Pairabi logo

असोज २७, २०८३, मंगलबार                    

त्रिभुवनचोकमा श्रीकृष्ण जन्मोत्सव मनाइदै

डेक्स

डेक्स

त्रिभुवनचोकमा श्रीकृष्ण जन्मोत्सव मनाइदै
ADVERTISEMENT

नेपालगन्ज । नेपालगञ्जको त्रिभुवन चोकमा श्रीकृष्ण जन्मोत्सव मनाइने भएको छ । श्रीकृष्ण जन्मोत्सव समितिको आयोजनामा विभिन्न सांस्कृतिक कार्यक्रमको तयारी गरिएको छ ।

सोका लागि कार्यवाहक अध्यक्ष नन्दलाल बैश्यको अध्यक्षतामा बसेको बैठकले विभिन्न सांस्कृतिक कार्यक्रमहरूको आयोजना र व्यवस्थापनका लागि महत्त्वपूर्ण छलफल तथा निर्णय गरेको हो । 

बैठकले बालबालिकालाई समावेश गरी निर्णायक समिति गठन, कार्यक्रमलाई निरन्तरता दिन र बालबालिकाको सहभागिता सुनिश्चित गर्न एक निर्णायक समिति गठन गर्ने, पारदर्शिता र सक्रिय सहभागिता, सांस्कृतिक संयोजक नियुक्ति, स्थानीय संगीतकार सुरजलाल बैश्यलाई सांस्कृतिक संयोजकको जिम्मेवारी प्रदान, सहयोग र समन्वयमा जोड, लगायतको निर्णय भएको समितिका प्रचारप्रसार समिति संयोजक शैलेन्द्रकुमार बैश्यले जानकारी दिनुभयो । 

उहाँका अनुसार श्रीकृष्ण जन्मोत्सव समितिले आगामी सांस्कृतिक कार्यक्रमलाई भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्न विभिन्न आयोजनाहरूको तयारी तीव्र बनाएको छ। समितिका अध्यक्ष नन्दलाल बैश्यले सम्पूर्ण समुदायलाई सहयोग र सक्रिय सहभागिताको लागि आह्वान गर्नुभएको छ। बैठकले नेपालगञ्जमा सांस्कृतिक गतिविधिलाई प्रोत्साहन गर्दै सामुदायिक एकताको सन्देश प्रवाह गरेको छ। 

बैठकमा समितिका उपाध्यक्ष जितेन्द्र कुमार सिंह, महिला उपाध्यक्ष रमारानी बैश्य, सचिव डा। राजेन्द्र कुमार गुप्ता, प्रचारप्रसार समिति संयोजक शैलेन्द्र कुमार बैश्य, कोषाध्यक्ष नन्दकिशोर बैश्य, सदस्यहरू वृजेश बहादुर सिंह, हंसराम साहू, रामकुमार बैश्य, विमला बैश्य, संगीता बैश्य, सल्लाहकार समितिका कृष्णकुमार बैश्य, सुरेशकुमार गोयल, हंसराज लखेर, ध्रुवकुमार बैश्य, पदेन सदस्यहरू कसौंधन बैश्य समाज नेपालगञ्ज, नेपालगञ्ज उपमहानगरपालिका वडा समितिको कार्यालय अध्यक्ष, चेतना फोटो ग्राफी नेपालगञ्जका सुरजलाल बैश्य र नन्दलाल साहूको उपस्थिति रहेको थियो।
 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

दसैँ नजिकिँदै गर्दा मूर्तिकारलाई चटारोः परम्परा जोगाउँदै जीविकोपार्जन

दसैँ नजिकिँदै गर्दा मूर्तिकारलाई चटारोः परम्परा जोगाउँदै जीविकोपार्जन

नेपालगन्ज, ६ असोज । नेपालीको महान चाड दसैँ नजिकिँदै जाँदा नेपालगञ्जका मूर्तिकारलाई…

गुरु पूर्णिमा : अवधी समुदायमा भौंरी पर्व

गुरु पूर्णिमा : अवधी समुदायमा भौंरी पर्व

नेपालगन्ज, १३ साउन । आषाढ शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमा आज मधेशी समुदायले भौंर…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …