Pairabi logo

असोज २७, २०८३, मंगलबार                    

तीज संस्कृतिलाई जगेर्ना गर्न मौलिक तीज गितमा जोड

डेक्स

डेक्स

तीज संस्कृतिलाई जगेर्ना गर्न मौलिक तीज गितमा जोड
ADVERTISEMENT

नेपालगन्ज । तीजको परम्परागत संस्कृतिलाई जगेर्ना गर्न मौलिक तीज गित प्रतियोगिताले महत्वपुर्ण भूमिका खेल्ने एक कार्यक्रमका सहभागिहरुले बताएका छन । क्रियाशिल पत्रकार महिला बाँकेको आयोजनामा आज नेपालगन्जमा सम्पन्न तीज मिलन कार्यक्रम अन्र्तगत मौलिक तीज गित प्रतियोगिताका सहभागिहरुले यस्तो कुरामा जोड दिएका हुन ।

क्रियाशिल पत्रकार महिला बाँकेका अध्यक्ष साबित्री गिरीको अध्यक्षतामा भएको कार्यक्रमको उदघाटन नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषी चौलागाइले गर्नुभयो । कार्यक्रममा बोल्दै चौलागाइले पत्रकार महिलाहरुले तीज संस्कृतिको संरक्षण गर्न गरेको प्रयास उदाहरणीय रहेको बताउनुभयो ।

उहाँले तीज पर्वमा पार्टी प्लालेसमा पुगेर दर खाने मात्र गर्नुभन्दा यसरी मौलिकता जोगाउने प्रयास गर्नु धेरै उत्तम हुने धारणा राख्नुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नविन गिरीले तीज संस्कृतिले एक आपसमा आत्मिएता र एकता जुटाउने भएकोले तीज गित प्रतियोगिताले सामुहिक सदभाव पनि झल्किने बतउनुभयो ।

कार्यक्रममा क्रियाशिल पत्रकार महिला बाँकेका संस्थापक अध्यक्ष अक्षरी पोखेल,अकोराबका केन्द्रिय सदस्य आरिफ अन्सारी,नेपाली कांग्रेस बाँकेका पार्टी सभापति नारायण प्रसाद गौडेल ,संचारिक समुह लुम्बिनी प्रदेशका उपाध्यक्ष रुपा गहतराज ,नेपाल पत्रकार महासंघ बाँकेका उपाध्यक्ष करुणा शाह,महिला उद्यमी संघ नेपाल बाँकेका अध्यक्ष रेवती सिङ,नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रिया स्मृति ढकाल , नेपाल पत्रकार महासंघका उपाध्यक्ष तथा क्रियाशिल पत्रकार महिला बाँकेका सल्लाहकार करुणा शाह लगायतले बोल्नुभएको थियो ।

कार्यक्रममा प्रेस युनियन बाँकेका निर्वतमान अध्यक्ष अर्जुन वली,सञ्चारिक समुह बाँकेका अध्यक्ष पवित्रा परियार,मुख्य प्रायोजक थिंक कनसल्टेन्सीका प्रतिनिधि इन्द्रमणी चापागाई र अभिशेष रेग्मी ,जेडि कलेक्सनका रिचा लुइटेल र श्री राजा खान विईङ ह्युम्यान संस्थाका प्रतिनिधि अरसद अलि रनगे्रज लगायत ५७ जनाको उपस्थिती रहेको थियो ।

आजको पत्रकार महिला बीच गरिएको मौलिक तिज गित प्रतियोगितामा  धना केसी प्रथम हुनुभएको छ । यसैगरी द्धितिय शान्ति सुनार ,तृतिय अनिता विश्वकर्मा र सान्त्वना विद्युतमा रैका हुनुभएको छ । प्रथम ,द्धितिय ,तृतिय र सान्त्वना लाई क्रमश ३ हजार ,२ हजार ,१५ सय र १ हजार रुपैया प्रदान गरिएको क्रियाशिल पत्रकार महिला बाँकेका सचिव निशु जोशिले जानकारी दिनुभयो । कार्यक्रममा स्वागत मन्तब्य क्रियाशिल पत्रकार महिला बाँकेका उपाध्यक्ष विमला चौधरीले दिनुभएको थियो । 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

दसैँ नजिकिँदै गर्दा मूर्तिकारलाई चटारोः परम्परा जोगाउँदै जीविकोपार्जन

दसैँ नजिकिँदै गर्दा मूर्तिकारलाई चटारोः परम्परा जोगाउँदै जीविकोपार्जन

नेपालगन्ज, ६ असोज । नेपालीको महान चाड दसैँ नजिकिँदै जाँदा नेपालगञ्जका मूर्तिकारलाई…

गुरु पूर्णिमा : अवधी समुदायमा भौंरी पर्व

गुरु पूर्णिमा : अवधी समुदायमा भौंरी पर्व

नेपालगन्ज, १३ साउन । आषाढ शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमा आज मधेशी समुदायले भौंर…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …