Pairabi logo

असोज २६, २०८३, सोमबार                    

सामुदायिक वनका पदाधिकारीलाई क्षमता अभिवृद्धि

डेक्स

डेक्स

सामुदायिक वनका पदाधिकारीलाई क्षमता अभिवृद्धि
ADVERTISEMENT

बाँके १ जेठ  । रेडियो कृष्णसार एफएमको आयोजना तथा डिभिजन वन कार्यालय बाँकेको आर्थिक सहयोगमा सामुदायिक वनका पदाधिकारीहरुलाई लक्षित गर्दै क्षमता अभिवृद्धि तालिम बिहीबार सम्पन्न गरिएको छ।

खजुरा गाउँपालिका–२ स्थित हरित सृजना सामुदायिक वन उपभोक्ता समूह गौघाटको सभाहलमा सम्पन्न तालिम कार्यक्रमको उद्घाटन सत्रमा रेडियो कृष्णसार एफएमका स्टेशन म्यानेजर साबित्री गिरी को अध्यक्षता तथा डिभिजन वन कार्यालय बाँकेका वरिष्ठ वन अधिकृत शुसिल सुबेदी को प्रमुख आतिथ्यता रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ वन अधिकृत शुसिल सुबेदीले ब्यानर वाचन गर्दै तालिमको उद्घाटन गर्नुभएको थियो। कार्यक्रममा हरित सृजना सामुदायिक वनका अध्यक्ष कमल पुन मगरले सामुदायिक वनका पदाधिकारीहरुको क्षमता अभिवृद्धिका लागि यस्ता तालिम अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले यस्ता कार्यक्रमले पदाधिकारीहरुको कार्यशैलीमा सकारात्मक सुधार ल्याउने विश्वास व्यक्त गर्नुभयो।

त्यसैगरी गिजरा सामुदायिक वन उपभोक्ता समूह का अध्यक्ष महाबीर चौधरीले सामुदायिक वन सञ्चालनका क्रममा आवश्यक जानकारी अभाव हुँदा विभिन्न समस्या आउने गरेको उल्लेख गर्दै तालिमपछि वन सञ्चालन तथा व्यवस्थापनमा सहजता हुने बताउनुभयो।

तालिम अन्तर्गत वरिष्ठ वन अधिकृत शुसिल सुबेदीले “सुशासन र वित्तीय विकास” विषयमा प्रशिक्षण दिनुभएको थियो। त्यसैगरी डिभिजन वन कार्यालय बाँकेका रेन्जर अमृत पौडेल ले वन व्यवस्थापन तथा सञ्चालनका विषयमा प्रशिक्षण दिनुभएको थियो।

रेडियो कृष्णसार एफएमका स्टेशन म्यानेजर साबित्री गिरीले “नेता र नेतृत्व” विषयमा प्रशिक्षण दिनुभएको थियो भने प्रशिक्षक राम प्रसाद अचार्यले कार्यक्रम सञ्चालन तथा व्यवस्थापनसम्बन्धी प्रशिक्षण दिनुभएको थियो। तालिममा आयोजक संस्था, डिभिजन वन कार्यालय, हरित सृजना, गिजरा तथा लालिगुराँस सामुदायिक वनका पदाधिकारीसहित विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरू गरी ४० जनाको सहभागिता रहेको आयोजकले जनाएको छ।

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

यो पनि

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

नेपालगन्ज, ६ असोजः नेपालगन्जस्थित प्रसिद्ध रानी तलाउ तरकारी बजारमा बिक्री हुने तरकारी…

भारतबाट सागसब्जी आयात घटेपछि नेपालगञ्जमा स्थानीय उत्पादनको माग बढ्यो

भारतबाट सागसब्जी आयात घटेपछि नेपालगञ्जमा स्थानीय उत्पादनको माग बढ्यो

नेपालगन्ज, २७ साउनः भारतीय सागसब्जी आयातमा कडाइ गरिएपछि नेपालगञ्जमा स्थानीय किसानको…