Pairabi logo

असोज १५, २०८३, बिहीबार                    

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

डेक्स

डेक्स

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण
ADVERTISEMENT

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढैयाताल गाउँपालिकालाई विपद् जोखिम न्यूनीकरणसम्बन्धी सहयोग सामग्री हस्तान्तरण गरेको छ ।

क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा संचालित बालिका शसक्त परियोजना अन्तर्गत सो सहयोग सामग्री हस्तान्तरण गरेको हो । 

स्थानीय तहहरूको विपद् पूर्वतयारी, प्रतिकार्य क्षमता तथा समुदायको उत्थानशीलता अभिवृद्धि गर्ने उद्देश्यले उक्त सहयोग सामग्री प्रदान गरिएको क्लबका अध्यक्ष प्रवेज अलि सिद्दिकीले बताउनुभयो । उहाँका अनुसार यस सहयोगले स्थानीय सरकार तथा समुदायलाई सम्भावित विपद्का समयमा प्रभावकारी तयारी तथा प्रतिकार्य गर्न थप सक्षम बनाउने अपेक्षा गरिएको छ ।

कार्यक्रम अन्तर्गत सहयोग सामग्री उपलब्ध गराउनुका साथै युवा स्वयंसेवकहरूलाई विभिन्न क्षमता विकास कार्यक्रममार्फत सशक्त बनाइएको छ । प्रशिक्षित युवाहरूले आफ्ना समुदायमा विपद् पूर्वतयारी, जोखिम न्यूनीकरण तथा जनचेतना अभिवृद्धिका गतिविधिहरूमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन् ।

विपद् जोखिम न्यूनीकरणका विषयहरू मासिक समन्वय बैठकहरूमा नियमित रूपमा छलफल हुँदै आएको छ । बैठकहरूमा पूर्वतयारी योजना, जोखिम व्यवस्थापन, सरोकारवालाबीचको सहकार्य तथा सञ्चालन भइरहेका गतिविधिहरूको समीक्षा गरिने गरिएको छ । 

बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालले स्थानीय सरकारहरूसँगको निरन्तर समन्वय र सहकार्यमार्फत विपद् जोखिम न्यूनीकरणका विषयलाई स्थानीय नीति, योजना तथा विकास कार्यक्रमहरूमा समावेश गर्न विशेष पहल गर्दै आएका छन् ।

मधुवन नगरपालिकामा आयोजित सामग्री हस्तान्तरण कार्यक्रममा नगरप्रमुख तेज बहादुर भाट, प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपाने, बाँके युनेस्को क्लबका उपकार्यकारी निर्देशक गोविन्द प्रसाद लामिछाने र कार्यक्रम अधिकृत बिजय शर्माको सहभागिता रहेको थियो ।

त्यसैगरी, गुलरिया नगरपालिकामा उपप्रमुख सबित्रा गौतम, वरिष्ठ सामाजिक विकास अधिकृत तथा डिआरआर फोकल पर्सन मुकुन्द अर्याल लगायतको उपस्थिति रहेको थियो ।

बढैयाताल गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत अर्जुन थारु, डिआआर फोकल पर्सन तथा बाँके युनेस्को क्लबका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

सहयोग सामग्री हस्तान्तरण कार्यक्रममा सहभागी जनप्रतिनिधि तथा सरोकारवालाहरूले विपद् जोखिम न्यूनीकरण प्रणालीलाई थप प्रभावकारी बनाउँदै दिगो र उत्थानशील समुदाय निर्माणमा सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका थिए ।

कार्यक्रम अन्तर्गत प्रदान गरिएको सहयोग सामग्रीको कुल मूल्य २ लाख ३५ हजार ८ सय रहेको जनाईएको छ । कार्यक्रममा सहभागी सबै सरोकारवालाहरूले आजको पूर्वतयारीले भोलिको सुरक्षित, सबल र उत्थानशील समाज निर्माण गर्न महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गर्दै विपद् जोखिम न्यूनीकरण तथा समुदायको उत्थानशीलता अभिवृद्धिका लागि निरन्तर सहकार्य गर्ने प्रतिबद्धता जनाएका थिए ।

ताजा

सबै

वरिष्ठ अधिवक्ता उपाधि वितरण मापदण्ड व्यवस्थित र वस्तुनिष्ठ हुनुपर्नेमा जोड

नेपालगञ्ज १४ असोज । वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्ने हालको मापदण्डलाई समयानुकूल प…

गुलरियामा एकद्वार संकट व्यवस्थापन केन्द्रको सेवा सुदृढीकरणबारे सरोकारवालाबीच छलफल

बर्दिया असोज १४ । बर्दियाको गुलरिया नगरपालिकामा हिंसाबाट प्रभावित तथा पीडितका लागि…

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

नेपालगन्ज, ९ असोजः कैलालीको लम्कीचुहा नगरपालिका१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहा…

लोकप्रिय

सबै

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

गुलरियामा एकद्वार संकट व्यवस्थापन केन्द्रको सेवा सुदृढीकरणबारे सरोकारवालाबीच छलफल

बर्दिया असोज १४ । बर्दियाको गुलरिया नगरपालिकामा हिंसाबाट प्रभावित तथा पीडितका लागि…

वरिष्ठ अधिवक्ता उपाधि वितरण मापदण्ड व्यवस्थित र वस्तुनिष्ठ हुनुपर्नेमा जोड

नेपालगञ्ज १४ असोज । वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्ने हालको मापदण्डलाई समयानुकूल प…

यो पनि

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

नेपालगन्ज, ६ असोजः नेपालगन्जस्थित प्रसिद्ध रानी तलाउ तरकारी बजारमा बिक्री हुने तरकारी…

भारतबाट सागसब्जी आयात घटेपछि नेपालगञ्जमा स्थानीय उत्पादनको माग बढ्यो

भारतबाट सागसब्जी आयात घटेपछि नेपालगञ्जमा स्थानीय उत्पादनको माग बढ्यो

नेपालगन्ज, २७ साउनः भारतीय सागसब्जी आयातमा कडाइ गरिएपछि नेपालगञ्जमा स्थानीय किसानको…

सन्तानेश्वर महादेव मन्दिरः धार्मिक पर्यटनको गन्तव्य

सन्तानेश्वर महादेव मन्दिरः धार्मिक पर्यटनको गन्तव्य

नेपालगन्ज, १७ साउनः बाँकेको सन्तानेश्वर महादेव मन्दिर धार्मिक पर्यटनको गन्तव्यका रुपमा …

बाँकेमा सङ्कटमा परेका १९१ वन्यजन्तुको उद्धार

बाँकेमा सङ्कटमा परेका १९१ वन्यजन्तुको उद्धार

नेपालगन्ज १० साउनः बाँकेमा सङ्कटमा परेका १९१ वन्यजन्तुको उद्धार गरिएको छ । जिल्लास्थित…