Pairabi logo

असार १२, २०८३, शुक्रबार                    

बर्दियामा वातावरण संरक्षण, विपद् तयारी र सामुदायिक अगुवाहरूलाई सम्मान

डेक्स

डेक्स

बर्दियामा वातावरण संरक्षण, विपद् तयारी र सामुदायिक अगुवाहरूलाई सम्मान
ADVERTISEMENT

बर्दिया, जेठ २३ । विश्व वातावरण दिवस २०२६ को अवसरमा बर्दियाको राजापुर र ठाकुरबाबा नगरपालिकामा वातावरण संरक्षण, जलवायु अनुकूल विकास, विपद् जोखिम न्यूनीकरण तथा सामुदायिक नेतृत्व प्रवद्र्धनसम्बन्धी विविध कार्यक्रम सम्पन्न गरिएका छन् । 

ती कार्यक्रममार्फत वातावरणीय संरक्षण, जैविक विविधताको संवद्र्धन, विपद् तयारी तथा सामुदायिक सशक्तीकरणमा योगदान पु¥याउने व्यक्ति तथा संस्थाहरूलाई सम्मान गरिएको हो ।

राजापुर नगरपालिका–३ मा बाढी विपद् व्यवस्थापन तथा पूर्वतयारी अभ्यास, वृक्षारोपण कार्यक्रम र विशेष सम्मान समारोह आयोजना गरिएको थियो । कार्यक्रम राजापुर नगरपालिकाको आयोजना तथा बाँके युनेस्को क्लब, बी–ग्रुप, कमैया महिला जागरण समाज, थारु महिला उत्थान केन्द्र, आईएनएफ, राधाकृष्ण थारु जनसेवा केन्द्र, सशस्त्र प्रहरी बल तथा स्थानीय समुदायको सहकार्यमा सम्पन्न भएको हो ।

विपद पूर्वतयारीमार्फत सहभागीहरूलाई बाढी जोखिम पहिचान, पूर्वसूचना व्यवस्थापन, सुरक्षित उद्धार, खोज तथा राहत व्यवस्थापन, प्राथमिक उपचार लगायतका विषयमा व्यवहारिक अभ्यास गराइएको थियो । यसले समुदायलाई विपद्का बेला प्रभावकारी रूपमा प्रतिक्रिया जनाउन आवश्यक ज्ञान तथा सीप प्रदान गरेको आयोजकले जनाएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै राजापुर नगरपालिकाका विपद् फोकल व्यक्ति खुसीराम थारुले प्राकृतिक विपद् रोक्न नसकिए पनि समयमै तयारी र समन्वयात्मक प्रयासबाट जनधनको क्षति न्यून गर्न सकिने बताउनुभयो । 

कार्यक्रमको विशेष आकर्षणका रूपमा आयोजित सम्मान समारोहमा वातावरण संरक्षण, जैविक विविधता प्रवद्र्धन, हरित उद्यम विकास, बाल संरक्षण, बालविवाह न्यूनीकरण तथा मानव बेचबिखनविरुद्ध उल्लेखनीय योगदान पु¥याउने ३५ जना व्यक्ति तथा समूह र ७ वटा संस्था तथा परियोजनालाई सम्मान गरिएको थियो ।

राजापुर नगरपालिकाका नगर प्रमुख दीपेश थारुले सम्मानित व्यक्ति तथा संस्थाहरूलाई बधाई दिँदै यस्ता कार्यक्रमले वातावरण अभियन्ता, सामाजिक कार्यकर्ता, उद्यमी तथा विकास साझेदारहरूलाई थप प्रेरणा प्रदान गर्ने बताउनुभयो । 

बाँके युनेस्को क्लबका प्रतिनिधि राधेकृष्ण थारुले स्वागत मन्तव्यका क्रममा सम्मान कार्यक्रमको उद्देश्य, छनोट प्रक्रिया तथा मूल्याङ्कनका आधारबारे जानकारी गराउनुभएको थियो । 

यसैबीच, ठाकुरबाबा नगरपालिकाले “जलवायु तथा प्रकृतिमैत्री विकासः समृद्ध भविष्यको आधार” भन्ने नारासहित ठाकुरबाबा नगर अस्पताल, न्यौलापुर परिसरमा वृक्षारोपण कार्यक्रम आयोजना गरी विश्व वातावरण दिवस मनाएको छ ।

कार्यक्रम ठाकुरबाबा नगरपालिका, बाँके युनेस्को क्लबको ग्रीन इकोनोमी परियोजना, बी–ग्रुप तथा कमैया महिला जागरण समाजको समन्वयमा सम्पन्न भएको थियोे । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, युवा स्वयंसेवक, वातावरण अभियन्ता, समुदायका सदस्य तथा विभिन्न साझेदार संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

ठाकुरबाबामा आयोजित विशेष सम्मान कार्यक्रममा वातावरण संरक्षण, जैविक विविधता संवद्र्धन, हरित उद्यमशीलता तथा सामुदायिक सशक्तीकरणमा योगदान पु¥याउने ४१ जना व्यक्ति तथा समूह र ५ वटा संस्था तथा परियोजनालाई सम्मान गरिएको थियो ।

सम्मानित व्यक्तिहरूमध्ये वातावरण संरक्षणमा सक्रिय अभियन्ता, हरित उद्यमी तथा सामुदायिक वन संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अगुवाहरू रहेका थिए । उनीहरूले स्थानीय स्रोतसाधनको दिगो उपयोग, प्रकृति संरक्षण र आर्थिक सशक्तीकरणमा उल्लेखनीय योगदान पु¥याएका छन् ।

कार्यक्रममा बोल्दै ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलकराम लम्सालले सम्मानित व्यक्ति तथा संस्थाहरूलाई बधाई दिँदै वातावरण संरक्षण र जलवायु अनुकूल विकासलाई प्राथमिकता दिइने बताउनुभयो ।

दुवै नगरपालिकामा सम्पन्न कार्यक्रमहरूले वातावरण संरक्षण, विपद् तयारी, जैविक विविधता संवद्र्धन तथा सामाजिक रूपान्तरण साझा जिम्मेवारी भएको सन्देश प्रवाह गरेका छन् ।

ताजा

सबै

राप्ती नदीमा सोमबार २३औँ संस्करण महाआरती हुदै

डुडुवा (बाँके) १२ असार । बाँकेको राप्ती नदी सिधनियाघाटमा आगामी सोमबार २३औँ संस्कर…

स्थानीयस्तरमा नै रोजगारमा प्रेरित गर्न डुडुवामा अभिमुखिकरण

डुडुवा । बैदेशिक रोजगारबाट फर्किएकाहरुलाई सरकारको नीति तथा कार्यक्रम जोडनका लागि ब…

जानकीको ६९ करोड ५६ लाखको बजेट पारित

बाँके, १० असार । बाँकेको जानकी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३र०८४ का लागि ६९…

डुडुवाको २०औं गाउँसभामा निति तथा कार्यक्रम पारित, रु ५६ करोड ८० लाख बढीको बजेट सार्वजनिक

डुडुवा (बाँके) १० असार । डुडुवा गाउँपालिकाले नयाँ आर्थिक वर्ष २०८३।०८४ को नीति तथ…

लोकप्रिय

यो पनि

कृत्रिम विपद् घटना अभ्यास (टेबल टप सिमुलेशन)

कृत्रिम विपद् घटना अभ्यास (टेबल टप सिमुलेशन)

नेपालगञ्ज ५ असार । नेपालगन्जमा भूकम्पमा आधारित कृत्रिम घटना अभ्यास गरिएको छ । विपद् प…

बर्दियामा वातावरण संरक्षण, विपद् तयारी र सामुदायिक अगुवाहरूलाई सम्मान

बर्दियामा वातावरण संरक्षण, विपद् तयारी र सामुदायिक अगुवाहरूलाई सम्मान

बर्दिया, जेठ २३ । विश्व वातावरण दिवस २०२६ को अवसरमा बर्दियाको राजापुर र ठाकुरबाबा …

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

बाँके बैजनाथ गाउँपालिकामा ‘प्राङ्गारिक कृषि पोषण मेला प्रर्दशनी’

बाँके बैजनाथ गाउँपालिकामा ‘प्राङ्गारिक कृषि पोषण मेला प्रर्दशनी’

बैजनाथ (बाँके) १४ जेठ । बाँकेको बैजनाथ गाउँपालिकामा प्राङ्गारिक कृषि पोषण मेला प्र…