Pairabi logo

कात्तिक १५, २०८३, शनिबार                    

रामलीला मञ्चनमा युवा पुस्ता जोडिँदै

डेक्स

डेक्स

रामलीला मञ्चनमा युवा पुस्ता जोडिँदै
ADVERTISEMENT

बाँके, ८ असोजः नेपालगञ्जमा ऐतिहासिक संस्कृतिको रूपमा रहेको रामलीलामा नयाँ पुस्ताको साथ खोज्न थालिएको छ । नयाँ पुस्तालाई रामलीला मञ्चनप्रति आकर्षण बढाउन जिम्मेवारी दिएको रामलीला सञ्चालक समितिका अध्यक्ष सन्तोषकुमार कनोडियाले जानकारी दिनुभयो ।

“पहिले युवापुस्ताले रामलीलाका बारेमा त्यति धेरै चासो र चिन्ता गरेका थिएनन्, अहिले आकर्षण र साथ बढ्दै गएको छ”, रामलीला सञ्चालक समितिका उहाँले भन्नुभयो, “हाम्रो निरन्तरको प्रयासले नयाँ पुस्ता पनि रामलीलामा जोडिँदै गएका छन् ।”

युवापुस्तालाई रामलीलाको इतिहास र यसको सन्देशका बारेमा अझ धेरै प्रचारप्रसार गरेर संस्कृति संरक्षणमा नयाँ पुस्तालाई पनि साथमा लैजाने योजना रहेको उहाँले बताउनुभयो । रामलीला सञ्चालक समितिमा पनि रिक्त स्थानमा युवापुस्तालाई समेट्दै गएको उहाँको भनाइ छ । 

प्रत्येक वर्ष दशैँका अवसरमा नेपालगञ्जको रामलीला मैदानमा रामलीला मञ्चन हुँदै आएको छ । यस वर्ष रामलीलाको एक सय ५७औँ संस्करणको लागि आवश्यक तयारी सुरु गरिएको रामलीला सञ्चालक समितिका अध्यक्ष कनोडियाले जानकारी दिनुभयो । “विगत वर्षहरूमा जस्तै यो वर्ष पनि रामीलला महोत्सव सञ्चालन गर्ने तयारी गरेका छौँ”, उहाँले भन्नुभयो, “रामलीला मञ्चनका लागि भारतको वृन्दावनका कलाकारलाई आग्रह गरिसकेका छौँ ।”

रामलीला मञ्चनका लागि बर्सेनि लाखौँ खर्च गरेर भारतबाट कलाकार ल्याइन्छ । नेपालमै कलाकार उत्पादन गर्ने प्रयास गरिए पनि सफल हुन नसकेको रामलीला सञ्चालक समितिका अध्यक्ष कनोडियाले बताउनुभयो । 

नेपालमै कलाकार उत्पादन गर्न तालिम सञ्चालन गर्ने सोच बनाएको उहाँले उल्लेख गर्नुभयो । एउटा आयोजनामा कम्तीमा रु १५ लाख खर्च हुने गर्छ । अध्यक्ष कनोडियाले समुदायस्तरबाट डेढ सय वर्षदेखिको यस अद्भूत कलालाई निरन्तरता दिन भइरहेको प्रयास चुनौतीपूर्ण रहेको बताउनुभयो । 

“शतप्रतिशत समुदायको सहयोगबाट चलेको छ । नितान्त समुदायको अग्रसरतामा यहाँसम्म आइपुगेको यो ऐतिहासिक विरासतलाई निरन्तरता दिन र जीवन्त राख्न स्थानीय कलाकार उत्पादनलाई विशेष प्राथमिकतामा राखेर अगाडि बढ्न स्थानीय सरकारको सहयोग आवश्यक देखिन्छ”, कनोडियाले भन्नुभयो । 

एक सय ५२ वर्षदेखि निरन्तर प्रत्येक वर्ष हुँदै आएको रामलीला महोत्सवको एक सय ५३ र एक सय ५४औँ वर्ष प्रवेशको कार्यक्रम कोरोना महामारीका कारण स्थगन गरिएको थियो । सत्यमाथि विजयको प्रतीकका रूपमा मनाइने दशैँको पहिलो दिन घटस्थापनादेखि विजयादशमीको दिनसम्म राति ८ः०० देखि १२ः०० बजेसम्म रामलीला मञ्चन गरिन्छ ।

नेपालगञ्जवासी चासो र उत्साहका साथ रामलीला महोत्सवमा सयौँको सङ्ख्यामा मध्यरातसम्म सहभागी हुने गर्दछन् । धनुष यज्ञ, रावणवध, भरतमिलाप र रामको शुभ राज्याभिषेक भएर रामलीला महोत्सव समापन हुने गर्दछ ।

यसक्षेत्रको परिचय बनेको रामलीला मञ्चनले नेपाल तथा भारतमा नेपालगञ्जलाई चिनाएको उहाँको भनाइ छ । सञ्चालक समितिका अध्यक्ष कनोडियाका अनुसार विश्वनाथ टण्डन, बद्रीनाथ टण्डन, पाटनदिन गुप्ता, जगदीशप्रसाद वैश्य, पन्नालाल गुप्ता, जयेन्द टण्डन, भाइलाल हल्वाईलगायतले नेपालगञ्जमा रामलीला महोत्सव सुरु गर्नुभएको थियो । 

नेपालगञ्जको परम्परालाई जोगाइराख्न सहयोग सङ्कलन गरेर रामलीला महोत्सव गर्दै आएको स्थानीय अगुवा द्वारिकाप्रसाद वैश्यले बताउनुभयो । विसं १९२५ देखि नेपालगञ्जको रामलीला मैदान र टण्डन राइस मिलमा मञ्चन हँुदै आएको यो कला नेपालीभन्दा बढी सीमावर्ती भारतीयहरूबीच लोकप्रिय छ । 

ताजा

सबै

कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित

कर्णाली, १४ कात्तिकः कर्णाली हिमाली जिल्लाका उच्च भागमा हिमपात हुँदा यहाँको जनजीवन प्…

फूल आयतमा रोक लगाएपछि व्यावसायीक फूलखेतीमा किसानको आकर्षण बढ्दै

नेपालगनज, १४ कात्तिकः भारतीय फूल आयतमा रोक लगाएसँगै बाँकेमा व्यावसायिक फूलखेतीमा …

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बाँके, १४ कात्तिकः बैजनाथ गाउँपालिकाले गत आर्थिक वर्षमा नौ किलोमिटर सडक निर्माण गरे…

मानव बेचबिखन रोकथामका लागि स्थानीयस्तरमा समन्वय र सहकार्यमा जोड

बर्दिया १४ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत बाँके युनेस्को क्लबले प्लान इन्टरने…

लोकप्रिय

सबै

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

बर्दिया १२ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँ…

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

बर्दिया, ११ कार्तिक । मानव बेचबिखनको रोकथाम तथा नियन्त्रण र यससँग सम्बन्धित सामाजिक स…

बाँके निकुञ्जमा जङ्गल सफारी सुरु

बाँके १० कार्तिक । बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुरु गरिएको छ । निकुञ्जको पा…

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुर, (बाँके) ११ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिकामा करदाताहरूलाई स्थानीय…

यो पनि

अवधी समुदायका महिलाले करवा चौथ पर्ब मनाउदै

अवधी समुदायका महिलाले करवा चौथ पर्ब मनाउदै

बाँके, १२ कार्तिक :आज कार्तिक कृष्ण चतुर्थी पश्चिम तराईका जिल्लामा अवधी समुदायका महिल…

आज दसहरा मेला, रामलिलामा रावण बध गरिदै

आज दसहरा मेला, रामलिलामा रावण बध गरिदै

नेपालगन्ज, ४ कार्तिक । नेपालगञ्ज रामलिला मैदानमा विजयादशमीको घटनास्थापनादेखि शुरु भ…

थारु बस्तीमा सखिया नाचले दसैँको रौनक

थारु बस्तीमा सखिया नाचले दसैँको रौनक

नेपालगञ्ज, ३ कात्तिक : दसैँ पर्वका अवसरमा बाँकेका थारु गाउँबस्तीमा परम्परागत सखिया न…

नेपालगन्जमा १५९औँ ऐतिहासिक रामलिलामामा रावण बधको तयारी

नेपालगन्जमा १५९औँ ऐतिहासिक रामलिलामामा रावण बधको तयारी

नेपालगन्ज, ३ असोज । नेपालगन्जमा जारी १५९औँ ऐतिसाहिस रामलिला मन्चनको विशेष आकर्षण रा…