Pairabi logo

असोज २६, २०८३, सोमबार                    

कृत्रिम विपद् घटना अभ्यास (टेबल टप सिमुलेशन)

डेक्स

डेक्स

कृत्रिम विपद् घटना अभ्यास (टेबल टप सिमुलेशन)
ADVERTISEMENT

नेपालगञ्ज ५ असार । नेपालगन्जमा भूकम्पमा आधारित कृत्रिम घटना अभ्यास गरिएको छ । विपद् पूर्व तयारी तथा प्रतिकार्य क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कृत्रिम विपद् घटना अभ्यास (टेबल टप सिमुलेशन)  कार्यक्रम भएको हो । नेपालगञ्ज उपमहानगरपालिका सहरी विपद् तथा भूकम्पीय जोखिम पूर्व तयारी परियोजना (सुपर) को प्राविधिक सहयोगमा कार्यक्रम गरिएको हो । 

कार्यक्रममा विपद् विज्ञ डा। सिर्जन मल्ल र दामोदर अधिकारीले विपद्का समयमा समन्वय, निर्णय प्रक्रिया र प्रतिकार्य व्यवस्थापनका विषयमा सहजीकरण गर्नुभएको थियो । 

कार्यक्रममा सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम भण्डारीले विपद् व्यवस्थापन कार्यविधि तथा व्यवहारिक पक्षका विषयमा प्रस्तुतिकरण गर्नुभएको थियो । त्यस अवसरमा सहभागीहरूलाई तीन समूहमा विभाजन गरी भूकम्पसँग सम्बन्धित काल्पनिक घटनामा आधारित टेबल टप सिमुलेशन अभ्यास सञ्चालन गरिएको थियो ।

अभ्यासमार्फत विपद्को अवस्थामा विभिन्न निकायबीच हुने समन्वय, सूचना आदानप्रदान, स्रोत परिचालन तथा निर्णय प्रक्रियाको परीक्षण गरिएको आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जानकारी दिनुभयो । 

स्थानीय विपद् व्यवस्थापन समिति तथा विषयगत समितिहरूबीचको समन्वय र कार्य सम्पादन क्षमताको मूल्याङ्कन तथा सुदृढीकरणका लागि उक्त अभ्यास गरिएको हो । 

उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बमले यस्ता अभ्यासले वास्तविक विपद्का बेला प्रभावकारी प्रतिकार्य तथा समन्वयमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा स्थानीय विपद् व्यवस्थापनसँग सम्बन्धित विभिन्न निकायका प्रतिनिधि तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो । 

युरोपियन युनियनको सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकामा सहरी विपद तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर) सञ्चालनमा रहेको छ । युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ, युएन ओमन र एचआईको साझेदारी एवम् सिडिएम नेपालको प्राविधिक सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकामा सञ्चालित सहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर)ले विपद पूर्व तयारी र प्रतिकार्यका लागि काम गरिरहेको छ ।

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

यो पनि

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

नेपालगन्ज, ६ असोजः नेपालगन्जस्थित प्रसिद्ध रानी तलाउ तरकारी बजारमा बिक्री हुने तरकारी…

भारतबाट सागसब्जी आयात घटेपछि नेपालगञ्जमा स्थानीय उत्पादनको माग बढ्यो

भारतबाट सागसब्जी आयात घटेपछि नेपालगञ्जमा स्थानीय उत्पादनको माग बढ्यो

नेपालगन्ज, २७ साउनः भारतीय सागसब्जी आयातमा कडाइ गरिएपछि नेपालगञ्जमा स्थानीय किसानको…