Pairabi logo

कात्तिक १६, २०८३, आइतबार                    

तराईमा होली पर्व, होलिका दहन

डेक्स

डेक्स

तराईमा होली पर्व, होलिका दहन
ADVERTISEMENT

नेपालगन्ज, १ चैत : सामाजिक सदभावको पर्वको रुपमा मनाइने होली आज बाँकेलगायत तराईका जिल्लाहरुमा मनाइदै छ ।

मधेशी समुदायमा होली गाडेर गुईठा जम्मा गरि राती आगो लगाएर ताप्ने चलन रहेको छ । गएराती होलिका दहन गरि विहान गाउँ टोलका सम्पुर्ण मानिसहरु जम्मा भएर आगो तापेका छन । होलीका दिनमा प्रत्येक घर घरमा गाउँ टोलका सबै नागरिकको समुहमा होली गित, धमार गाउदै रङ अबिर लगाएर शुभकामना आदानप्रदान गर्ने अवधी अगुवा शिवप्रसाद पाठक बताउनुहुन्छ । 

पर्वलाई मध्यनजर गरि नेपालगन्जको त्रिभुवन चोक, सदरलाईन, बागेश्वरी मन्दिरलगायत बजारमा रङ, अविर, पिचकारी, बैलुन मिठाई जस्ता सामाग्रीको फुटपाथ पसल थापिएको छ । यसैगरि होली पर्व मनाउन विभिन्न संघसंस्था, कल्ब, युवा समुहहरुले सांस्कृतिक कार्यक्रम तथा शुभकामना आदानप्रदान शुरु गरेका छन । तराई क्षेत्रमा होली पर्वले विशेष सदभावपुर्ण सन्देश प्रर्वाह गर्ने गर्दछ । 

होली पर्वमा घरका छोरी ज्वाईलाई निम्ता दिई बोलाएर मिठो मिठो खानेकुरा खुवाउने चलन रहेको छ । यो पर्वमा विशेष पकवानको रुपमा गुझिया, कचौडी पकाइने गरिछ ।

यसैविच जिल्ला प्रहरी कार्यालय बाँकेले होली पर्व मर्यादित रुपमा मनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ । प्रहरीले होली पर्वमा कसैको इच्छा विपरीत लोला हान्ने, रङ र अबिर दल्ने, मादकपदार्थ सेवन गरेर अभद्र व्यवहार गर्ने जस्ता अवाञ्छित क्रियाकलाप गर्नु नहुने आग्रह गरेको हो । यदि कसैले उच्छृङ्खल गतिविधि गरेमा त्यस्ता व्यक्तिलाई पक्राउ गरी तत्काल कानून बमोजिम कारबाही गरिने प्रहरी प्रमुख प्रहरी उपरिक्षक तुलबहादुर कार्कीले बताउनुभयो ।  

जिल्ला प्रहरी कार्यालय बाँकेले होली पर्वलाई मध्यनजर गर्दै बिशेष रणनितिक सुरक्षा योजना लागु गरेको छ । होली पर्वमा हुनसक्ने उछृङ्गखल क्रियाकलाप, आकस्मिक अप्रिय घटना रोक्न केहीदिन अघिदेखि चेकजाँच गस्ती टोली परिचालनलगायको रणनितिक कार्ययोजना तयार गरि एक हजार प्रहरी परिचालन गरेको प्रहरी प्रमुख कार्कीले बताउनुभयो । 


 

ताजा

सबै

कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित

कर्णाली, १४ कात्तिकः कर्णाली हिमाली जिल्लाका उच्च भागमा हिमपात हुँदा यहाँको जनजीवन प्…

फूल आयतमा रोक लगाएपछि व्यावसायीक फूलखेतीमा किसानको आकर्षण बढ्दै

नेपालगनज, १४ कात्तिकः भारतीय फूल आयतमा रोक लगाएसँगै बाँकेमा व्यावसायिक फूलखेतीमा …

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बाँके, १४ कात्तिकः बैजनाथ गाउँपालिकाले गत आर्थिक वर्षमा नौ किलोमिटर सडक निर्माण गरे…

मानव बेचबिखन रोकथामका लागि स्थानीयस्तरमा समन्वय र सहकार्यमा जोड

बर्दिया १४ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत बाँके युनेस्को क्लबले प्लान इन्टरने…

लोकप्रिय

सबै

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

बर्दिया १२ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँ…

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

बर्दिया, ११ कार्तिक । मानव बेचबिखनको रोकथाम तथा नियन्त्रण र यससँग सम्बन्धित सामाजिक स…

बाँके निकुञ्जमा जङ्गल सफारी सुरु

बाँके १० कार्तिक । बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुरु गरिएको छ । निकुञ्जको पा…

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुर, (बाँके) ११ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिकामा करदाताहरूलाई स्थानीय…

यो पनि

अवधी समुदायका महिलाले करवा चौथ पर्ब मनाउदै

अवधी समुदायका महिलाले करवा चौथ पर्ब मनाउदै

बाँके, १२ कार्तिक :आज कार्तिक कृष्ण चतुर्थी पश्चिम तराईका जिल्लामा अवधी समुदायका महिल…

आज दसहरा मेला, रामलिलामा रावण बध गरिदै

आज दसहरा मेला, रामलिलामा रावण बध गरिदै

नेपालगन्ज, ४ कार्तिक । नेपालगञ्ज रामलिला मैदानमा विजयादशमीको घटनास्थापनादेखि शुरु भ…

थारु बस्तीमा सखिया नाचले दसैँको रौनक

थारु बस्तीमा सखिया नाचले दसैँको रौनक

नेपालगञ्ज, ३ कात्तिक : दसैँ पर्वका अवसरमा बाँकेका थारु गाउँबस्तीमा परम्परागत सखिया न…

नेपालगन्जमा १५९औँ ऐतिहासिक रामलिलामामा रावण बधको तयारी

नेपालगन्जमा १५९औँ ऐतिहासिक रामलिलामामा रावण बधको तयारी

नेपालगन्ज, ३ असोज । नेपालगन्जमा जारी १५९औँ ऐतिसाहिस रामलिला मन्चनको विशेष आकर्षण रा…