Pairabi logo

असोज २६, २०८३, सोमबार                    

बाँके बैजनाथ गाउँपालिकामा ‘प्राङ्गारिक कृषि पोषण मेला प्रर्दशनी’

डेक्स

डेक्स

बाँके बैजनाथ गाउँपालिकामा ‘प्राङ्गारिक कृषि पोषण मेला प्रर्दशनी’
ADVERTISEMENT

बैजनाथ (बाँके) १४ जेठ । बाँकेको बैजनाथ गाउँपालिकामा ‘प्राङ्गारिक कृषि पोषण मेला प्रर्दशनी’ गरिएको छ । विभिन्न दातृ निकायको सहयोग तथा बैजनाथ गाउँपालिकाको समन्वयमा भेरी बाताबरणीय विशिष्टता समुह (बी–ग्रुप) नेपालगन्जद्धारा आयोजित एकदिने प्रर्दशनीमा स्थानीय किसानहरु आफैले उत्पादन गरेका विभिन्न कृषि तथा खाद्य सामाग्रीको प्रर्दशनी गरेका थिए । 

प्रर्दशनीमा स्थानीयको उत्पादनलाई बजारीकरण तथा स्थानीय अर्गयानिक तरकारी तथा खाद्य सामाग्रीको सेवन गर्नुपर्ने सचेतनामुलक सन्देश प्रवाह गरिएको थियो । स्वास्थ्यका हिसाबले आफैले घरमा उत्पादन गरेको खाद्य बस्तुको सही मात्राको प्रयोगले स्वास्थ्य पोषणलाई मद्दत पुग्ने भएकाले स्थानीय उत्पादनबारे आम नागरिकलाई जानकारी गराइएको थियो । 

प्रर्दशनीमा आइडी नेपालका कल्पना धितालले समुदायमा उत्पादित विभिन्न सामाग्रीबाट बनाइने परिकारले पौष्टिकता प्रदान गर्ने हुदा त्यसको प्रयोगले स्वास्थ्य पोषणमा सहयोग पुग्ने भन्दै स्थानीय उत्पादनमा जोड दिनुभयो । 

बैजनाथ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख लक्ष्मणराज शाहीले स्वास्थ्य पोषणका लागि स्वस्थकर खानाको प्रयोग गर्नुपर्नेमा जोड दिदै स्थानीय तरकारी तथा खाद्य सामाग्रीको उत्पादन तथा प्रयोग गर्न स्थानीयलाई सुझाव दिनुभयो । 

गाउँपालिकाका कृषि शाखा प्रमुख प्रमोद कुमार बिश्वकर्माले बैजानाथ गाउँपालिकाका किसानले तरकारी उत्पादनमा आत्मनिर्भर भएकले पोषणयुक्त तरकारी बाली उत्पादन गर्नुपर्ने भन्दै त्यसका लागि पालिकाले समेत सहयोग गरिरहेको जानकारी गराउनुभयो । 

बी ग्रुपका जेसी अधिकृत रामकुमारी थारुको अध्यक्षतामा सम्पन्न औपचारिक कार्यक्रममा पालिकाका कृषि अधिकृत विशाल केसी लगायत विभिन्न सरोकारवालाले आ–आफनो धारणा राखेका थिए ।प्रर्दशनीमा करिब २५ वटा स्टलमार्फत स्थानीय किसान तथा कृषक समुहले स्थानीय तरकारी तथा खाद्य सामग्री उत्पादन गरी विक्रीवितरणका लागि राखेका थिए । त्यसैगरी सामुदायिक विद्यालयका विद्यार्थीहरुले समेत पोषणलाई प्रचार प्रसारका लागि विभिन्न कलाहरु प्रर्दशनी गरेका थिए । 

बैजनाथ गाउँपालिका वार्ड नंं.–८ हस्नापुरस्थित भगवती माविको प्राङ्गणमा प्रर्दशनीको आयोजना गरिएको थियो । प्रर्दशनीमा स्वास्थ्य पोषणसम्वन्धी जानकारी, प्राङ्गरिक कृषि उत्पादन सम्वन्धी जानकारी, प्राङ्गरिक कृषि उपजहरुको अवलोकन र सांस्कृतिका कार्यक्रम गरिएको स्थानीय मालती विश्वकर्माले जानकारी दिनुभयो । 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

यो पनि

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

नेपालगन्ज, ६ असोजः नेपालगन्जस्थित प्रसिद्ध रानी तलाउ तरकारी बजारमा बिक्री हुने तरकारी…

भारतबाट सागसब्जी आयात घटेपछि नेपालगञ्जमा स्थानीय उत्पादनको माग बढ्यो

भारतबाट सागसब्जी आयात घटेपछि नेपालगञ्जमा स्थानीय उत्पादनको माग बढ्यो

नेपालगन्ज, २७ साउनः भारतीय सागसब्जी आयातमा कडाइ गरिएपछि नेपालगञ्जमा स्थानीय किसानको…