Pairabi logo

असोज २६, २०८३, सोमबार                    

नेपालगञ्जमा किसानको प्रदर्शन, किसानको समस्या सम्बोधन गर्न सरकारलाई दबाब

डेक्स

डेक्स

नेपालगञ्जमा किसानको प्रदर्शन, किसानको समस्या सम्बोधन गर्न सरकारलाई दबाब
ADVERTISEMENT

नेपालगञ्ज, २३ कात्तिक । राष्ट्रिय किसान सञ्जालले आइतवार नेपालगञ्जमा जुलुस प्रदर्शन गरेको छ । किसानका विविध समस्याहरुका विषयमा सरकारलाई दवाव दिन शान्तिपूर्ण जुलुस प्रदर्शन गरिएको नेपाल किसान महासंघ लुम्बिनी प्रदेशका महामन्त्री महेन्द्र मल्लले जानकारी दिनुभयो । 

नेपालगञ्ज कारकाँदोवाट शुरु भएको जुलुस सुर्खेतरोडस्थित खाद्य संस्थान नजिकै सभामा परिणत भएको थियो । उक्त सभालाई अखिल नेपाल किसान महासंघका केन्द्रिय अध्यक्ष एवम् राष्ट्रिय किसान सञ्जालका अध्यक्ष डा. प्रेम दंगालले विभिन्न समयका सरकारले किसानको समस्या सम्वोधन गर्नै नचाहेको आरोप लगाउनुभयो ।  

अध्यक्ष दंगालले भन्नभयो—‘किसानका मुद्दामा राज्य संवेदनशील हुन सकेको छैन’, उहाँको थप भनाई थियो । ‘कहिले उखुको समस्याको कुरा आउँछ, कहिले मल पाएनौं भन्ने समस्या आउँछ । अहिले धानले मूल्य नपाएको गुनासो आइरहेको छ । सरकारले किसानको पीरमर्का नै बुझ्नै चाहेको छैन् ।’ अध्यक्ष दंगालले किसानको हक, अधिकारको वकालत गर्न महासंघ प्रतिवद्ध रहेको समेत दावी गर्नुभयो । 

सभामा नेपाल किसान महासंघका केन्द्रीय अध्यक्ष गणेशचन्द तिमिल्सिनाले किसानहरुले भोग्नु परेका समस्याको निराकरणका लागि सरकारविरुद्ध आन्दोलनको विकल्प नभएकाले नै सडकमा किसानहरु आउनुपरेको हो भन्नुभयो  । 

किसानका लागि हुने वीमा सम्बन्धि व्यवस्थाको उचित सम्बोधन, सहुलियत दरका कृषि कर्जा अनुदान, कृषि थोक बजारको उचित व्यवस्थापन, कृषि ऐन, समयमा मल, विउको सरल र सहज उप्लव्धता, दुध रकमको भुक्तानी, धान र उखुको समर्थन मूल्यको सरलीकृत गरिनुपर्ने महासंघको माग रहेको अध्यक्ष तिमिल्सिनाले बताउनुभयो । 

जुलुस प्रदर्शनमा नेपाली काँग्रेसको भातृ संस्था नेपाल किसान महासंघ र नेकपा एमालेको भातृ संस्था अखिल नेपाल किसान महासंघ तथा किसान सम्बद्ध अन्य विभिन्न संगठनका पदाधिकारी लगायतको सहभागिता रहेको थियो । 

त्यस्तै नेपाली काँग्रेसका जिल्ला सचिव सुधांशु कोइराला, एमाले जिल्ला सचिव बलराम भट्टराई, अखिल नेपाल किसान महासंघका केन्द्रीय सचिव एवम् लुम्बिनी प्रदेश इन्चार्ज आरती पौडेल, नेपाली काँग्रेस प्रदेश प्रतिनिधि पुरुषोत्तम शर्मा, नेपाल किसान महासंघका केन्द्रीय सदस्यद्वय प्रेम खरेल र विनोदराज सिग्देल, लुम्बिनी प्रदेश उपाध्यक्ष खड्ग बुढाथोकी लगायतको पनि जुलुसमा सहभागिता रहेको थियो । 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

नेपालगन्ज, ६ असोजः नेपालगन्जस्थित प्रसिद्ध रानी तलाउ तरकारी बजारमा बिक्री हुने तरकारी…

भारतबाट सागसब्जी आयात घटेपछि नेपालगञ्जमा स्थानीय उत्पादनको माग बढ्यो

भारतबाट सागसब्जी आयात घटेपछि नेपालगञ्जमा स्थानीय उत्पादनको माग बढ्यो

नेपालगन्ज, २७ साउनः भारतीय सागसब्जी आयातमा कडाइ गरिएपछि नेपालगञ्जमा स्थानीय किसानको…