Pairabi logo

असोज २९, २०८३, बिहीबार                    

सिने रोयलको पहिलो बार्षिकोत्सवमा मोबाइल एप सार्वजनिक

डेक्स

डेक्स

सिने रोयलको पहिलो बार्षिकोत्सवमा मोबाइल एप सार्वजनिक
ADVERTISEMENT

नेपालगन्ज ११ साउन । नेपाली सिनेक्षेत्रका लागि प्रमुख गन्तव्यका रुपमा उदाएको नेपालगन्जस्थित उच्च स्तरीय सिनेमाघर सिनेरोयलले विभिन्न आकर्षक योजनासहित शुक्रवार आफ्नो पहिलो बार्षिकोत्सव मनाएको छ ।

यस अवसरमा सिनेरोयलले आफ्नो मोबाइल एप सार्वजनिक गरेको छ । टिकट खरिदमा दर्शकलाई सहज होस भन्ने हेतुले एप तयार गरिएको हो । भविष्यमा खाद्य परिकार सहित अन्य सेवामा समेत छुट दिनेगरी काम अघि बढाइएको सिनेरोयलका सिओओ रितेश श्रेष्ठले जानकारी गराउनुभयो । यस एपमार्फत अबको एक सातासम्म सिनेरोयलमा कुनैपनि सिनेमाको टिकट खरिद गर्ने दर्शकलाई लक्की ड्र मार्फत यति एयरलाइन्सको पर्वतीय उडान जित्ने मौका समेत रहनेछ । 

अबको दुई दिनसम्म टिकट खरिद गर्ने दर्शकका लागि नेपालगन्जस्थित वल्र्डलिंकले बिभिन्न प्याकेजमा २५ प्रतिशतसम्म छुट दिने सिने रोयलका मार्केटिङ म्यानेजर सौगात विक्रम शाहले बताउनुभयो। विभिन्न आकर्षक प्याकेजसहित पहिलो बार्षिकोत्सव मनाउन पाउँदा सिनेरोयलका संस्थापक डा। विनोद थापाले खुशी व्यक्त गर्नुभयो ।

डा. थापा पश्चिम नेपालमा चर्चित हाडजोर्नी बिशेषज्ञका रुपमा परिचित छन् । उहाँका सुपुत्र डा। राहुल थापाको परिकल्पनाको प्रतिफल हो, सिनेरोयल । पश्चिम नेपालमा स्तरीय साउन्ड सिस्टम र प्रविधियुक्त सिनेमाघरको परिकल्पना डा राहुलले गरेका थिए । र, गत बर्ष साउन ११ गते सिनेरोयलले आफ्नो सेवा सुरु गरेको थियो । 

डा राहुल उच्च शिक्षा अध्ययनका क्रममा अहिले नेपालबाहिर छन् । तसर्थ बार्षिकोत्सवमा उहाँ अनुपस्थित रहनुभयो। सिने रोयलको सफल यात्राका लागि संस्थापक डा विनोद थापाले सम्पुर्ण नेपालगन्जवासी प्रति आभार प्रकट गर्नुभयो । साथै उहाँले कर्मचारीको पनि मुक्तकण्ठले प्रशंसा गर्नुभयो । 

सिनेरोयलको एक बर्षे यात्रामा गदर २ सर्वाधिक आम्दानी गर्ने सिनेमा बनेको छ भने परदेशी २ ले नेपाली सिनेमाहरुमध्ये सर्वाधिक कमाइ गर्ने सुचिमा आफ्नो नाम लेखाएको छ । त्यसैगरी महाजात्रा ५१ दिनसम्म लगातार दर्शकको मन जित्न सफल सिनेमा बनेको छ ।

ताजा

सबै

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

यो पनि

होटल पौवाले नयाँ अंग्रेजी वर्षमा विशेष कन्सर्ट गर्दै

होटल पौवाले नयाँ अंग्रेजी वर्षमा विशेष कन्सर्ट गर्दै

नेपालगन्जस्थित होटल पौवाले अंग्रेजी नयाँ वर्ष २०२६ लाई भव्य रूपमा स्वागत गर्दैछ । नयाँ…

होटल कलपत्रुले अंग्रेजी नयाँ वर्षमा सांगितिक उत्सव गर्दै

होटल कलपत्रुले अंग्रेजी नयाँ वर्षमा सांगितिक उत्सव गर्दै

नेपालगन्ज, १३ पुस । होटल कलपत्रु नेपालगन्जले अंग्रेजी नयाँ वर्ष २०२६ लाई सांगितिक उत्…

बिज्ञान स्याङ्गबोको यो नयन बोलको गीत सार्बजनिक

बिज्ञान स्याङ्गबोको यो नयन बोलको गीत सार्बजनिक

पवन जायसवाल नेपालगन्ज ।अफिसियल युट्युब च्यानलमार्फत बिज्ञान स्याङ्गबोको यो नयन बोलको ग…

‘ह्रस्व दीर्घ’को पहिलो साताको कमाइ ५ करोड बढी

‘ह्रस्व दीर्घ’को पहिलो साताको कमाइ ५ करोड बढी

काठमाडौं ७ मसिंर। चन्द्र पन्त निर्देशित फिल्म ह्रस्व दीर्घले पहिलो साता राम्रै कमाइ गरेक…