Pairabi logo

असोज २६, २०८३, सोमबार                    

लुम्बिनीमा वन संरक्षण र हरियाली प्रवर्द्धनको  बृहत् अभियान

डेक्स

डेक्स

लुम्बिनीमा वन संरक्षण र हरियाली प्रवर्द्धनको  बृहत् अभियान
ADVERTISEMENT

लुम्बिनी, १४ असारस्लुम्बिनी प्रदेशमा आजदेखि बृहत् वृक्षरोपण अभियान सुरु भएको छ । वन तथा वातावरण मन्त्रालय, डिभिजन वन कार्यालय तथा विभिन्न सामुदायिक वन कार्यालयको सहकार्यमा अभियानको थालिएको हो ।

अभियानअन्तर्गत प्रदेशभर २५ लाख बिरुवा उत्पादन गरिएका छन् भने ६० हेक्टरभन्दा बढी क्षेत्रफलमा वृक्षरोपण गर्ने लक्ष्य छ । सरकारी, निजी तथा सार्वजनिक स्थानमा विभिन्न प्रजातिका बिरुवा रोपिने छन् । 

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गढवा गाउँपालिका–२, महदेवास्थित महदेवा सामुदायिक वनमा बिरुवा रोपेर अभियानको आरम्भ गर्नुभयो । त्यस अवसरमा मुख्यमन्त्री आचार्यले बिरुवा रोप्नु मात्र पर्याप्त नभई तिनको संरक्षणमा जोड दिनुभयो ।

हरेक वर्ष लाखौँ बिरुवा रोपिए पनि संरक्षणको अभावमा अपेक्षित परिणाम हासिल हुन नसकेको उल्लेख गर्दै उहाँले संरक्षण अभियानलाई सफल बनाउनु सबै नागरिकको  जिम्मेवारी भएको स्मरण गराउनुभयो ।

लुम्बिनी प्रदेशसभा सदस्य इन्द्रजित थारुले प्रकृतिको अस्तित्व मानवभन्दा पुरानो भएकाले यसको विनाशले मानव सभ्यतामै सङ्कट निम्त्याउन सक्ने चेतावनी दिनुभयो । उहाँले वन तथा वातावरण संरक्षणलाई अभियानका रूपमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।

लमही नगरपालिकाका कार्यवाहक प्रमुख लक्ष्मी योगीले वन संरक्षणलाई आयआर्जन र उद्यमसँग जोड्नुपर्ने आवश्यकता औँल्याउनुभयो । वन तथा वातावरण मन्त्रालयका सचिव प्रमोद भट्टराईले वृक्षरोपणमा जैविक विविधतालाई प्राथमिकता दिइएको जानकारी दिनुभयो । 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

यो पनि

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

नेपालगन्ज, ६ असोजः नेपालगन्जस्थित प्रसिद्ध रानी तलाउ तरकारी बजारमा बिक्री हुने तरकारी…

भारतबाट सागसब्जी आयात घटेपछि नेपालगञ्जमा स्थानीय उत्पादनको माग बढ्यो

भारतबाट सागसब्जी आयात घटेपछि नेपालगञ्जमा स्थानीय उत्पादनको माग बढ्यो

नेपालगन्ज, २७ साउनः भारतीय सागसब्जी आयातमा कडाइ गरिएपछि नेपालगञ्जमा स्थानीय किसानको…