Pairabi logo

पुस २५, २०८२, शुक्रबार                    

नेपालगञ्जमा किसानको प्रदर्शन, किसानको समस्या सम्बोधन गर्न सरकारलाई दबाब

डेक्स

डेक्स

नेपालगञ्जमा किसानको प्रदर्शन, किसानको समस्या सम्बोधन गर्न सरकारलाई दबाब
ADVERTISEMENT

नेपालगञ्ज, २३ कात्तिक । राष्ट्रिय किसान सञ्जालले आइतवार नेपालगञ्जमा जुलुस प्रदर्शन गरेको छ । किसानका विविध समस्याहरुका विषयमा सरकारलाई दवाव दिन शान्तिपूर्ण जुलुस प्रदर्शन गरिएको नेपाल किसान महासंघ लुम्बिनी प्रदेशका महामन्त्री महेन्द्र मल्लले जानकारी दिनुभयो । 

नेपालगञ्ज कारकाँदोवाट शुरु भएको जुलुस सुर्खेतरोडस्थित खाद्य संस्थान नजिकै सभामा परिणत भएको थियो । उक्त सभालाई अखिल नेपाल किसान महासंघका केन्द्रिय अध्यक्ष एवम् राष्ट्रिय किसान सञ्जालका अध्यक्ष डा. प्रेम दंगालले विभिन्न समयका सरकारले किसानको समस्या सम्वोधन गर्नै नचाहेको आरोप लगाउनुभयो ।  

अध्यक्ष दंगालले भन्नभयो—‘किसानका मुद्दामा राज्य संवेदनशील हुन सकेको छैन’, उहाँको थप भनाई थियो । ‘कहिले उखुको समस्याको कुरा आउँछ, कहिले मल पाएनौं भन्ने समस्या आउँछ । अहिले धानले मूल्य नपाएको गुनासो आइरहेको छ । सरकारले किसानको पीरमर्का नै बुझ्नै चाहेको छैन् ।’ अध्यक्ष दंगालले किसानको हक, अधिकारको वकालत गर्न महासंघ प्रतिवद्ध रहेको समेत दावी गर्नुभयो । 

सभामा नेपाल किसान महासंघका केन्द्रीय अध्यक्ष गणेशचन्द तिमिल्सिनाले किसानहरुले भोग्नु परेका समस्याको निराकरणका लागि सरकारविरुद्ध आन्दोलनको विकल्प नभएकाले नै सडकमा किसानहरु आउनुपरेको हो भन्नुभयो  । 

किसानका लागि हुने वीमा सम्बन्धि व्यवस्थाको उचित सम्बोधन, सहुलियत दरका कृषि कर्जा अनुदान, कृषि थोक बजारको उचित व्यवस्थापन, कृषि ऐन, समयमा मल, विउको सरल र सहज उप्लव्धता, दुध रकमको भुक्तानी, धान र उखुको समर्थन मूल्यको सरलीकृत गरिनुपर्ने महासंघको माग रहेको अध्यक्ष तिमिल्सिनाले बताउनुभयो । 

जुलुस प्रदर्शनमा नेपाली काँग्रेसको भातृ संस्था नेपाल किसान महासंघ र नेकपा एमालेको भातृ संस्था अखिल नेपाल किसान महासंघ तथा किसान सम्बद्ध अन्य विभिन्न संगठनका पदाधिकारी लगायतको सहभागिता रहेको थियो । 

त्यस्तै नेपाली काँग्रेसका जिल्ला सचिव सुधांशु कोइराला, एमाले जिल्ला सचिव बलराम भट्टराई, अखिल नेपाल किसान महासंघका केन्द्रीय सचिव एवम् लुम्बिनी प्रदेश इन्चार्ज आरती पौडेल, नेपाली काँग्रेस प्रदेश प्रतिनिधि पुरुषोत्तम शर्मा, नेपाल किसान महासंघका केन्द्रीय सदस्यद्वय प्रेम खरेल र विनोदराज सिग्देल, लुम्बिनी प्रदेश उपाध्यक्ष खड्ग बुढाथोकी लगायतको पनि जुलुसमा सहभागिता रहेको थियो । 


 

ताजा

सबै

जानकी गाउँपालिकाको हिंसा सम्वोधनका लागि सिफारिस प्रर्णाली निर्देशिका निमार्ण

नेपालगन्ज । बाँके जानकी गाउँपालिकाको महिला तथा बालिकाविरुद्ध हुने हिंसा सम्वोधनका …

नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आचार संहिता तयार

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आ…

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

बाँके, २४ पुस । राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा बसेको छ । जसमा गाउँपालिका…

स्वास्थ्यमा डुडुवा गाउँपालिका बाँके मै उत्कृष्ट

डुडुवा (बाँके), २४ पुस । बाँके डुडुवा गाउँपालिकाले स्वास्थ्य सेवा अन्र्तगतको कार्य सम्…

लोकप्रिय

सबै

स्वास्थ्यमा डुडुवा गाउँपालिका बाँके मै उत्कृष्ट

डुडुवा (बाँके), २४ पुस । बाँके डुडुवा गाउँपालिकाले स्वास्थ्य सेवा अन्र्तगतको कार्य सम्…

डिजिटल हिंसामा आधारित कचहरी नाटक ‘स्वतन्त्र पाईला’ प्रर्दशन शुरु

नेपालगन्ज, २१ पुस । लैङ्गिक हिंसा सम्वन्धी कानुनी सचेतना अन्र्तगत डिजिटल हिंसामा आधार…

सार्वजनिक सरोकार समूहद्धारा अदालतको आदेश कार्यान्वयनमा जोड

बसन्त गौतम नेपालगञ्ज, २३ पुस। सार्वजनिक सरोकार कानून व्यवसायी समूहको बुधबार बसेको ब…

नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आचार संहिता तयार

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आ…

यो पनि

‘कृषि क्षेत्रमा युवा पलायन सबैभन्दा ठूलो चुनौती’

‘कृषि क्षेत्रमा युवा पलायन सबैभन्दा ठूलो चुनौती’

नेपालगञ्ज, २१ पुसः कृषि तथा पशुपन्छी विकासमन्त्री डा मदन परियारले कृषि क्षेत्रमा देखि…

नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड, ५ बुँदे नरैनापुर घोषणा–पत्र जारी

नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड, ५ बुँदे नरैनापुर घोषणा–पत्र जारी

बाँके (नरैनापुर), । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न मिडियाको तर्फबाट सशक्तरुपल…

जङ्गल सफारीसँगै बाँके निकुञ्जमा पर्यटकको चहलपहल बढ्यो

जङ्गल सफारीसँगै बाँके निकुञ्जमा पर्यटकको चहलपहल बढ्यो

नेपालगञ्ज, १० मङ्सिरः बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारीसँगै आन्तरिक तथा बाह्य पर्यटक…

नेपालगञ्जमा किसानको प्रदर्शन, किसानको समस्या सम्बोधन गर्न सरकारलाई दबाब

नेपालगञ्जमा किसानको प्रदर्शन, किसानको समस्या सम्बोधन गर्न सरकारलाई दबाब

नेपालगञ्ज, २३ कात्तिक । राष्ट्रिय किसान सञ्जालले आइतवार नेपालगञ्जमा जुलुस प्रदर्शन गरेक…