Pairabi logo

माघ ०७, २०८२, मंगलबार                    

त्रिभुवनचोकमा श्रीकृष्ण जन्मोत्सव मनाइदै

डेक्स

डेक्स

त्रिभुवनचोकमा श्रीकृष्ण जन्मोत्सव मनाइदै
ADVERTISEMENT

नेपालगन्ज । नेपालगञ्जको त्रिभुवन चोकमा श्रीकृष्ण जन्मोत्सव मनाइने भएको छ । श्रीकृष्ण जन्मोत्सव समितिको आयोजनामा विभिन्न सांस्कृतिक कार्यक्रमको तयारी गरिएको छ ।

सोका लागि कार्यवाहक अध्यक्ष नन्दलाल बैश्यको अध्यक्षतामा बसेको बैठकले विभिन्न सांस्कृतिक कार्यक्रमहरूको आयोजना र व्यवस्थापनका लागि महत्त्वपूर्ण छलफल तथा निर्णय गरेको हो । 

बैठकले बालबालिकालाई समावेश गरी निर्णायक समिति गठन, कार्यक्रमलाई निरन्तरता दिन र बालबालिकाको सहभागिता सुनिश्चित गर्न एक निर्णायक समिति गठन गर्ने, पारदर्शिता र सक्रिय सहभागिता, सांस्कृतिक संयोजक नियुक्ति, स्थानीय संगीतकार सुरजलाल बैश्यलाई सांस्कृतिक संयोजकको जिम्मेवारी प्रदान, सहयोग र समन्वयमा जोड, लगायतको निर्णय भएको समितिका प्रचारप्रसार समिति संयोजक शैलेन्द्रकुमार बैश्यले जानकारी दिनुभयो । 

उहाँका अनुसार श्रीकृष्ण जन्मोत्सव समितिले आगामी सांस्कृतिक कार्यक्रमलाई भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्न विभिन्न आयोजनाहरूको तयारी तीव्र बनाएको छ। समितिका अध्यक्ष नन्दलाल बैश्यले सम्पूर्ण समुदायलाई सहयोग र सक्रिय सहभागिताको लागि आह्वान गर्नुभएको छ। बैठकले नेपालगञ्जमा सांस्कृतिक गतिविधिलाई प्रोत्साहन गर्दै सामुदायिक एकताको सन्देश प्रवाह गरेको छ। 

बैठकमा समितिका उपाध्यक्ष जितेन्द्र कुमार सिंह, महिला उपाध्यक्ष रमारानी बैश्य, सचिव डा। राजेन्द्र कुमार गुप्ता, प्रचारप्रसार समिति संयोजक शैलेन्द्र कुमार बैश्य, कोषाध्यक्ष नन्दकिशोर बैश्य, सदस्यहरू वृजेश बहादुर सिंह, हंसराम साहू, रामकुमार बैश्य, विमला बैश्य, संगीता बैश्य, सल्लाहकार समितिका कृष्णकुमार बैश्य, सुरेशकुमार गोयल, हंसराज लखेर, ध्रुवकुमार बैश्य, पदेन सदस्यहरू कसौंधन बैश्य समाज नेपालगञ्ज, नेपालगञ्ज उपमहानगरपालिका वडा समितिको कार्यालय अध्यक्ष, चेतना फोटो ग्राफी नेपालगञ्जका सुरजलाल बैश्य र नन्दलाल साहूको उपस्थिति रहेको थियो।
 

ताजा

सबै

स्थानीय तहले लैङ्गिक हिंसा न्युनीकरण गर्न कानून बनाउनुपर्नेमा जोड

नेपालगन्ज, ५ माघः महिला तथा बालिकाविरुद्ध हुने हिंसा न्युनीकरणका लागि स्थानीय तहले …

बाँकेको खजुरा र जानकीमा महिला हिंसा न्युनीकरण गर्न नीति कार्यन्वयन

नेपालगन्ज ४ माघ । बाँकेको खजुरा र जानकी गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने…

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

नेपालगन्ज । बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन …

राष्ट्रिय सभाका उम्मेदवार बाँके र बर्दियाका मतदातासँग

नेपालगञ्ज, ३ माघः नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट राष्ट्रियसभामा …

लोकप्रिय

सबै

बाँकेको खजुरा र जानकीमा महिला हिंसा न्युनीकरण गर्न नीति कार्यन्वयन

नेपालगन्ज ४ माघ । बाँकेको खजुरा र जानकी गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने…

स्थानीय तहले लैङ्गिक हिंसा न्युनीकरण गर्न कानून बनाउनुपर्नेमा जोड

नेपालगन्ज, ५ माघः महिला तथा बालिकाविरुद्ध हुने हिंसा न्युनीकरणका लागि स्थानीय तहले …

खजुरामा महिला तथा बालिकाविरुद्ध हुने हिंसा सम्बोधनका लागि कार्यविधी तयार

खजुरा (बाँके) १ माघ । बाँकेको खजुरा गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने हि…

प्युठानको धेनुमतीमा महा स्नान

मकर संक्रान्तिको अवसरमा प्युठानको सिमरुक धेनुमतीमा महास्नान कार्यक्रम सम्पन्न भएको छ । …

यो पनि

राप्ती नदी सिधनिया घाटमा मकर स्नान महोत्सव शुरु

राप्ती नदी सिधनिया घाटमा मकर स्नान महोत्सव शुरु

नेपालगञ्ज, ३० पुसः बाँकेको राप्ती नदीस्थित सिधनिया घाटमा पहिलोपटक मकर स्नान महोत्सवक…

नेपालको कलालाई संरक्षण सम्बद्र्धन गर्नुपर्नेमा जोड

नेपालको कलालाई संरक्षण सम्बद्र्धन गर्नुपर्नेमा जोड

नेपालगन्ज २ मङ्गसिर । उच्च अदालत नेपालगन्ज इजलासका वरिष्ठतम न्यायधिस बामदेव ज्ञवालीले …

नेपालगन्जमा दुई दिने इस्लामिक कला प्रर्दशनी

नेपालगन्जमा दुई दिने इस्लामिक कला प्रर्दशनी

नेपालगन्ज, १ मसिंर । अन्तर्राष्ट्रिय इस्लामिक कला दिवस २०२५को अवसरमा नेपालगन्जमा दुई द…

‘बर्फानी बाबा’ मन्दिर पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै

‘बर्फानी बाबा’ मन्दिर पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै

नेपालगञ्ज, २३ कात्तिक स् बाँके राप्तीसोनारी४ स्थित चुरे पहाडमा रहेको बर्फानी बाबा मन्द…