Pairabi logo

असोज २६, २०८३, सोमबार                    

४९ हजार बढी पशुचौपायामा कृत्रिम गर्भाधान

डेक्स

डेक्स

४९ हजार बढी पशुचौपायामा कृत्रिम गर्भाधान
ADVERTISEMENT

नेपालगन्ज १४ असारः बाँकेको खजुरा गाउँपालिका–२ गौघाटस्थित राष्ट्रिय पशु प्रजनन कार्यालयबाट चालु आर्थिक वर्ष २०८२÷८३ को जेठ मसान्तसम्म ११ महिनामा ४९ हजार ५८७ पशुचौपायालाई कृत्रिम गर्भाधान गराइएको छ ।

कार्यालय प्रमुख वरिष्ठ पशु विकास अधिकृत डा खिमानन्द खनालका अनुसार २८ हजार ५८८ गाई, २० हजार ५२६ भैँसी तथा ४७३ बाख्रा गरी ४९ हजार ५८७ पशुलाई कृत्रिम गर्भाधान गराइएको हो ।

पछिल्लो समयमा पशु चौपायालाई कृत्रिम गर्भाधान गराउने किसानको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएका छन् । घरगोठमै सहज तरिकाले पशु प्राविधिले कृत्रिम गर्भाधान गराइदिने र पशुमा नश्ल सुधारसमेत हुने भएकाले किसान यसतर्फ आकर्षित भएका छन् ।

पशु प्रजनन कार्यालयमा कृत्रिम गर्भाधानका लागि वीर्य ९सिमेन० उत्पादन गर्न १२ मुर्रा राँगा, आठ साँढे, छ बोका र दुई बाख्री राखिएको छ । राष्ट्रिय पशु प्रजनन कार्यालयले कार्यालयमा रहेका विभिन्न जातका मुर्रा राँगा, साँढे तथा बोकाबाट वीर्य सङ्लन, उत्पादन तथा वितरण गर्दै आएको छ । राष्ट्रिय पशु प्रजनन कार्यालयले कार्यालयमा रहेका विभिन्न जातका मुर्रा राँगा, साँढे तथा बोकाबाट चालु आवको जेठसम्म ११ महिनामा एक लाख ८५ हजारभन्दा बढी डोज वीर्य उत्पादन गरेको छ ।

कार्यालयका सूचना अधिकारी पशु विकास अधिकृत डा मिलनकुमार चौधरीले जर्सी साँढेबाट २८ हजार ३०९ डोज र होलिस्टिन बाट ४४ हजार ९५६ गरी तीन हजार २६५ डोज साँढेको वीर्य, नेपालगन्ज मुर्राबाट ८१ हजार १६० डोज, भारतीय मुर्राबाट २० हजार ५३४ डोज र गड्डीबाट चार हजार ५३७ गरी एक लाख छ हजार २३२ डोज राँगाको र पाँच हजार ५८० डोज वोयर बोकाबाट गरी जम्मा एक लाख ८५ हजार ७६ डोज जमेको वीर्य ९सिमेन० उत्पादन भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार चालु आवको जेठसम्म साँढे, राँगा र बोकाबाट उत्पादन गरिएका ६३ हजार २९७ डोज वीर्य वितरण गरिएको छ । जर्सीको २५ हजार ३६६ डोज, होलिस्टिनको नौ हजार ५१७ डोज र साइवलको ९१३ डोज गरी साँढेको जम्मा ३७ हजार ९३६ डोज वीर्य वितरण गरिएको छ । त्यसैगरी नेपालगन्ज मुर्राको २९५ डोज र भारतीय मुर्राको २३ हजार ८५२ डोज गरी २४ हजार १४७ डोज राँगाको वीर्य वितरण भएको छ । वोयर बोकाबाट एक हजार २१४ डोज वीर्य वितरण गरिएको छ ।
 
कार्यालयले कृत्रिम गर्भाधान मात्र नभएर प्राकृतिक गर्भाधानसमेत गराउँदै आएको छ । प्राकृतिक गर्भाधानका लागि तीन राँगा, दुई साँढे, एक बोका, एक बाख्री र राखिएको छ । चालु आर्थिक वर्षको ११ महिनामा १५५ गाई, ३८४ भैँसी र १११ बाख्रा गरी ६५०  पशुचौपायालाई प्राकृतिक गर्भाधान गराइएको पशु सेवा प्राविधिक देवनारायण जैशीले जानकारी दिनुभयो ।
 
विसं २०३६ मा भैँसी फाराम ९बुल सेन्टर०का रूपमा स्थापना भएपश्चात् विभिन्न चरण हुँदै ४७औँ वर्ष प्रवेश गरेको छ । विसं २०६० मा चरन तथा घाँसेबाली बीउ वृद्धि फार्ममा रुपान्तरण भएको, २०४२ सालमा पशु प्रजनन कार्यालयका नाममा स्थापना भएको र देशमा सङ्घीयता कार्यान्वयनसँगै २०७५ सालमा राष्ट्रिय पशु प्रजनन कार्यालयको नामबाट सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका बाँके, बर्दिया, दाङ, प्युठान, रोल्पा र पूर्वीरुकुम गरी २५ जिल्लामा सेवा प्रवाह भइरहेको पशु सेवा प्राविधिक जैशीले बताउनुभयो ।

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

यो पनि

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

नेपालगन्ज, ६ असोजः नेपालगन्जस्थित प्रसिद्ध रानी तलाउ तरकारी बजारमा बिक्री हुने तरकारी…

भारतबाट सागसब्जी आयात घटेपछि नेपालगञ्जमा स्थानीय उत्पादनको माग बढ्यो

भारतबाट सागसब्जी आयात घटेपछि नेपालगञ्जमा स्थानीय उत्पादनको माग बढ्यो

नेपालगन्ज, २७ साउनः भारतीय सागसब्जी आयातमा कडाइ गरिएपछि नेपालगञ्जमा स्थानीय किसानको…