Pairabi logo

पुस ११, २०८२, शुक्रबार                    

तीज संस्कृतिलाई जगेर्ना गर्न मौलिक तीज गितमा जोड

डेक्स

डेक्स

तीज संस्कृतिलाई जगेर्ना गर्न मौलिक तीज गितमा जोड
ADVERTISEMENT

नेपालगन्ज । तीजको परम्परागत संस्कृतिलाई जगेर्ना गर्न मौलिक तीज गित प्रतियोगिताले महत्वपुर्ण भूमिका खेल्ने एक कार्यक्रमका सहभागिहरुले बताएका छन । क्रियाशिल पत्रकार महिला बाँकेको आयोजनामा आज नेपालगन्जमा सम्पन्न तीज मिलन कार्यक्रम अन्र्तगत मौलिक तीज गित प्रतियोगिताका सहभागिहरुले यस्तो कुरामा जोड दिएका हुन ।

क्रियाशिल पत्रकार महिला बाँकेका अध्यक्ष साबित्री गिरीको अध्यक्षतामा भएको कार्यक्रमको उदघाटन नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषी चौलागाइले गर्नुभयो । कार्यक्रममा बोल्दै चौलागाइले पत्रकार महिलाहरुले तीज संस्कृतिको संरक्षण गर्न गरेको प्रयास उदाहरणीय रहेको बताउनुभयो ।

उहाँले तीज पर्वमा पार्टी प्लालेसमा पुगेर दर खाने मात्र गर्नुभन्दा यसरी मौलिकता जोगाउने प्रयास गर्नु धेरै उत्तम हुने धारणा राख्नुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नविन गिरीले तीज संस्कृतिले एक आपसमा आत्मिएता र एकता जुटाउने भएकोले तीज गित प्रतियोगिताले सामुहिक सदभाव पनि झल्किने बतउनुभयो ।

कार्यक्रममा क्रियाशिल पत्रकार महिला बाँकेका संस्थापक अध्यक्ष अक्षरी पोखेल,अकोराबका केन्द्रिय सदस्य आरिफ अन्सारी,नेपाली कांग्रेस बाँकेका पार्टी सभापति नारायण प्रसाद गौडेल ,संचारिक समुह लुम्बिनी प्रदेशका उपाध्यक्ष रुपा गहतराज ,नेपाल पत्रकार महासंघ बाँकेका उपाध्यक्ष करुणा शाह,महिला उद्यमी संघ नेपाल बाँकेका अध्यक्ष रेवती सिङ,नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रिया स्मृति ढकाल , नेपाल पत्रकार महासंघका उपाध्यक्ष तथा क्रियाशिल पत्रकार महिला बाँकेका सल्लाहकार करुणा शाह लगायतले बोल्नुभएको थियो ।

कार्यक्रममा प्रेस युनियन बाँकेका निर्वतमान अध्यक्ष अर्जुन वली,सञ्चारिक समुह बाँकेका अध्यक्ष पवित्रा परियार,मुख्य प्रायोजक थिंक कनसल्टेन्सीका प्रतिनिधि इन्द्रमणी चापागाई र अभिशेष रेग्मी ,जेडि कलेक्सनका रिचा लुइटेल र श्री राजा खान विईङ ह्युम्यान संस्थाका प्रतिनिधि अरसद अलि रनगे्रज लगायत ५७ जनाको उपस्थिती रहेको थियो ।

आजको पत्रकार महिला बीच गरिएको मौलिक तिज गित प्रतियोगितामा  धना केसी प्रथम हुनुभएको छ । यसैगरी द्धितिय शान्ति सुनार ,तृतिय अनिता विश्वकर्मा र सान्त्वना विद्युतमा रैका हुनुभएको छ । प्रथम ,द्धितिय ,तृतिय र सान्त्वना लाई क्रमश ३ हजार ,२ हजार ,१५ सय र १ हजार रुपैया प्रदान गरिएको क्रियाशिल पत्रकार महिला बाँकेका सचिव निशु जोशिले जानकारी दिनुभयो । कार्यक्रममा स्वागत मन्तब्य क्रियाशिल पत्रकार महिला बाँकेका उपाध्यक्ष विमला चौधरीले दिनुभएको थियो । 

ताजा

सबै

नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड, ५ बुँदे नरैनापुर घोषणा–पत्र जारी

बाँके (नरैनापुर), । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न मिडियाको तर्फबाट सशक्तरुपल…

बढैयाताल गाउँपालिकाको पुर्नस्थापना तथा सेवा कोष ऐन २०८२ निमार्ण

नेपालगन्ज, १० पुस । मानव बेचविखन तथा लैङ्गिक हिंसाबाट पिडितहरुको पुर्नस्थापना, तत्का…

फागुन २१ मा चुनाव गर्नुपर्छ : सहमहामन्त्री राठौर

बाँके, ८ पुस :नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिह राठौरले प्रतिनिधीसभाको चुनाव…

नेपाल रेडक्रसको विधान संशोधन सुझाव कार्यशाला

प्रहलाद विश्वर्मा नेपालगंज ६ पुस ।। नेपाल रेडक्रस सोसाइटीको विधान संशोधनका लागि सुझ…

लोकप्रिय

सबै

फागुन २१ मा चुनाव गर्नुपर्छ : सहमहामन्त्री राठौर

बाँके, ८ पुस :नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिह राठौरले प्रतिनिधीसभाको चुनाव…

नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड, ५ बुँदे नरैनापुर घोषणा–पत्र जारी

बाँके (नरैनापुर), । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न मिडियाको तर्फबाट सशक्तरुपल…

बढैयाताल गाउँपालिकाको पुर्नस्थापना तथा सेवा कोष ऐन २०८२ निमार्ण

नेपालगन्ज, १० पुस । मानव बेचविखन तथा लैङ्गिक हिंसाबाट पिडितहरुको पुर्नस्थापना, तत्का…

यो पनि

नेपालको कलालाई संरक्षण सम्बद्र्धन गर्नुपर्नेमा जोड

नेपालको कलालाई संरक्षण सम्बद्र्धन गर्नुपर्नेमा जोड

नेपालगन्ज २ मङ्गसिर । उच्च अदालत नेपालगन्ज इजलासका वरिष्ठतम न्यायधिस बामदेव ज्ञवालीले …

नेपालगन्जमा दुई दिने इस्लामिक कला प्रर्दशनी

नेपालगन्जमा दुई दिने इस्लामिक कला प्रर्दशनी

नेपालगन्ज, १ मसिंर । अन्तर्राष्ट्रिय इस्लामिक कला दिवस २०२५को अवसरमा नेपालगन्जमा दुई द…

‘बर्फानी बाबा’ मन्दिर पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै

‘बर्फानी बाबा’ मन्दिर पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै

नेपालगञ्ज, २३ कात्तिक स् बाँके राप्तीसोनारी४ स्थित चुरे पहाडमा रहेको बर्फानी बाबा मन्द…

राप्ती नदी सिधनिया घाटमा पुर्णमासी मेला सुरु

राप्ती नदी सिधनिया घाटमा पुर्णमासी मेला सुरु

नेपालगन्ज १७ कात्तिक । बाँकेको राप्ती नदी सिधनिया घाटमा तीन दिने पुर्णमासी मेला शुर…