Pairabi logo

असोज २६, २०८३, सोमबार                    

मलको सहज आपुर्तिबारे सांसद राईद्धारा सरोकारवाला निकायको ध्यानाकर्षण

डेक्स

डेक्स

मलको सहज आपुर्तिबारे सांसद राईद्धारा सरोकारवाला निकायको ध्यानाकर्षण
ADVERTISEMENT

नेपालगन्ज ६ साउन । बाँके जिल्ला निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री मोहम्मद इस्तियाक राईले धान रोपाइँका बेला मल अभावले किसान समस्यामा परेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ।

संसदमा मल अभावको विषय उठाएपछि उहाँ नेतृत्वको एक टोलीले बुधबार बाँकेका प्रमुख जिल्ला अधिकारीसहित सम्बन्धित निकायसँग सहज मल आपूर्तिबारे छलफल गरेको छ ।

लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री भण्डारीलाल यादवसहित भएको छलफलमा सांसद राईले देशभित्र मल नपाइरहेका बेला सीमापारी भारतबाट किसानले मल ल्याउन नदिइएकोप्रति असन्तुष्टि जनाउनुभयो । 

उहाँले भन्नुभयो, “तस्करी रोक्नुहोस्, अवैध काम छेक्नुहोस् तर देशभित्र मल नपाएर तड्पिएका कृषकले एक बोरा मल पारीबाट ल्याउँदा दुःख दिने काम नगर्नुहोस्।” सांसद राईले सीमापारबाट मल ल्याउँदा किसानले उत्पादन बढाउने र त्यसबाट देशको खाद्य सुरक्षा कायम रहने भएकाले त्यसलाई अपराधको दृष्टिले नहेर्न सरकारी निकायलाई आग्रह गर्नुभयो ।

“देशभित्रै मल पाइन्छ भने सीमाका जनता अनेक कष्ट झेलेर एक बोरा मल ल्याउन अर्काको देशमा जाँदैनन्। तर हाम्रो सरकारले मलको व्यवस्था गर्न सकेन, परिणाम कृषक मलका लागि अनेक उपाय खोजिरहेका छन्।” टोलीमा नेकपा एमाले नेता तथा प्रदेश पुर्व मन्त्री विजयबहादुर यादवलगायतको सहभागिता रहेको थियो । 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

यो पनि

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

नेपालगन्ज, ६ असोजः नेपालगन्जस्थित प्रसिद्ध रानी तलाउ तरकारी बजारमा बिक्री हुने तरकारी…

भारतबाट सागसब्जी आयात घटेपछि नेपालगञ्जमा स्थानीय उत्पादनको माग बढ्यो

भारतबाट सागसब्जी आयात घटेपछि नेपालगञ्जमा स्थानीय उत्पादनको माग बढ्यो

नेपालगन्ज, २७ साउनः भारतीय सागसब्जी आयातमा कडाइ गरिएपछि नेपालगञ्जमा स्थानीय किसानको…