Pairabi logo

असोज २६, २०८३, सोमबार                    

बाँकेमा गहुँखेती क्षेत्र घट्यो, उत्पादन बढ्यो

डेक्स

डेक्स

बाँकेमा गहुँखेती क्षेत्र घट्यो, उत्पादन बढ्यो
ADVERTISEMENT

बाँके, १ वैशाखः बाँके जिल्लामा गहुँखेती गर्ने क्षेत्र घट्दै गए पनि गत वर्षको तुलनामा उत्पादनमा  वृद्धि भएको छ ।  

उन्नत जातको बीउ, सिँचाइ र अनुकूल मौसमका कारण यो वर्ष गहुँखेती उत्पादन वृद्धि हुने कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी वरिष्ठ बागवानी विकास अधिकृत सन्तोष पाठकले जानकारी दिनुभयो । “खेती गर्ने जग्गाको क्षेत्रफल घटे पनि यस वर्ष गत वर्षभन्दा गहुँ बढी उत्पादन हुने अध्ययनले देखाएको छ”, पाठकले भन्नुभयो, “बीउको प्रतिस्थापन दर बढ्दो भएका कारण र किसानले हाइब्रिड जातको बीउको बढी प्रयोगका कारण पनि उत्पादनमा वृद्धि भएको हो ।” 

उहाँका अनुसार बाँकेमा गत वर्ष २० हजार ८९५ हेक्टर क्षेत्रफल जमिनमा गरिएको गहुँखेतीबाट ७७ हजार ७०८ मेट्रिक टन गहुँ उत्पादन भएको थियो । यो वर्ष समयमै बर्सात भइरहेको र कुनै किसिमको रोग तथा कीराको सङ्क्रमण नभएकाले गत वर्षको तुलनामा गहुँको उत्पादन वृद्धि हुने भएको छ ।

समयसमयमा किसानका खेतमै पुगेर गहुँबालीको अनुसन्धान गर्ने, बाली उपचार शिविरको सञ्चालन गर्ने, घुम्ती स्थलगत तालिम तथा विभिन्न सचेतना कार्यक्रम गर्ने गरेका कारण पनि क्षेत्रफल घटे पनि उत्पादनमा वृद्धि भएको पाठकको भनाइ छ । 

बाँके जिल्लाका किसान यतिबेला वर्षभरिको पसिनाको फल सुरक्षित गर्ने निर्णायक घडीमा छन् । गत वर्षभन्दा यो वर्ष बाँकमा गहुँखेती उत्पादन वृद्धि भएको अखिल नेपाल किसान महासङ्घ बाँकेका अध्यक्ष कृष्णविक्रम केसीले बताउनुभयो । 

बीउ छरेदेखि स्याहर्ने बेलासम्म सामान्य हावाहुरी र वर्षाले क्षति पु¥याए पनि समग्रमा यो वर्ष अनुकूल मौसम भएकोले गहुँको उत्पादन बढेको उहाँको भनाइ छ । गहुँको उत्पादन वृद्धि भए पनि खेती गर्ने क्षेत्रफल भने बर्सेनि घट्दै गएको छ ।

आर्थिक वर्ष ०८०/०८१ मा जिल्लाका विभिन्न स्थानमा २१ हजार ५१५ हेक्टर क्षेत्रफल जग्गामा गहुँखेती गरिएको थियो । तर गत वर्ष भने २० हजार ८९५ हेक्टर जमिनमा मात्र गहुँ खेती गरिएको थियो । यो वर्ष क्षेत्रफल अझै घटेको कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी वरिष्ठ बागवानी विकास अधिकृत पाठकले जानकारी दिनुभयो ।

किसानहरूले गहुँखेती गर्ने जग्गामा तोरीखेती, वसन्ते मकै र विभिन्न तरकारीजन्य खेती गर्दा गहुँखेती गर्ने क्षेत्रफल घट्दै गएको छ । नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका र खजुरा गाउँपालिका क्षेत्रमा बढ्दो सहरीकरण र राप्तीसोनारी गाउँपालिका जङ्गली जनावरको आक्रमणले गर्दा गहुँखेती गर्ने क्षेत्रफल बर्सेनि घट्दै गएको उहाँले बताउनुभयो । 
–––

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

यो पनि

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

नेपालगन्ज, ६ असोजः नेपालगन्जस्थित प्रसिद्ध रानी तलाउ तरकारी बजारमा बिक्री हुने तरकारी…

भारतबाट सागसब्जी आयात घटेपछि नेपालगञ्जमा स्थानीय उत्पादनको माग बढ्यो

भारतबाट सागसब्जी आयात घटेपछि नेपालगञ्जमा स्थानीय उत्पादनको माग बढ्यो

नेपालगन्ज, २७ साउनः भारतीय सागसब्जी आयातमा कडाइ गरिएपछि नेपालगञ्जमा स्थानीय किसानको…