Pairabi logo

कात्तिक ११, २०८३, मंगलबार                    

थारु संस्कृति संरक्षण बारे नाटक तथा सांस्कृतिक कार्यक्रम हुदै

सम्वाददाता

सम्वाददाता

थारु संस्कृति संरक्षण बारे नाटक तथा सांस्कृतिक कार्यक्रम हुदै
ADVERTISEMENT

शम्भु थारु 
बर्दिया । बर्दियामा थारु समुदायको पौराणिक लोक कला संस्कृति संरक्षण तथा युवा पुष्तामा सचेतना जगाउने उद्देश्यले दुई दिने थारु संस्कृति संरक्षण सम्बन्धि नाटक प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम गरिएको छ । 

बर्दियाली थारु कलाकार मंचको आयोजना तथा पर्यटन डिभिजन कार्यालय कोहलपुर बाँकेको समन्वयमा आइतबार बारबर्दिया नगरपालिका–४, घोरपिट्टामा र सोमबार गुलरिया नगरपालिका–५, सुहेल्वा गाउँमा आयोजना हुने जनाइएको छ । 

पछिल्लो समय थारु समुदायको पौराणिक संस्कृति लोप हुदै गएको छ । समाजिक संञ्जाल, टिकटकमा भाईरल हुनका लागि आप्mनो संस्कृतिमाथि नै नकारात्मक असर पर्ने खालको गतिबिधि प्रस्तुत गर्ने क्रम बढेको छ । साथै डिजे बजाउदां पनि दुरुपयोग गर्ने क्रम बढेकाले, उक्त गतिबिधि बिरुद्ध सचेतना पैmलाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बर्दियाली थारु कलाकार मंचका अध्यक्ष महेश राम थारुले बताउनुभयो । 

कार्यक्रमलाई सफल बनाउनका लागि स्थानीय जनप्रतिनिधि, बरघर, कलाकार तथा स्थानीय नागरिहरुसंग छलफल तथा समन्वय गरिएको छ । कार्यक्रममा पौराणिक लोक कला संस्कृति झल्किने, हुरर्दुङ्गवा, सखिया, दफ लगायत्का नाचहरु प्रस्तुतिका लागि तयारी गरिएको बर्दियाली थारु कलाकार संचका सल्लाहकार मस्तराम थारु (मस्ते बर्दियाली)ले बताउनुभयो । 

कार्यक्रममा प्रस्तुत गरिने संस्कृति नामक नाटकको लेखक समेत रहेका सल्लाहकार थारुले नाटकमा ६ जना कलाकार तथा सहकायक कलाकारहरुको प्रस्तुति रहने उहाँले बताउनुभयो । साथै सांस्कृतिक कार्यक्रममा ९ वटा टिमको पौराणिक नाचको प्रस्तुति रहने छ । साथै बर्दियाका थारु कलाकारहरुको समेत प्रस्तुति रहने आयोजकले जनाएको छ । 

कार्यक्रमबाट थारु लोककला संस्कृतिको संरक्षण तथा नयाँ पुस्तामा हस्तान्तरण गर्न मद्दत पुग्ने, कलाकारहरूको मनोबल बढाउन हौसला बढ्ने, नाटक मार्पmत सचेतना पैmलाउने, रैथाने खानपानको व्यवसायिकरणमा पनि टेवा पुग्ने विश्वास गरिएको छ । 

साथै बर्दिया जिल्लामा रहेका धार्मिक, संस्कृतिक पर्यटकीय स्थलहरूको प्रचारप्रसारमा समेत सहयोग पुग्नेछ । बर्दियाली थारु कलाकार मञ्चले यस कार्यक्रमलाई थारु समुदायको सांस्कृतिक जागरणको एउटा महत्वपूर्ण प्रयासका रूपमा समेत लिएको छ ।


 

ताजा

सबै

बैतडीमा भूकम्प

बैतडी, ८ कार्तिक : बैतडीको ऐरीगाउँलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव २ म्याग्निच्युडको भू…

बाँकेमा असोज महिनामा १२७ मुद्दा दर्ता

नेपालगन्ज, ८ कात्तिकः जिल्ला प्रहरी कार्यालयले गत असोज महिनामा विभिन्न प्रकृतिका १२७ म…

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

युवराज पाण्डे बुटवल ६ कात्तिक :सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा ९माओवादी० र नेपाली …

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम  निर्माण : सिंचाइमा सहज

दाङ, ६ कात्तिक : दाङको तुलसीपुर उपमहानगरपालिका१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा …

लोकप्रिय

सबै

चार स्थानीय तहमा लम्पी स्किन रोगविरुद्ध खोप अभियान

नेपालगन्ज, ५ कात्तिकः बाँकेका चार स्थानीय तहका गाईवस्तुमा लम्पी स्किन रोगविरुद्ध खोप अ…

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम  निर्माण : सिंचाइमा सहज

दाङ, ६ कात्तिक : दाङको तुलसीपुर उपमहानगरपालिका१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा …

‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

नेपालगन्ज,६ कात्तिकः बाँकेको नेपालगञ्ज उपमहानगरपालिका१९ का अमजत अली शेख विगत सात व…

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

युवराज पाण्डे बुटवल ६ कात्तिक :सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा ९माओवादी० र नेपाली …

यो पनि

आज दसहरा मेला, रामलिलामा रावण बध गरिदै

आज दसहरा मेला, रामलिलामा रावण बध गरिदै

नेपालगन्ज, ४ कार्तिक । नेपालगञ्ज रामलिला मैदानमा विजयादशमीको घटनास्थापनादेखि शुरु भ…

थारु बस्तीमा सखिया नाचले दसैँको रौनक

थारु बस्तीमा सखिया नाचले दसैँको रौनक

नेपालगञ्ज, ३ कात्तिक : दसैँ पर्वका अवसरमा बाँकेका थारु गाउँबस्तीमा परम्परागत सखिया न…

नेपालगन्जमा १५९औँ ऐतिहासिक रामलिलामामा रावण बधको तयारी

नेपालगन्जमा १५९औँ ऐतिहासिक रामलिलामामा रावण बधको तयारी

नेपालगन्ज, ३ असोज । नेपालगन्जमा जारी १५९औँ ऐतिसाहिस रामलिला मन्चनको विशेष आकर्षण रा…

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…