Pairabi logo

माघ ०१, २०८२, बुधबार                    

नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड, ५ बुँदे नरैनापुर घोषणा–पत्र जारी

डेक्स

डेक्स

नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड, ५ बुँदे नरैनापुर घोषणा–पत्र जारी
ADVERTISEMENT

बाँके (नरैनापुर), । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न मिडियाको तर्फबाट सशक्तरुपले भूमिका निभाउने बाँकेका पत्रकारहरुले प्रतिबद्धता जनाएका छन् ।

नरैनापुर गाउँपालिकासँगको सहकार्यमा नेपाल पत्रकार महासंघ बाँकेले बुधबार आयोजना गरेको ‘अन्तरक्रिया र वनभोज’ कार्यक्रममा उपस्थित भएका जिल्लाका पत्रकारहरुले नरैनापुरमा पर्यटनको प्रचुर सम्भावना रहेको कुरा औंल्याउँदै मिडियाबाट नै पर्यटकीय स्थलको प्रचार–प्रसार गर्न सम्भव रहेको बताए । 

नरैनापुर गाउँपालिका वडा नम्बर २ लक्ष्मणपुरमा आयोजित उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवम् नरैनापुर गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले आफू स्थानीय सरकारको नेतृत्वमा आइसकेपछि स्थानीय स्तरमा पर्यटकीय क्षेत्रको विकासमा सक्दो काम गर्दै आएको बताउनुभयो ।

गाउँपालिकाले सन्तानेश्वर मन्दिर, बर्फानी बाबा आश्रम लगायत स्थानीय स्तरमा रहेका धार्मिक तथा पर्यटकीय स्थलको विकासमा काम गरेको उनले सुनाए । उनले आफ्नो पहलमा केही वर्ष अघि कार्यक्रम गरेर सन्तानेश्वर मन्दिरमा एकै दिन हजारौं दर्शनार्थीहरुलाई उतार्न सफल भएको स्मरण गर्नुभयो। पर्यटन प्रवद्र्धनमा मिडिया र पत्रकारहरुसँग गाउँपालिका सहकार्य गर्न तयार रहेको उनले बताउनुभयो । 

कार्यक्रमका विशिष्ट अतिथि एवम् नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाईले नरैनापुरको पर्यटन प्रवद्र्धनमा सञ्चार क्षेत्रले खेलेको भूमिका र स्थानीय सरकारले गरेको पहल कदम प्रशंसनीय रहेको बताउनुभयो । गाउँपालिकाले आगामी दिनमा पनि पत्रकार महासंघ लगायत सञ्चार क्षेत्रलाई साथमा लिएर पर्यटन प्रवद्र्धन सम्बन्धि काम गर्नुपर्ने उहाँको सुझाव छ । 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज ओलीले नरैनापुर प्राकृतिक विविधताले भरिपूर्ण क्षेत्र रहेकाले यहाँ घुम्न आउने पर्यटकलाई आनन्दको अनुभूति हुने बताउनुभयो । 

नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले नरैनापुर पर्यटनको ‘भर्जिन ल्याण्ड’ भएको बताउनुभयो । नरैनापुरको आर्थिक समृद्धिका लागि पर्यटन महत्वपूर्ण कडी बन्न सक्ने भन्दै गिरीले पर्यटन प्रवद्र्धनको लागि पत्रकार महासंघ बाँकेले गाउँपालिकासँग सहकार्य गरेर कार्यक्रम आयोजना गरेको उल्लेख गर्नुभयो। उहाँले मिडियाको साथले पर्यटकीय क्षेत्रहरुको प्रचार–प्रसार, संरक्षण र सम्वद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

उक्त कार्यक्रममा नागरिक दैनिकका पत्रकार अर्जुन ओलीले ‘नरैनापुरमा पर्यटन सम्भावना र मिडियाको भूमिका’ विषयक प्रतिवेदन ९आधार पत्र० प्रस्तुत गर्नूभएको थियो ।

उक्त प्रतिवेदनमा भनिएको छ, ‘गाउँपालिका धार्मिक, प्राकृतिक, साँस्कृतिक र ग्रामिण तथा कृषि पर्यटनका हिसाबले अत्यन्तै सम्भावना भएको क्षेत्र मानिन्छ, चुरे पहाड, वनजंगल, धार्मिक स्थल, बहुसाँस्कृतिक सम्पदा र ग्रामीण जीवनशैली यहाँका प्रमुख विशेषता हुन्, यिनै विशेषताले नरैनापुरलाई सम्भावनायुक्त पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने आधार प्रदान गरेको छ, यद्यपी, पर्याप्त प्रचार–प्रसारको अभावले यहाँको पर्यटन सम्भावना अझै पूर्ण रूपमा उजागर हुन सकेको छैन ।’

नरैनापुरमा धार्मिक, प्राकृतिक, साँस्कृतिक, ग्रामिण तथा कृषि पर्यटनको सम्भावना प्रचुर मात्रामा रहेको प्रतिवेदनमा जनाइएको छ । मिडियाले नरैनापुरको पर्यटन प्रवद्र्धनका लागि पर्यटन स्थलको परिचय, सकारात्मक छवि निर्माण, स्थानीय सँस्कृति र पहिचान संरक्षण, डिजिटल माध्यमको प्रयोग, लगानीमा आर्कषण र स्थानीय सरकारले आफ्नो दायित्व निर्वाह गर्नुपर्ने प्रतिवेदनमार्फत सुझाव दिइएको छ ।

५ बुँदे नरैनापुर घोषणा–पत्र जारी 
कार्यक्रमको अन्त्यमा ५ बुँदे नरैनापुर घोषणा–पत्र जारी गरियो । नरैनापुर क्षेत्रमा रहेका धार्मिक पर्यटकीय क्षेत्रको रुपमा प्रचार–प्रसार गर्न सबै किसिमका मिडियाबाट समाचार, फिचर, रिपोर्ट र भिडियो डकुमेन्ट्री बनाएर सहकार्य गर्ने, नजिकै रहेको चुरे पहाडलाई पर्यापर्यटनको रुपमा विकास गर्न गाउँपालिकाले पदयात्रा ९हाइकिङ० को रुपमा अघि सारेका नीति र योजनाबारे मिडियाको क्षेत्रबाट समाचार लेखेर पर्यटन प्रवद्र्धन गर्न सहकार्य गर्ने, नरैनापुर गाउँपालिकाका पर्यटकीय गन्तब्यको प्रवद्र्धन र नयाँ पर्यटकीय गन्तब्यको पहिचान गरी प्रचार–प्रसार गर्न गाउँपालिकाले नेपाल पत्रकार महासंघ, जिल्लाका मिडिया हाउस र पत्रकारहरुसँग निरन्तर सहकार्य र सहयोग जारी राख्ने लगायत बुँदाहरु रहेका छन् ।

अन्नपूर्ण पोष्ट दैनिकका पत्रकार शंकरप्रसाद खनालले तयार पारेको उक्त घोषणा–पत्रलाई पत्रकार महासंघ बाँकेका अध्यक्ष गिरीले गाउँपालिका अध्यक्ष शाहलाई हस्तान्तरण गर्नुभएको थियो । 


 

ताजा

सबै

राप्ती नदी सिधनिया घाटमा मकर स्नान महोत्सव शुरु

नेपालगञ्ज, ३० पुसः बाँकेको राप्ती नदीस्थित सिधनिया घाटमा पहिलोपटक मकर स्नान महोत्सवक…

महिला तथा बालिकाविरुद्ध हुने हिंसा कानूनी रुपमा न्युनीकरण गरिने

नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने हिंसा न्युनीकर…

डुडुवाको १९औँ गाउँसभा

डुडुवा (बाँके), २५ पुस । बाँके डुडुवा गाउँपालिकाको १९औँ गाउँसभा बसेको छ । आज शु…

जानकी गाउँपालिकाको हिंसा सम्वोधनका लागि सिफारिस प्रर्णाली निर्देशिका निमार्ण

नेपालगन्ज । बाँके जानकी गाउँपालिकाको महिला तथा बालिकाविरुद्ध हुने हिंसा सम्वोधनका …

लोकप्रिय

सबै

महिला तथा बालिकाविरुद्ध हुने हिंसा कानूनी रुपमा न्युनीकरण गरिने

नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने हिंसा न्युनीकर…

राप्ती नदी सिधनिया घाटमा मकर स्नान महोत्सव शुरु

नेपालगञ्ज, ३० पुसः बाँकेको राप्ती नदीस्थित सिधनिया घाटमा पहिलोपटक मकर स्नान महोत्सवक…

यो पनि

‘कृषि क्षेत्रमा युवा पलायन सबैभन्दा ठूलो चुनौती’

‘कृषि क्षेत्रमा युवा पलायन सबैभन्दा ठूलो चुनौती’

नेपालगञ्ज, २१ पुसः कृषि तथा पशुपन्छी विकासमन्त्री डा मदन परियारले कृषि क्षेत्रमा देखि…

नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड, ५ बुँदे नरैनापुर घोषणा–पत्र जारी

नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड, ५ बुँदे नरैनापुर घोषणा–पत्र जारी

बाँके (नरैनापुर), । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न मिडियाको तर्फबाट सशक्तरुपल…

जङ्गल सफारीसँगै बाँके निकुञ्जमा पर्यटकको चहलपहल बढ्यो

जङ्गल सफारीसँगै बाँके निकुञ्जमा पर्यटकको चहलपहल बढ्यो

नेपालगञ्ज, १० मङ्सिरः बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारीसँगै आन्तरिक तथा बाह्य पर्यटक…

नेपालगञ्जमा किसानको प्रदर्शन, किसानको समस्या सम्बोधन गर्न सरकारलाई दबाब

नेपालगञ्जमा किसानको प्रदर्शन, किसानको समस्या सम्बोधन गर्न सरकारलाई दबाब

नेपालगञ्ज, २३ कात्तिक । राष्ट्रिय किसान सञ्जालले आइतवार नेपालगञ्जमा जुलुस प्रदर्शन गरेक…