Pairabi logo

असोज २५, २०८३, आइतबार                    

यौनका रमाइला पक्ष

डेक्स

डेक्स

यौनका रमाइला पक्ष
ADVERTISEMENT


नेपालगञ्ज । यौन मानिसको जीवनको अभिन्न पाटो हो । यौनले श्रृष्टीलाई मात्र निरन्तरता दिएको छैन, मानिसमा एक किसिमको उर्जासमेत दिने गर्छ । तर, यसमा पनि कहिलेकाहीं समस्या र उल्झनहरु आउने गर्छन् । जसका कारण हाम्रो जीवन समस्यामा फस्ने गर्छ । यौन स्वास्थ्यका कुरामा आफूलाई फिट राख्न नसक्दा यी समस्यामा झेलिनुपर्ने हुन्छ ।

वैदेशिक रोजगारी होस् वा अध्ययनको सिलसिलामा घर–परिवार विशेष गरेर श्रीमतीबाट टाढा बस्दा अन्य कठिनाइका साथसाथै यौन सम्बन्धी अनेक असजिलोपन सहेर बस्नुपर्ने बाध्यता छ । अन्य कतिपय असजिलालाई सजिलै भन्न सकिए पनि यौनसम्बन्धी असजिलोपनलाई सहजै कसैले भन्दैनन् । अझ यस्तो स्थितिमा विदेशमा रहेका युवाहरूलाई असजिलो भएजस्तै यहाँका विवाहिता श्रीमतीहरूलाई पनि असजिलो हुन्छ ।

लिङ्ग कसरी उत्तेजित हुन्छ रु
लिङ्ग उत्तेजित नहुने कुरा गर्नुभन्दा पहिले यो कसरी उत्तेजित हुन्छ भन्ने चर्चा गरौं । हामीले इन्द्रियहरूबाट ग्रहण गरेका सन्देशहरू मस्तिष्कसम्म पुगेपछि चेतन रूपमा उक्त कुरा थाहा पाउँछौं । विभिन्न अङ्ग ९स्रोत०बाट सन्देशहरू स्नायु प्रणालीका नसाहरूबाट विद्युतीय तरङ्ग वा रसायनको माध्यमवाट मस्तिष्कसम्म पुग्छन् र त्यसलाई मस्तिष्कले अर्थ लगाएपछि हामीले थाहा पाउँछौं ।

यौन उत्तेजना हुने किसिमका सन्देश प्राप्त भए हामीमा यौन उत्तेजना बढ्छ । व्यक्तिअनुसार कुन किसिमको सन्देश बढी यौन उत्तेजक हुन्छ भन्ने कुरा चाहिँ फरक–फरक हुनसक्छ । यसरी यौन उत्तेजित हुन थालेपछि लिङ्गका धमनीहरूबाट बढी मात्रामा रगत लिङ्गमा भएको उत्थित हुन सक्ने विशेष तन्तुमा जम्मा हुन थाल्छ भने लिङ्गबाट रगत बाहिर निस्कने क्रम घट्छ । यसरी लिङ्गमा रगत भरिन्छ र लिङ्ग कडा, मोटो अनि लामो हुन्छ ।

यसलाई नै हामी लिङ्ग उत्तेजित भएको भन्छौं । यौनक्रिया शारीरिक क्रिया मात्र नभई मानसिक तथा भावनात्मक सम्बन्धहरूको मिश्रणसहितको जटिल कार्य हो । यौन उत्तेजनाका सन्देश मस्तिष्कसम्म यौन अङ्गबाहेक अन्य इन्द्रियबाट पनि आउँछन्, जस्तै–स्पर्श, दृष्टि, ध्वनि आदि । लिङ्गको कडापन तथा त्यसको निरन्तरता उत्तेजनाको स्रोत तथा व्यक्तिको शारीरिक एवम् मानसिक स्थितिमा भर पर्छ ।

लिङ्ग राम्रोसँग कडा नहुने कारण के होला रु
राम्रोसँग लिङ्ग उत्तेजित नहुने विभिन्न कारण हुन सक्छन् । यी शारीरिक तथा मानसिक दुवै हुन सक्छन् । लिङ्गको उत्थित हुन सक्ने तन्तुमा रक्त प्रवाहलाई नकारात्मक रूपमा प्रभाव पार्ने कुनै पनि स्थिति लिङ्ग उत्तेजना नहुने सम्भावित कारण बन्न सक्छ ।

मधुमेह, मृगौलाको खराबी वा कलेजोको खराबी, प्रजनन अङ्ग वा त्यसको स्नायु प्रणालीलाई प्रभावित पार्ने गरी भएको चोट पटक वा रोग, रक्तनसा वा रक्त प्रणालीमा भएको खराबीले लिङ्ग उत्तेजित नहुने समस्या सिर्जना गर्न सक्छ । एलर्जी, रक्तचाप तथा मानसिक रोगको उपचारका क्रममा खाइने कतिपय औषधि पनि यसका कारण हुन सक्छन् ।

पार्किन्सन्स वा क्यान्सरको उपचारमा प्रयोग गरिने औषधिहरूले पनि यस्तो गराउन सक्छ । साह्रै थकाइ लागेकाले होस् वा अधिक मादक पदार्थको सेवन गरेकाले होस्, लिङ्ग उत्तेजनामा नकारात्मक असर पारेको हुनसक्छ ।

त्यसैगरी तनाव, चिन्ता, ग्लानी, उदासीपन, आत्मविश्वास कम हुनु, यौन सक्षमताको चिन्ता, यौन सम्बन्धी कुरामै अरुची हुनु, यौन जोडीसँगको सम्बन्धमा भएको एकनासेपनबाट दिक्क हुनु, यौनरोग वा अन्य रोग लाग्ला कि भन्ने चिन्ता, भावनात्मक असन्तुलन वा अन्य मनोवैज्ञानिक रोग जस्ता कुरा पनि लिङ्ग उत्तेजित नहुने कारण हुन सक्छन् ।

अर्को कुरा, यदि श्रीमतीबाट टाढा बस्नु भएको छ भने यौनेच्छा शान्त पार्न पक्कै हस्तमैथुन गर्नु भएको होला । हस्तमैथुन गर्दा यदि लिङ्ग राम्रोसँग उत्तेजित हुन्छ भने तपाईंमा लिङ्ग राम्रोसँग उत्तेजित नहुने कुनै शारीरिक कारण छैन भन्ने मान्नु भए हुन्छ ।

समाधान के त रु
चाहिएको बेला चाहे जस्तो गरेर लिङ्ग उत्तेजित नभई यौन सम्पर्क राख्न नसकेको अनुभव धेरै जसो पुरुषले जीवनको कुनै न कुनै समयमा गरेका हुन्छन् । यसरी अपेक्षित रूपमा लिङ्ग उत्तेजित नहुँदा त्यस विषयमा निकै चासो तथा चिन्ता हुन्छ । हाम्रा सबै दिनका कार्य सम्पादन एकैनासका हुँदैनन् । यो कुरा यौन क्रियाकलापमा पनि लागू हुन्छ ।

कहिलेकाहीं यस्तो हुनुलाई चिन्ताको विषय बनाउनु ठीक होइन । कतिपय पुरुषलाई मनभित्र आफ्नो यौन क्षमता प्रदशित गर्नुपर्ने दबाब हुन सक्छ । त्यस्तो स्थिति भए तपाईंको समस्या थप चर्को हुनसक्छ । यस्तो स्थितिलाई उभायचmबलअभ बलहष्भतथ भनिन्छ । मुख्य कुरा त तनाव, चिन्ता तथा भयलाई कम गर्न सक्नुपर्छ । आत्मविश्वास बढाउने कार्यतिर लाग्नुपर्छ ।

तपाईंले आफ्नी श्रीमतीसँग कत्तिको कुराकानी गर्नुभएको छ थाहा भएन, तर श्रीमतीसँग लिङ्ग उत्तेजित हुने गरी यौन सम्पर्करहित यौन क्रियाकलापमा पर्याप्त समय बिताए सहयोग पुग्न सक्छ । दुवैले आफ्नै समस्या हो भन्ने मानेर समाधान गर्ने प्रतिबद्धताका साथ प्रयास गरे यो समस्या समाधान गर्न सकिन्छ । समस्या कायमै रहे चिकित्सकसँग सम्पर्क राख्नुपर्छ ताकि समस्याको सही निदान गरी त्यसैअनुसार उपचार गर्न सकियोस् ।

स्रोत ः एजेन्सी

ताजा

सबै

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

बर्दियामा युवा उद्यम परियोजनाको अभिमुखिकरण र स्थलगत अवलोकन

बर्दिया, असोज २५ । युवा उद्यमशीलता प्रवद्र्धन, परियोजना कार्यान्वयनलाई प्रभावकारी बनाउन…

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिव…

प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी विधेयकमाथि कानुन व्यवसायीसँग छलफल

नेपालगन्ज। सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ लाई संशोधन गर्न प्रस्ताव…

लोकप्रिय

सबै

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिव…

नाङ्गो विद्युत् तारबाट १७ वर्षीय किशोर घाइते भएपछि क्षतिपूर्तिको माग गर्दै अदालतमा मुद्दा

नेपालगन्ज। सार्वजनिक सडकमा लत्रिएको नाङ्गो विद्युत् तारको सम्पर्कमा परी गम्भीर घाइते भएक…

प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी विधेयकमाथि कानुन व्यवसायीसँग छलफल

नेपालगन्ज। सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ लाई संशोधन गर्न प्रस्ताव…

यो पनि

होटल पौवाले नयाँ अंग्रेजी वर्षमा विशेष कन्सर्ट गर्दै

होटल पौवाले नयाँ अंग्रेजी वर्षमा विशेष कन्सर्ट गर्दै

नेपालगन्जस्थित होटल पौवाले अंग्रेजी नयाँ वर्ष २०२६ लाई भव्य रूपमा स्वागत गर्दैछ । नयाँ…

होटल कलपत्रुले अंग्रेजी नयाँ वर्षमा सांगितिक उत्सव गर्दै

होटल कलपत्रुले अंग्रेजी नयाँ वर्षमा सांगितिक उत्सव गर्दै

नेपालगन्ज, १३ पुस । होटल कलपत्रु नेपालगन्जले अंग्रेजी नयाँ वर्ष २०२६ लाई सांगितिक उत्…

बिज्ञान स्याङ्गबोको यो नयन बोलको गीत सार्बजनिक

बिज्ञान स्याङ्गबोको यो नयन बोलको गीत सार्बजनिक

पवन जायसवाल नेपालगन्ज ।अफिसियल युट्युब च्यानलमार्फत बिज्ञान स्याङ्गबोको यो नयन बोलको ग…

‘ह्रस्व दीर्घ’को पहिलो साताको कमाइ ५ करोड बढी

‘ह्रस्व दीर्घ’को पहिलो साताको कमाइ ५ करोड बढी

काठमाडौं ७ मसिंर। चन्द्र पन्त निर्देशित फिल्म ह्रस्व दीर्घले पहिलो साता राम्रै कमाइ गरेक…