Pairabi logo

कात्तिक ०६, २०८३, बिहीबार                    

सिने रोयलको पहिलो बार्षिकोत्सवमा मोबाइल एप सार्वजनिक

डेक्स

डेक्स

सिने रोयलको पहिलो बार्षिकोत्सवमा मोबाइल एप सार्वजनिक
ADVERTISEMENT

नेपालगन्ज ११ साउन । नेपाली सिनेक्षेत्रका लागि प्रमुख गन्तव्यका रुपमा उदाएको नेपालगन्जस्थित उच्च स्तरीय सिनेमाघर सिनेरोयलले विभिन्न आकर्षक योजनासहित शुक्रवार आफ्नो पहिलो बार्षिकोत्सव मनाएको छ ।

यस अवसरमा सिनेरोयलले आफ्नो मोबाइल एप सार्वजनिक गरेको छ । टिकट खरिदमा दर्शकलाई सहज होस भन्ने हेतुले एप तयार गरिएको हो । भविष्यमा खाद्य परिकार सहित अन्य सेवामा समेत छुट दिनेगरी काम अघि बढाइएको सिनेरोयलका सिओओ रितेश श्रेष्ठले जानकारी गराउनुभयो । यस एपमार्फत अबको एक सातासम्म सिनेरोयलमा कुनैपनि सिनेमाको टिकट खरिद गर्ने दर्शकलाई लक्की ड्र मार्फत यति एयरलाइन्सको पर्वतीय उडान जित्ने मौका समेत रहनेछ । 

अबको दुई दिनसम्म टिकट खरिद गर्ने दर्शकका लागि नेपालगन्जस्थित वल्र्डलिंकले बिभिन्न प्याकेजमा २५ प्रतिशतसम्म छुट दिने सिने रोयलका मार्केटिङ म्यानेजर सौगात विक्रम शाहले बताउनुभयो। विभिन्न आकर्षक प्याकेजसहित पहिलो बार्षिकोत्सव मनाउन पाउँदा सिनेरोयलका संस्थापक डा। विनोद थापाले खुशी व्यक्त गर्नुभयो ।

डा. थापा पश्चिम नेपालमा चर्चित हाडजोर्नी बिशेषज्ञका रुपमा परिचित छन् । उहाँका सुपुत्र डा। राहुल थापाको परिकल्पनाको प्रतिफल हो, सिनेरोयल । पश्चिम नेपालमा स्तरीय साउन्ड सिस्टम र प्रविधियुक्त सिनेमाघरको परिकल्पना डा राहुलले गरेका थिए । र, गत बर्ष साउन ११ गते सिनेरोयलले आफ्नो सेवा सुरु गरेको थियो । 

डा राहुल उच्च शिक्षा अध्ययनका क्रममा अहिले नेपालबाहिर छन् । तसर्थ बार्षिकोत्सवमा उहाँ अनुपस्थित रहनुभयो। सिने रोयलको सफल यात्राका लागि संस्थापक डा विनोद थापाले सम्पुर्ण नेपालगन्जवासी प्रति आभार प्रकट गर्नुभयो । साथै उहाँले कर्मचारीको पनि मुक्तकण्ठले प्रशंसा गर्नुभयो । 

सिनेरोयलको एक बर्षे यात्रामा गदर २ सर्वाधिक आम्दानी गर्ने सिनेमा बनेको छ भने परदेशी २ ले नेपाली सिनेमाहरुमध्ये सर्वाधिक कमाइ गर्ने सुचिमा आफ्नो नाम लेखाएको छ । त्यसैगरी महाजात्रा ५१ दिनसम्म लगातार दर्शकको मन जित्न सफल सिनेमा बनेको छ ।

ताजा

सबै

आज दसहरा मेला, रामलिलामा रावण बध गरिदै

नेपालगन्ज, ४ कार्तिक । नेपालगञ्ज रामलिला मैदानमा विजयादशमीको घटनास्थापनादेखि शुरु भ…

खसीबोका बिक्री गरेर दसैँ मनाउँदै फत्तेपुरका किसान महिला

बाँके, ३ कात्तिक । बाँकेको राप्ती सोनारी गाउँपालिका६ फत्तेपुरका किसान महिलाले खसीब…

थारु बस्तीमा सखिया नाचले दसैँको रौनक

नेपालगञ्ज, ३ कात्तिक : दसैँ पर्वका अवसरमा बाँकेका थारु गाउँबस्तीमा परम्परागत सखिया न…

नेपालगन्जमा १५९औँ ऐतिहासिक रामलिलामामा रावण बधको तयारी

नेपालगन्ज, ३ असोज । नेपालगन्जमा जारी १५९औँ ऐतिसाहिस रामलिला मन्चनको विशेष आकर्षण रा…

लोकप्रिय

सबै

नेपालगन्जमा १५९औँ ऐतिहासिक रामलिलामामा रावण बधको तयारी

नेपालगन्ज, ३ असोज । नेपालगन्जमा जारी १५९औँ ऐतिसाहिस रामलिला मन्चनको विशेष आकर्षण रा…

‘दसैँ गाउँमा नै रमाइलो’

कर्णाली, २ कात्तिकः बडादसैँ नजिकिदै गर्दा देश विदेशबाट घर फर्कनेहरुको यतिबेला घुँइच…

भोटेकोशी बाढीपछि बर्दियाका पाँच परिवारको दसैँ आँसुमा

शम्भुप्रसाद थारु बर्दिया, २ कात्तिक स् घरघरमा जमरा राखिएका छन्, कुलदेवताको पूजा भइरहे…

थारु बस्तीमा सखिया नाचले दसैँको रौनक

नेपालगञ्ज, ३ कात्तिक : दसैँ पर्वका अवसरमा बाँकेका थारु गाउँबस्तीमा परम्परागत सखिया न…

यो पनि

होटल पौवाले नयाँ अंग्रेजी वर्षमा विशेष कन्सर्ट गर्दै

होटल पौवाले नयाँ अंग्रेजी वर्षमा विशेष कन्सर्ट गर्दै

नेपालगन्जस्थित होटल पौवाले अंग्रेजी नयाँ वर्ष २०२६ लाई भव्य रूपमा स्वागत गर्दैछ । नयाँ…

होटल कलपत्रुले अंग्रेजी नयाँ वर्षमा सांगितिक उत्सव गर्दै

होटल कलपत्रुले अंग्रेजी नयाँ वर्षमा सांगितिक उत्सव गर्दै

नेपालगन्ज, १३ पुस । होटल कलपत्रु नेपालगन्जले अंग्रेजी नयाँ वर्ष २०२६ लाई सांगितिक उत्…

बिज्ञान स्याङ्गबोको यो नयन बोलको गीत सार्बजनिक

बिज्ञान स्याङ्गबोको यो नयन बोलको गीत सार्बजनिक

पवन जायसवाल नेपालगन्ज ।अफिसियल युट्युब च्यानलमार्फत बिज्ञान स्याङ्गबोको यो नयन बोलको ग…

‘ह्रस्व दीर्घ’को पहिलो साताको कमाइ ५ करोड बढी

‘ह्रस्व दीर्घ’को पहिलो साताको कमाइ ५ करोड बढी

काठमाडौं ७ मसिंर। चन्द्र पन्त निर्देशित फिल्म ह्रस्व दीर्घले पहिलो साता राम्रै कमाइ गरेक…