Pairabi logo

असोज २६, २०८३, सोमबार                    

बाँकेमा व्यावसायिक स्ट्रबेरी खेती सुरु

डेक्स

डेक्स

बाँकेमा व्यावसायिक स्ट्रबेरी खेती सुरु
ADVERTISEMENT

 निशु जोशी 
नेपालगन्ज, २९ चैत । बाँकेका किसानहरू परम्परागत खेती छोडेर नयाँ तथा व्यावसायिक फलफूल खेतीतर्फ आकर्षित हुन थालेका छन् । धान र गहुँ जस्ता परम्परागत बाली लगाउँदै आएका किसानहरू अहिले राम्रो बजार र आम्दानीको सम्भावनाका कारण फलफल तथा तरकारी खेतीतर्फ आकर्षित भएका छन । 

बाँकेको गाभर नजिकै पर्ने च्यामा गाउँका किसान शारदा बस्नेतको परिवारले करिब ६ कठ्ठा आफ्नै जमिनमा गतवर्षदेखि स्ट्राबेरी फलफुल खेती सुरु गरेको छ । परम्परागत खेती गर्दै आएको जमिनमा नयाँ प्रयोगका रूपमा सुरु गरिएको स्ट्रबेरी खेतीबाट सन्तुष्ट भएको उहाँले बताउनुभयो ।  

स्ट्रबेरी खेती यस क्षेत्रका लागि नयाँ भएकाले यहाँ प्रायःजसो मानिसहरूको चहलपहल बढेको छ । स्थानीयहरू फोटो, भिडियो खिच्न र ताजा स्ट्राबेरीको स्वाद लिन यहाँ आउने गरेका छन् । 

तराई क्षेत्रमा भए पनि पृष्ठभूमिमा सुन्दर पहाड देखिने यस गाउँमा पर्याप्त सिँचाइ सुविधा छैन । किसानहरूले मोटरको सहायताले पानी ल्याएर सिँचाइ गर्दै स्ट्रबेरी खेती गरिरहेका छन् । स्ट्रबेरी खेती धान–गहुँभन्दा बढी मेहनतिलो भए पनि यसको बजार राम्रो भएकाले उत्पादन खेर जाने चिन्ता भने कम रहेको किसानको भनाइ छ । 

इन्टरनेट सामाजिक सञ्जाल युट्युबबाट प्रेरणा लिएर स्ट्रबेरी खेती सुरु गरेका बस्नेत दम्पतीले दाङका अनुभवी किसानसँग परामर्श लिएर यो खेती विस्तार गरेका हुन् । अहिले बाँकेको बैजनाथ, कोहलपुर र खजुरा लगायतका क्षेत्रमा स्ट्राबेरी खेती विस्तार हुँदै गएको छ । 

स्ट्रबेरी रोप्ने उपयुक्त समय कात्तिक–मंसिर हो भने फल पाक्ने मौसम माघदेखि चैत्र मसान्तसम्म हो । गत वर्ष भारतबाट करिब रु ४ लाखको बिरुवा ल्याइएकोमा यस वर्ष आधा ४ हजार बिरुवा आफैं उत्पादन गरिएको छ, जुन अझ राम्रोसँग सप्रिएको किसान सर्पराज बस्नेतले बताउनुभयो । 

गत वर्ष करिब ७ क्विन्टल स्ट्राबेरी उत्पादन भएकोमा यस वर्ष बेमौसमी वर्षाका कारण केही उत्पादन झरेर नोक्सानी भएको छ ।

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

यो पनि

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

नेपालगन्ज, ६ असोजः नेपालगन्जस्थित प्रसिद्ध रानी तलाउ तरकारी बजारमा बिक्री हुने तरकारी…

भारतबाट सागसब्जी आयात घटेपछि नेपालगञ्जमा स्थानीय उत्पादनको माग बढ्यो

भारतबाट सागसब्जी आयात घटेपछि नेपालगञ्जमा स्थानीय उत्पादनको माग बढ्यो

नेपालगन्ज, २७ साउनः भारतीय सागसब्जी आयातमा कडाइ गरिएपछि नेपालगञ्जमा स्थानीय किसानको…