालगञ्ज उपमहानगरपालिका सहरी विपद् तथा भूकम्पीय जोखिम पूर्व...
बर्दियामा वातावरण संरक्षण, विपद् तयारी र सामुदायिक अगुवाहरूलाई सम्मान
बर्दिया, जेठ २३ । विश्व वातावरण दिवस २०२६ को अवसरमा बर्दियाको राजापुर र ठाकुरबाबा नगरपालिकामा वातावरण संरक्षण, जलवायु अनुकूल विकास, विपद् जोखिम न्यूनीकरण तथा सामुदायिक नेतृत्व प्रवद्र्धनसम्बन्धी विविध कार्यक्रम सम्पन्न गरिएका छन् । ती कार्यक्रममार्फत वातावरणीय संरक्षण, जैविक विविधताको संवद्र्धन,...
बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण
बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढैयाताल गाउँपालिकालाई विपद् जोखिम न्यूनीकरणसम्बन्धी सहयोग सामग्री हस्तान्तरण गरेको छ । क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा संचालित बालिका शसक्त परियोजना अन्तर्गत सो सहयोग सामग्री हस्तान्तरण गरेको हो...
बाँके बैजनाथ गाउँपालिकामा ‘प्राङ्गारिक कृषि पोषण मेला प्रर्दशनी’
बैजनाथ (बाँके) १४ जेठ । बाँकेको बैजनाथ गाउँपालिकामा प्राङ्गारिक कृषि पोषण मेला प्रर्दशनी गरिएको छ । विभिन्न दातृ निकायको सहयोग तथा बैजनाथ गाउँपालिकाको समन्वयमा भेरी बाताबरणीय विशिष्टता समुह (बीग्रुप) नेपालगन्जद्धारा आयोजित एकदिने प्रर्दशनीमा स्थानीय किसानहरु आफैले उत्पादन गरेका विभिन्न कृषि...
सामुदायिक वनका पदाधिकारीलाई क्षमता अभिवृद्धि
बाँके १ जेठ । रेडियो कृष्णसार एफएमको आयोजना तथा डिभिजन वन कार्यालय बाँकेको आर्थिक सहयोगमा सामुदायिक वनका पदाधिकारीहरुलाई लक्षित गर्दै क्षमता अभिवृद्धि तालिम बिहीबार सम्पन्न गरिएको छ। खजुरा गाउँपालिका२ स्थित हरित सृजना सामुदायिक वन उपभोक्ता समूह गौघाटको सभाहलमा सम्पन्न तालिम...
बाँकेमा गहुँखेती क्षेत्र घट्यो, उत्पादन बढ्यो
बाँके, १ वैशाखः बाँके जिल्लामा गहुँखेती गर्ने क्षेत्र घट्दै गए पनि गत वर्षको तुलनामा उत्पादनमा वृद्धि भएको छ । उन्नत जातको बीउ, सिँचाइ र अनुकूल मौसमका कारण यो वर्ष गहुँखेती उत्पादन वृद्धि हुने कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी वरिष्ठ...
बाँकेमा व्यावसायिक स्ट्रबेरी खेती सुरु
निशु जोशी नेपालगन्ज, २९ चैत । बाँकेका किसानहरू परम्परागत खेती छोडेर नयाँ तथा व्यावसायिक फलफूल खेतीतर्फ आकर्षित हुन थालेका छन् । धान र गहुँ जस्ता परम्परागत बाली लगाउँदै आएका किसानहरू अहिले राम्रो बजार र आम्दानीको सम्भावनाका कारण फलफल तथा तरकारी...
आलुको बीउ ‘ग्रेडिङ’ गर्दै डुडुवाका किसान मौर्य
नेपालगन्ज १९ चैतः बाँकेको डुडुवा गाउँपालिकाका किसान जयपाल मौर्य अहिले आलुको बीउ ग्रेडिङमा व्यस्त हुनुहुन्छ । गत वर्षमात्रै जिल्लाबाट राष्ट्रपति कृषक पुरस्कार प्राप्त गर्नुभएका ४३ वर्षीय किसान मौर्यले एक सय एक कट्ठा जमिनमा लगाइएको आलुको बीउ ग्रेडिङ भइरहेको जानकारी दिनुभयो...
बाँकेमा ‘आगो नियन्त्रण दस्ता’ निर्माण
नेपालगञ्ज, ४ चैतः बाँकेमा डढेलो नियन्त्रणका लागि आगो नियन्त्रण दस्ता निर्माण गरिएको छ । जिल्लास्थित वन डिभिजन कार्यालयले जिल्लामा २४ जनाको दस्ता निर्माण गरेको हो । वन डिभिजन कार्यालयका वरिष्ठ वन अधिकृत तथा सूचना अधिकारी टङ्क गुरुङका अनुसार डढेलो लाग्ने...
डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन
डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन गरिएको छ । वडा नं. ५ कम्दीस्थित बनक्षेत्रको छेउमा रहेको गौशालामा रहेका छाडा पशुहरुलाई चिसोबाट जोगाउन न्यानो कपडा (कम्बल)को व्यवस्थापन गरिएको हो । गौशालामा रहेका...
‘कृषि क्षेत्रमा युवा पलायन सबैभन्दा ठूलो चुनौती’
नेपालगञ्ज, २१ पुसः कृषि तथा पशुपन्छी विकासमन्त्री डा मदन परियारले कृषि क्षेत्रमा देखिएको युवा पलायन सबैभन्दा ठूलो चुनौती भएको बताउनभएको छ । नेपालगञ्जमा दुई दिनदेखि सञ्चालन भएको उच्च मूल्य कृषिवस्तु उत्थानशिल कार्यक्रमको समापनमा मन्त्री डा परियारले वैदेशिक रोजगारीका लागि युवाको...
जङ्गल सफारीसँगै बाँके निकुञ्जमा पर्यटकको चहलपहल बढ्यो
नेपालगञ्ज, १० मङ्सिरः बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारीसँगै आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ । बैजनाथ१ चिसापानीमा रहेका गाभर भ्याली र मिनी गाभर सामुदायिक होमस्टेले छुट्टाछुट्टै दुई जङ्गल सफारी जीप सञ्चालनमा ल्याएपछि सफारी गर्न पर्यटकको घुइँचो लाग्न थालेको...
नेपालगञ्जमा किसानको प्रदर्शन, किसानको समस्या सम्बोधन गर्न सरकारलाई दबाब
नेपालगञ्ज, २३ कात्तिक । राष्ट्रिय किसान सञ्जालले आइतवार नेपालगञ्जमा जुलुस प्रदर्शन गरेको छ । किसानका विविध समस्याहरुका विषयमा सरकारलाई दवाव दिन शान्तिपूर्ण जुलुस प्रदर्शन गरिएको नेपाल किसान महासंघ लुम्बिनी प्रदेशका महामन्त्री महेन्द्र मल्लले जानकारी दिनुभयो । नेपालगञ्ज कारकाँदोवाट शुरु भएको...