Pairabi logo

माघ १४, २०८२, मंगलबार                    

‘कृषि क्षेत्रमा युवा पलायन सबैभन्दा ठूलो चुनौती’

डेक्स

डेक्स

‘कृषि क्षेत्रमा युवा पलायन सबैभन्दा ठूलो चुनौती’
ADVERTISEMENT

नेपालगञ्ज, २१ पुसः कृषि तथा पशुपन्छी विकासमन्त्री डा मदन परियारले कृषि क्षेत्रमा देखिएको युवा पलायन सबैभन्दा ठूलो चुनौती भएको बताउनभएको छ । 

नेपालगञ्जमा दुई दिनदेखि सञ्चालन भएको उच्च मूल्य कृषिवस्तु उत्थानशिल कार्यक्रमको समापनमा मन्त्री डा परियारले वैदेशिक रोजगारीका लागि युवाको पलायन चिन्ताजनक रहेको उल्लेख गर्नुभयो । स्थानीय तहलाई कृषिमा उच्च प्राथमिकतामा दिन आग्रह गर्दै उहाँले स्थानीय तहको बजेट नियाल्दा कृषिलाई बजेटमा कम महत्व दिएको बताउनुभयो । 

उहाँले कृषिमा प्रविधि महिलामैत्री नभएकामा जोड दिँदै नेपालको कृषि नीतिले समावेशीकरणलाई जोड दिन आवश्यक भएको धारणा व्यक्त गर्नुभयो । कृषि क्षेत्रको विकासका लागि तीन तहका सरकारले मिलेर काम गर्नुपर्नेमा जोड दिँदै मन्त्री डा परियारले स्थानीय तहमा देखिएका कृषिका समस्या पहिचान गर्न कार्यक्रम फलदायी भएको बताउनुभयो । 

कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले अहिलेको संविधानको सुन्दर पक्ष स्थानीय तहको अधिकार भएकामा जोड दिँदै स्थानीय तहले यसलाई कार्यान्वयनमा लैजानुपर्ने बताउनुभयो । उहाँले कर्णाली प्रदेशले कृषि विकासको दिगो योजना बनाउन सबै कानुन निर्माण गरेको जानकारी दिँदै कृषिमा परागशेचन रणनीति निर्मााण हुन लागेको बताउउनुभयो । 

सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री वीरबहादुर थापाले तीन तहका सरकार सहभागी हुने यस परियोजनाबाट लक्षित समुदाय लाभावन्वित हुनुपर्नेमा जोड दिँदै नीतिलाई प्राथमिकता दिँदा दिगोपन आउन कठिनाई हुने गरेको बताउनुभयो ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका २१ जिल्लाका ८० स्थानीय तहमा स्थानीय कृषि पारिस्थितीकीय अवस्था, बजार सम्भाव्यता र जलवायु उत्थानशील क्षमताको आधारमा उच्च मूल्य भएका कृषिवस्तुको पहिचान र प्रवर्द्धनमा यस परियोजनाले जोड दिएको छ । 

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा रामकृष्ण श्रेष्ठले ४० प्रतिशत रैथाने किराका जात लोप हुन थालेकामा चिन्ता व्यक्त गर्र्दै नेपालमा प्रमुख अन्नबालीको आयातमा निर्भरता बढेको बताउनुभयो ।

उच्च मूल्य कृषिवस्तु उत्थानशिल कार्यक्रम २०८१ सालमा नेपाल सरकार र कृषि विकासका लागि अन्तरराष्ट्रिय कोषबीच भएको वित्तीय सम्झौता हो । सो अभिमुखीकरणमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका २१ जिल्लाका नगरप्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्षलगायत सहभागी हुनुहुन्थ्यो ।  

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

यो पनि

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

‘कृषि क्षेत्रमा युवा पलायन सबैभन्दा ठूलो चुनौती’

‘कृषि क्षेत्रमा युवा पलायन सबैभन्दा ठूलो चुनौती’

नेपालगञ्ज, २१ पुसः कृषि तथा पशुपन्छी विकासमन्त्री डा मदन परियारले कृषि क्षेत्रमा देखि…

नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड, ५ बुँदे नरैनापुर घोषणा–पत्र जारी

नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड, ५ बुँदे नरैनापुर घोषणा–पत्र जारी

बाँके (नरैनापुर), । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न मिडियाको तर्फबाट सशक्तरुपल…

जङ्गल सफारीसँगै बाँके निकुञ्जमा पर्यटकको चहलपहल बढ्यो

जङ्गल सफारीसँगै बाँके निकुञ्जमा पर्यटकको चहलपहल बढ्यो

नेपालगञ्ज, १० मङ्सिरः बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारीसँगै आन्तरिक तथा बाह्य पर्यटक…