Pairabi logo

असोज ०१, २०८३, बिहीबार                    

नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड, ५ बुँदे नरैनापुर घोषणा–पत्र जारी

डेक्स

डेक्स

नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड, ५ बुँदे नरैनापुर घोषणा–पत्र जारी
ADVERTISEMENT

बाँके (नरैनापुर), । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न मिडियाको तर्फबाट सशक्तरुपले भूमिका निभाउने बाँकेका पत्रकारहरुले प्रतिबद्धता जनाएका छन् ।

नरैनापुर गाउँपालिकासँगको सहकार्यमा नेपाल पत्रकार महासंघ बाँकेले बुधबार आयोजना गरेको ‘अन्तरक्रिया र वनभोज’ कार्यक्रममा उपस्थित भएका जिल्लाका पत्रकारहरुले नरैनापुरमा पर्यटनको प्रचुर सम्भावना रहेको कुरा औंल्याउँदै मिडियाबाट नै पर्यटकीय स्थलको प्रचार–प्रसार गर्न सम्भव रहेको बताए । 

नरैनापुर गाउँपालिका वडा नम्बर २ लक्ष्मणपुरमा आयोजित उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवम् नरैनापुर गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले आफू स्थानीय सरकारको नेतृत्वमा आइसकेपछि स्थानीय स्तरमा पर्यटकीय क्षेत्रको विकासमा सक्दो काम गर्दै आएको बताउनुभयो ।

गाउँपालिकाले सन्तानेश्वर मन्दिर, बर्फानी बाबा आश्रम लगायत स्थानीय स्तरमा रहेका धार्मिक तथा पर्यटकीय स्थलको विकासमा काम गरेको उनले सुनाए । उनले आफ्नो पहलमा केही वर्ष अघि कार्यक्रम गरेर सन्तानेश्वर मन्दिरमा एकै दिन हजारौं दर्शनार्थीहरुलाई उतार्न सफल भएको स्मरण गर्नुभयो। पर्यटन प्रवद्र्धनमा मिडिया र पत्रकारहरुसँग गाउँपालिका सहकार्य गर्न तयार रहेको उनले बताउनुभयो । 

कार्यक्रमका विशिष्ट अतिथि एवम् नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाईले नरैनापुरको पर्यटन प्रवद्र्धनमा सञ्चार क्षेत्रले खेलेको भूमिका र स्थानीय सरकारले गरेको पहल कदम प्रशंसनीय रहेको बताउनुभयो । गाउँपालिकाले आगामी दिनमा पनि पत्रकार महासंघ लगायत सञ्चार क्षेत्रलाई साथमा लिएर पर्यटन प्रवद्र्धन सम्बन्धि काम गर्नुपर्ने उहाँको सुझाव छ । 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज ओलीले नरैनापुर प्राकृतिक विविधताले भरिपूर्ण क्षेत्र रहेकाले यहाँ घुम्न आउने पर्यटकलाई आनन्दको अनुभूति हुने बताउनुभयो । 

नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले नरैनापुर पर्यटनको ‘भर्जिन ल्याण्ड’ भएको बताउनुभयो । नरैनापुरको आर्थिक समृद्धिका लागि पर्यटन महत्वपूर्ण कडी बन्न सक्ने भन्दै गिरीले पर्यटन प्रवद्र्धनको लागि पत्रकार महासंघ बाँकेले गाउँपालिकासँग सहकार्य गरेर कार्यक्रम आयोजना गरेको उल्लेख गर्नुभयो। उहाँले मिडियाको साथले पर्यटकीय क्षेत्रहरुको प्रचार–प्रसार, संरक्षण र सम्वद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

उक्त कार्यक्रममा नागरिक दैनिकका पत्रकार अर्जुन ओलीले ‘नरैनापुरमा पर्यटन सम्भावना र मिडियाको भूमिका’ विषयक प्रतिवेदन ९आधार पत्र० प्रस्तुत गर्नूभएको थियो ।

उक्त प्रतिवेदनमा भनिएको छ, ‘गाउँपालिका धार्मिक, प्राकृतिक, साँस्कृतिक र ग्रामिण तथा कृषि पर्यटनका हिसाबले अत्यन्तै सम्भावना भएको क्षेत्र मानिन्छ, चुरे पहाड, वनजंगल, धार्मिक स्थल, बहुसाँस्कृतिक सम्पदा र ग्रामीण जीवनशैली यहाँका प्रमुख विशेषता हुन्, यिनै विशेषताले नरैनापुरलाई सम्भावनायुक्त पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने आधार प्रदान गरेको छ, यद्यपी, पर्याप्त प्रचार–प्रसारको अभावले यहाँको पर्यटन सम्भावना अझै पूर्ण रूपमा उजागर हुन सकेको छैन ।’

नरैनापुरमा धार्मिक, प्राकृतिक, साँस्कृतिक, ग्रामिण तथा कृषि पर्यटनको सम्भावना प्रचुर मात्रामा रहेको प्रतिवेदनमा जनाइएको छ । मिडियाले नरैनापुरको पर्यटन प्रवद्र्धनका लागि पर्यटन स्थलको परिचय, सकारात्मक छवि निर्माण, स्थानीय सँस्कृति र पहिचान संरक्षण, डिजिटल माध्यमको प्रयोग, लगानीमा आर्कषण र स्थानीय सरकारले आफ्नो दायित्व निर्वाह गर्नुपर्ने प्रतिवेदनमार्फत सुझाव दिइएको छ ।

५ बुँदे नरैनापुर घोषणा–पत्र जारी 
कार्यक्रमको अन्त्यमा ५ बुँदे नरैनापुर घोषणा–पत्र जारी गरियो । नरैनापुर क्षेत्रमा रहेका धार्मिक पर्यटकीय क्षेत्रको रुपमा प्रचार–प्रसार गर्न सबै किसिमका मिडियाबाट समाचार, फिचर, रिपोर्ट र भिडियो डकुमेन्ट्री बनाएर सहकार्य गर्ने, नजिकै रहेको चुरे पहाडलाई पर्यापर्यटनको रुपमा विकास गर्न गाउँपालिकाले पदयात्रा ९हाइकिङ० को रुपमा अघि सारेका नीति र योजनाबारे मिडियाको क्षेत्रबाट समाचार लेखेर पर्यटन प्रवद्र्धन गर्न सहकार्य गर्ने, नरैनापुर गाउँपालिकाका पर्यटकीय गन्तब्यको प्रवद्र्धन र नयाँ पर्यटकीय गन्तब्यको पहिचान गरी प्रचार–प्रसार गर्न गाउँपालिकाले नेपाल पत्रकार महासंघ, जिल्लाका मिडिया हाउस र पत्रकारहरुसँग निरन्तर सहकार्य र सहयोग जारी राख्ने लगायत बुँदाहरु रहेका छन् ।

अन्नपूर्ण पोष्ट दैनिकका पत्रकार शंकरप्रसाद खनालले तयार पारेको उक्त घोषणा–पत्रलाई पत्रकार महासंघ बाँकेका अध्यक्ष गिरीले गाउँपालिका अध्यक्ष शाहलाई हस्तान्तरण गर्नुभएको थियो । 


 

ताजा

सबै

समुदायमा आधारित बालसंरक्षण संयन्त्र सुदृढीकरणका लागि तीन दिने प्रशिक्षण

बर्दिया, भदौ २९ । सुरक्षित भविष्य परियोजनाअन्तर्गत मधुवन नगरपालिकामा समुदायमा आधारित…

राजापुरका शिक्षक अभिभावकलाई बाल संरक्षणसम्बन्धी तालिम

बर्दिया, भदौ २९ । बाँके युनेस्को क्लबद्वारा विद्यालयमा सुरक्षित, समावेशी, बालमैत्री तथ…

बाँकेमा १९३ कुष्ठरोगी

गत आर्थिक वर्ष ०८२र०८३ मा १९३ नयाँ कुष्ठरोगी फेला परेका छन् । बाँकेको जानकी गाउँपाल…

राप्ती नदीमा निर्माणाधीन पुल विस्तार गर्न स्थानीयको माग

नेपालगञ्ज, २५ भदौः बाँकेको डुडुवा गाउँपालिका र राप्तीसोनारी गाउँपालिकाको भूभागमा …

लोकप्रिय

सबै

समुदायमा आधारित बालसंरक्षण संयन्त्र सुदृढीकरणका लागि तीन दिने प्रशिक्षण

बर्दिया, भदौ २९ । सुरक्षित भविष्य परियोजनाअन्तर्गत मधुवन नगरपालिकामा समुदायमा आधारित…

राजापुरका शिक्षक अभिभावकलाई बाल संरक्षणसम्बन्धी तालिम

बर्दिया, भदौ २९ । बाँके युनेस्को क्लबद्वारा विद्यालयमा सुरक्षित, समावेशी, बालमैत्री तथ…

यो पनि

भारतबाट सागसब्जी आयात घटेपछि नेपालगञ्जमा स्थानीय उत्पादनको माग बढ्यो

भारतबाट सागसब्जी आयात घटेपछि नेपालगञ्जमा स्थानीय उत्पादनको माग बढ्यो

नेपालगन्ज, २७ साउनः भारतीय सागसब्जी आयातमा कडाइ गरिएपछि नेपालगञ्जमा स्थानीय किसानको…

सन्तानेश्वर महादेव मन्दिरः धार्मिक पर्यटनको गन्तव्य

सन्तानेश्वर महादेव मन्दिरः धार्मिक पर्यटनको गन्तव्य

नेपालगन्ज, १७ साउनः बाँकेको सन्तानेश्वर महादेव मन्दिर धार्मिक पर्यटनको गन्तव्यका रुपमा …

बाँकेमा सङ्कटमा परेका १९१ वन्यजन्तुको उद्धार

बाँकेमा सङ्कटमा परेका १९१ वन्यजन्तुको उद्धार

नेपालगन्ज १० साउनः बाँकेमा सङ्कटमा परेका १९१ वन्यजन्तुको उद्धार गरिएको छ । जिल्लास्थित…

माछाका भुरा तथा खाने माछा बिक्रीबाट राजस्व वृद्धि

माछाका भुरा तथा खाने माछा बिक्रीबाट राजस्व वृद्धि

नेपालगञ्ज, ९ साउनः बाँकेको राप्तीसोनारी गाउँपालिका-८ शम्शेरगञ्जस्थित मत्स्य विकास केन्द्…