Pairabi logo

माघ ०७, २०८२, मंगलबार                    

रामलीलाप्रति स्थानीयको आकर्षण बढ्दै

डेक्स

डेक्स

रामलीलाप्रति स्थानीयको आकर्षण बढ्दै
ADVERTISEMENT

नेपालगन्ज, २३ असोजः नेपालगञ्जमा ऐतिहासिक संस्कृतिका रुपमा रहेको रामलीलाप्रति स्थानीयको आकर्षण बढ्दै गएको छ । नेपालगञ्ज उपमहानगरपालिका–९ स्थित रामलीला मैदानमा सञ्चालन भइरहेको रामलीला मञ्चनको १५७औँ संस्करण हेर्न भक्तजनको घुइँचो लाग्ने गरेको छ ।

भारतको वृन्दावनबाट आएका कलाकारले गर्ने रामलीला मञ्चन हेर्न नेपालगञ्जवासी र टाढाटाढाबाट हरेक दिन राति सयौँको सङ्ख्यामा भक्तजन आउने गरेको रामलीला सञ्चालक समितिका अध्यक्ष सन्तोषकुमार कनौडियाले बताउनुभयो ।

“रामलीला मञ्चनप्रति स्थानीयको रुचि र आकर्षण बढ्दै गएको छ, प्रत्येक दिन बढ्दै गएको भक्तजनको भीडबाट हामी उत्साहित छाँै”, उहाँले भन्नुभयो, “रामलीला नेपालगञ्जको सांस्कृतिक पहिचान भइसकेकाले छिमेकी मुलुक भारतबाट समेत भक्तजन आउने गरेका छन् ।”

प्रत्येक वर्ष दसैँका अवसरमा नेपालगन्जको रामलीला मैदानमा रामलीला मञ्चन हुँदै आएको छ । रामलीला मञ्चनका लागि भारतको वृन्दावनबाट कलाकार आएका छन् । नेपालगन्जवासी चासो र उत्साहका साथ रामलीला महोत्सवमा सयौँको सङ्ख्यामा मध्य रातसम्म सहभागी हुने गर्दछन् । धनुष यज्ञ, रावणवध, भरतमिलाप र रामको शुभ राज्याभिषेक भएर रामलीला महोत्सव समापन हुने गर्दछ ।

नेपालगन्ज–२१ पुरैना नयाँबस्ती निवासी सिर्जना थापाले आफूहरु प्रत्येक वर्ष सपरिवार रामलीला हेर्न आउने गरेको बताउनुभयो । सांस्कृतिक परम्परालाई जोगाइराख्नका लागि सहयोग सङ्कलन गरेर रामलीला महोत्सव गर्दै आएको रामलीला सञ्चालक समितिका अध्यक्ष कनोडियाको भनाइ छ । 

उहाँका अनुसार १५२ वर्षदेखि निरन्तर प्रत्येक वर्ष हुँदै आएको रामलीला महोत्सवको १५३ र १५४औँ वर्ष प्रवेशको कार्यक्रम कोरोना महामारीका कारण स्थगित गरिएको थियो । सत्यमाथि विजयको प्रतीकका रूपमा मनाइने दसैँको पहिलो दिन घटस्थापनादेखि विजयादशमीको दिनसम्म राति ८ देखि १२ बजेसम्म रामलीला मञ्चन गरिन्छ ।

विसं १९२५ देखि नेपालगन्जको रामलीला मैदान र टण्डन राइस मिलमा मञ्चन हँदै आएको रामलीला मञ्चनले नेपाल तथा भारतमा नेपालगञ्जलाई चिनाएको समितिका सदस्य नन्दलाल वैश्यले बताउनुभयो । 

ताजा

सबै

स्थानीय तहले लैङ्गिक हिंसा न्युनीकरण गर्न कानून बनाउनुपर्नेमा जोड

नेपालगन्ज, ५ माघः महिला तथा बालिकाविरुद्ध हुने हिंसा न्युनीकरणका लागि स्थानीय तहले …

बाँकेको खजुरा र जानकीमा महिला हिंसा न्युनीकरण गर्न नीति कार्यन्वयन

नेपालगन्ज ४ माघ । बाँकेको खजुरा र जानकी गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने…

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

नेपालगन्ज । बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन …

राष्ट्रिय सभाका उम्मेदवार बाँके र बर्दियाका मतदातासँग

नेपालगञ्ज, ३ माघः नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट राष्ट्रियसभामा …

लोकप्रिय

सबै

बाँकेको खजुरा र जानकीमा महिला हिंसा न्युनीकरण गर्न नीति कार्यन्वयन

नेपालगन्ज ४ माघ । बाँकेको खजुरा र जानकी गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने…

स्थानीय तहले लैङ्गिक हिंसा न्युनीकरण गर्न कानून बनाउनुपर्नेमा जोड

नेपालगन्ज, ५ माघः महिला तथा बालिकाविरुद्ध हुने हिंसा न्युनीकरणका लागि स्थानीय तहले …

खजुरामा महिला तथा बालिकाविरुद्ध हुने हिंसा सम्बोधनका लागि कार्यविधी तयार

खजुरा (बाँके) १ माघ । बाँकेको खजुरा गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने हि…

प्युठानको धेनुमतीमा महा स्नान

मकर संक्रान्तिको अवसरमा प्युठानको सिमरुक धेनुमतीमा महास्नान कार्यक्रम सम्पन्न भएको छ । …

यो पनि

राप्ती नदी सिधनिया घाटमा मकर स्नान महोत्सव शुरु

राप्ती नदी सिधनिया घाटमा मकर स्नान महोत्सव शुरु

नेपालगञ्ज, ३० पुसः बाँकेको राप्ती नदीस्थित सिधनिया घाटमा पहिलोपटक मकर स्नान महोत्सवक…

नेपालको कलालाई संरक्षण सम्बद्र्धन गर्नुपर्नेमा जोड

नेपालको कलालाई संरक्षण सम्बद्र्धन गर्नुपर्नेमा जोड

नेपालगन्ज २ मङ्गसिर । उच्च अदालत नेपालगन्ज इजलासका वरिष्ठतम न्यायधिस बामदेव ज्ञवालीले …

नेपालगन्जमा दुई दिने इस्लामिक कला प्रर्दशनी

नेपालगन्जमा दुई दिने इस्लामिक कला प्रर्दशनी

नेपालगन्ज, १ मसिंर । अन्तर्राष्ट्रिय इस्लामिक कला दिवस २०२५को अवसरमा नेपालगन्जमा दुई द…

‘बर्फानी बाबा’ मन्दिर पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै

‘बर्फानी बाबा’ मन्दिर पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै

नेपालगञ्ज, २३ कात्तिक स् बाँके राप्तीसोनारी४ स्थित चुरे पहाडमा रहेको बर्फानी बाबा मन्द…