नेपालगञ्जमा रामलीला मञ्चनको एक सय ५७औँ संस्करण सुरु
नेपालगञ्ज, १८ असोज :नेपालगञ्जमा ऐतिहासिक संस्कृतिको रूपमा रहेको रामलीला मञ्चनको एक सय ५७औँ संस्करण बिहीबारदेखि सुरु भएको छ । यहाँस्थित रामलीला मैदानमा आयोजित एक सय ५७औँ संस्करणको नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले उद्घाटन गर्नुभयो । सो अवसरमा बोल्दै नगरप्रमुख विष्टले...
रामलीला मञ्चनमा युवा पुस्ता जोडिँदै
बाँके, ८ असोजः नेपालगञ्जमा ऐतिहासिक संस्कृतिको रूपमा रहेको रामलीलामा नयाँ पुस्ताको साथ खोज्न थालिएको छ । नयाँ पुस्तालाई रामलीला मञ्चनप्रति आकर्षण बढाउन जिम्मेवारी दिएको रामलीला सञ्चालक समितिका अध्यक्ष सन्तोषकुमार कनोडियाले जानकारी दिनुभयो । पहिले युवापुस्ताले रामलीलाका बारेमा त्यति धेरै चासो...
थारु गाउँमा बरका अटवारी पर्व मनाइँदै
कञ्चनपुर, २३ भदौः कञ्चनपुरका थारु समुदायका बस्तीमा बरका अटवारी पर्वको खुसियाली छाएको छ । प्रत्येक वर्ष शुक्लपक्षको पहिलो आइबारका दिन थारु समुदायले बरका अटवारी पर्व मनाउने गरेका छन् । अटवारी पर्वका लागि खाद्यसँगै पूजा सामग्रीको तयारीमा गाउँमा पुरुष व्यस्त देखिन्छन्...
अवधी पत्रकार संघद्धारा तीज मिलन
नेपालगन्ज २१ भदौ ।हिन्दु महिलाहरुको पर्व हरितालिका (कजरी तीज) को अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरिएको छ । अवधी पत्रकार संघ बाँके शाखाद्धारा आयोजित कार्यक्रममा एकआपसमा शुभकामना साटासाट गरिएको थियो । कार्यक्रममा लुम्विनी प्रदेश सासद अम्बिका काफ्ले, नेपाल पत्रकार महासंघ...
बर्दियामा तीज गीतमार्फत सामाजिक सचेतना
बर्दिया, १९ भदौ :हिन्दू नारीहरुको महानपर्व हरितालिका तीजको अवसर पारेर बर्दियाको बढैयाताल गाउँपालिकामा सामाजिक सचेतना जगाउने उद्देश्यले तीज गीत प्रतिस्पर्धा गराइएको छ । गीतमार्फत प्रजनन स्वास्थ्यका साथै बालविवाह, लागुऔषध र महिलाहिंसा विरुद्ध सचेतनामूलक प्रतिस्पर्धा गराइएको हो । समाजमा व्याप्त कुरिति,...
तीज मेलामा महिला उद्यमीका सामग्री प्रवर्द्धन
नेपालगन्ज, १६ भदौः नेपालगञ्जमा आयोजित सिद्धार्थ तीज मेलामा महिला उद्यमीले उत्पादन गरेका सामग्रीको किनबेच भएको छ । यही भदौ १४ गतेदेखि १६ गतेसम्म आयोजित मेलाले महिला उद्यमीद्वारा उत्पादित वस्तु र उपभोक्तासँग प्रत्यक्षरुपमा परिचित गराउनुका साथै बिक्री वितरणमा सहयोग पुगेको नेपालगञ्जकी...
गाईजात्रा पर्वमा नेपालगन्जमा रयाली
नेपालगन्ज ४ भदौ । नेपालगन्जमा गाईजात्रा पर्व मनाइएको छ। गाईजात्रा नेवार समुदायको महत्त्वपूर्ण पर्व मानिन्छ। नेपालगन्जका नेवार समुदायले आफ्ना दिवङ्गत भएका परिवारका सदस्य तथा आफन्तको सम्झनामा गाईजात्रा निकालेका हुन्। नेवाः पुचः बाँकेको आयोजनामा नेपालगन्जको सुर्खेत रोडबाट निकालिएको गाईजात्रा उपमहानगरको विभिन्न...
तिमिल्सिना वाङमय प्रतिष्ठानद्धारा सम्मान
पवन जायसवाल नेपालगन्ज, ३२ साउन । तिमिल्सिना वाङमय प्रतिष्ठान नेपालगन्जले रामेश्वर कमलादेवी स्मृति पुरस्कार अर्पण तथा रचना वाचन कार्यक्रममा दुई जनालाई सम्मान गरेको छ । २०७२ सालमा स्थापना भएको नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.१८ मा रहेको तिमिल्सिना वाङमय प्रतिष्ठानले प्रतिष्ठानका संरक्षक...
तुलसी जयन्तीमा विभिन्न व्यक्तीलाई सम्मान
पवन जायसवाल बाँकेमा अवधी तथा हिन्दी भाषा सँस्कृतिका महान पण्डित, भक्त कवि, सन्त शिरोमणि तुलसीदास जी महाराजको ५२७औं तुलसीदास जयन्ती, चौथा अन्तरदेशीय अवधी महोत्सव तथा २५ औं अवधी दिवस समारोह २०८१, बृहत सम्मान समारोह सकिएको छ । कार्यक्रममा बिचार तथा...
नागपंचमी अवधी समुदायमा (गुडिया पर्व)
राकेशकुमार मिश्र बाँके२५ साउन :आज साउन शुक्लपक्ष नागपञ्चमी पर्व । पश्चिम नेपालको तराईका जिल्लामा बसोबास गर्ने अवधी समुदायले नाग पर्वलाई गुडिया पर्वका रूपमा मनाउने गर्दछन् । यो पर्व अवधी समुदायको मुख्य पर्वको रूपमा लिइन्छ । आजको दिन सो समुदायले घरपरिवार,...
गुरु पूर्णिमा : अवधी समुदायमा भौंरी पर्व मनाइयो
नेपालगन्ज, ६ साउन : आषाढ शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमा आज मधेशी समुदायले भौंरी पर्व मनाएका छन । यो पर्व आषाढ शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमाको दिन पश्चिम नेपालको बाँके, बर्दिया, दाङ्ग, कपिलबस्तुलगायत मधेशी समुदायको बहुल्यता भएको स्थानमा यो पर्व...
स्थानीय अवधीलाई संरक्षण गर्न नेपालगन्ज उपमहानगरपालिकाको ध्यानाकर्षण
नेपालगन्ज ४ साउन । पश्चिम नेपालको नेपालगन्ज क्षेत्रमा स्थानीय अवधी भाषा, संस्कृति र कलाको संरक्षणका लागि स्थानीय सरकारको ध्यानाकर्षण गराइएको छ । पछिल्लो समयमा स्थानीय अवधी भाषा, कला, संस्कृति लोप हुन लागेपछि त्यसको संरक्षण सम्वद्र्धन गर्ने प्रमुम दायित्व स्थानीय तहको...
डिजे तेन्जिङ शेर्पालाई नेपालगन्जमा सम्मान
नेपालगन्ज, १ असार। सगरमाथा आरोहण गरेर फर्किएका डिजे तेन्जिङ शेर्पालाई नेपालगन्जमा भव्य स्वागतसहित सम्मान गरिएको छ । गत जेठ दोस्रो साता डिजे कन्सर्ट गर्दै उहाँ सर्वोच्च शिखर चढनुभएको थियो । उहाँ सगरमाथा आरोहण गर्ने पहिलो डिजे कलाकार पनि हुनुहुन्छ ।...
अवधी समुदायमा वरसाईत पूजा
नेपालगन्ज, २४ जेठः आज ज्येष्ठ कृष्णपक्षको आमावस्या । पश्चिम तराईका जिल्लाका अवधी समुदायका महिलाहरुले वर (वरको रुख) को श्रद्धाभक्तिपूर्वक पूजाआराधनाका साथ पतिको दीर्घ जीवन र सुस्वास्थ्यको कामना गर्दै बरसाईत (वटसावित्री)पर्व मनाउँदैछन् । वटसावित्री पर्वलाई स्थानीय भाषामा बरसाईत पनि भनिन्छ ।...
साहु समाजद्धारा होलीमिलन
नेपलागन्ज १८ चैत । बाँकेको साहू समाज समिति जिल्ला कार्य समिति र साहू समाज युवा समिति नेपालगन्जद्वारा होली मिलन कार्यक्रम भएको छ । नेपालगन्ज५ स्थित साहू समाज समितिद्वारा निर्मित श्रीराधा कृष्ण मन्दिर स्थित साहू समाज समितिको धर्मशालामा होली मिलन कार्यक्रमको...
कवि अस्तुको अध्यक्षतामा स्रष्टा समाजको नयाँ कार्यसमिति
नेपालगन्ज, १७ चैत्र । कवि विपी अस्तुको अध्यक्षतामा मध्यपश्चिम स्रष्टा समाज नेपालगन्जको नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको छ । शनिबार नेपालगन्जमा भएको समाजको पाँचौ साधारण सभाले अस्तुको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । सभाले अध्यक्षमा अस्तुसहित...
नेपालगन्ज कल्चर फेस्टिवल
नेपालगन्ज १९ माघ :आगामी फागुनको २४ र २५ गते नेपालगन्ज कल्चर फेस्टिवल हुने भएको छ । देशभरको संस्कृतिलाई एउटै मञ्चबाट प्रस्तुत गर्ने उद्देश्यले फेस्टिवल गर्न लागिएको हो । स्थानीय संघ संस्थाको सहकार्यमा अन्तरालले आयोजना गर्ने फेस्टिवलमा नेपाली मौलिक कला सँस्कृति,...
शहीदको योगदानलाई कलामार्फत जीवन्त तुल्याउने प्रयास
काठमाडौँ, १६ माघ :शहीद दिवसको अवसर पारेर नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानमा राष्ट्र निर्माणमा शहीदको बलिदान विषयक चित्रकला कार्यशाला तथा कला प्रदर्शनी आयोजना गरिएको छ । प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले कार्यशालामार्फत शहीदले समाज र देश निर्माणमा पुयाएको योगदानलाई स्मरण गरिएको बताउनुभयो ।...
प्रतिभा खोज्न साहित्यिक कार्यक्रम
नेपालगन्ज, १४ माघ : बाँकेको खजुरा गाउँपालिकामा बृहत् साहित्यिक कार्यक्रम सुरु भएको छ । खजुरा प्रज्ञाप्रतिष्ठानले प्रतिभाको खोजी गर्नका लागि शनिबारयहाँ साहित्यिक कार्यक्रमको आयोजना गरेको हो । सातवटा विधामा तीन दिनसम्म कार्यक्रम सञ्चालन गरिने प्रज्ञाप्रतिष्ठानका उपकुलपति डा इन्द्रबहादुर भण्डारीले जानकारी...
माघी मिलन, थारु संग्रहालय बनाइने
बाँके,२ माघ ः थारु समुदायको महान पर्व माघीको जताततै रौनकता देखिन्छ । पश्चिम नेपालको बाँके, बर्दिया, दाङ, कैलाली र कञ्चनपुर जिल्लामा माघी पर्वमा नाँचगान, विभिन्न मनोरञ्जनात्मक कार्याक्रम, झाँकीलगायतका कार्यक्रमहरु भईरहेका छन । माघीको अवसरमा सोमबार माघी मिलन कार्यक्रम२०८० गरिएको छ...