Pairabi logo

कात्तिक ११, २०८३, मंगलबार                    

होटल कलपत्रुले अंग्रेजी नयाँ वर्षमा सांगितिक उत्सव गर्दै

डेक्स

डेक्स

होटल कलपत्रुले अंग्रेजी नयाँ वर्षमा सांगितिक उत्सव गर्दै
ADVERTISEMENT

नेपालगन्ज, १३ पुस । होटल कलपत्रु नेपालगन्जले अंग्रेजी नयाँ वर्ष २०२६ लाई सांगितिक उत्सवसंगै स्वागत गर्ने भएको छ । आगामी बुधबार ३१ डिसेम्बर का बिन बेलुका ८ बजे होटलको हलमा विशेष समारोहका बीच सांगितिक कार्यक्रम गर्न लागिएको हो ।

सो विषयमा जानकारी यिन अजज आयोजित पत्रकार सम्मेलनमा होटलका महाप्रबन्धक लक्ष्मण पन्थीले सांगितिक कार्यक्रम पारिवारीक वातावरणमा गर्न लागिएको जानकारी दिनुभयो। उहाँले बुधबार बेलुका ८ बजेदेखी राती १२ बजेसम्म विशेष सांगितिक कार्यक्रम सञ्चालन हुने बताउनुभयो । सांगितिक प्रस्तुतीका लागि कलाकार अस्मिता अधिकारी, महेश काफ्ले र संचिता बुलाखे नेपालगन्ज आउनुहुनेछ । 

उक्त कार्यक्रम अवलोकन गर्नका लागि करिव साढे ५ सय दर्शक उपस्थित हुने आयोजकको अपेक्षा रहेको छ । अंग्रेजी नयाँ वर्षमा नेपालगन्जका अन्य होटलमा हुने सांगितिक कार्यक्रम भन्दा फरक होटल कलपत्रुमा शैली र वातावरणमा कार्यक्रम हुने महप्रबन्धक पन्थीले बताउनुभयो ।

‘हाम्रो यहाँ एकदमै पारिवारीक वातावरण, भरपर्दो शान्ति सुरक्षा र थोरै शुल्क तिरेर पनि कार्यक्रमबाट दर्शकहरुले भरपुर रुपमा मनोरञ्जन लिन पाउनु हुनेछ,’ उहाँले भन्नुभयो । 

कार्यक्रम अवलोकन गर्नका लागि सिंगल (एक जना) लाई १ हजार ८ सय र कपल जोडीलाई ३ हजार ५ सय रुपैयाँ तथा बालबालिकालाई एक हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ । उक्त शुल्क तिरेपछि अनलिमिटेड स्न्याक्स, खाना, ड्रिंङ्स, कोल्ड ड्रिंङ्स लगायत खाने कुरा ब्यवस्था गरिएको होटलले जनाएको छ ।

होटलले विगतका वर्षदेखी नै अंग्रेजी नयाँ वर्षको अवसरमा विशेष कार्यक्रम गर्दै आएको छ । नेपालगन्जको न्युरोडमा सञ्चालित उक्त होटलले चार तारे स्तरको मान्यता पाएको छ । पत्रकार सम्मेलनमा होटलका एचआर शिवानी गुप्ता लगायत विभिन्न विभागका प्रमुखहरु उपस्थित भएका थिए । 

ताजा

सबै

बाँके निकुञ्जमा जङ्गल सफारी सुरु

बाँके १० कार्तिक । बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुरु गरिएको छ । निकुञ्जको पा…

बाँकेको सैयापुर क्षेत्र पदयात्राको गन्तव्य

बाँके, १० कात्तिकः सैयापुर क्षेत्र हाइकिङ (पदयात्रा)लागि गन्तव्य स्थान बन्न थालेको छ । …

आधुनिक यन्त्रले सहज बन्दै ग्रामीण कृषि

भेषराज बस्नेत बाँके : गाउँगाउँमा परम्परागत खेती प्रणालीलाई आधुनिक प्रविधिले विस्थापि…

भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

बाँके १० कात्तिकः गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले यस वर्षक…

लोकप्रिय

सबै

चार स्थानीय तहमा लम्पी स्किन रोगविरुद्ध खोप अभियान

नेपालगन्ज, ५ कात्तिकः बाँकेका चार स्थानीय तहका गाईवस्तुमा लम्पी स्किन रोगविरुद्ध खोप अ…

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम  निर्माण : सिंचाइमा सहज

दाङ, ६ कात्तिक : दाङको तुलसीपुर उपमहानगरपालिका१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा …

‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

नेपालगन्ज,६ कात्तिकः बाँकेको नेपालगञ्ज उपमहानगरपालिका१९ का अमजत अली शेख विगत सात व…

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

युवराज पाण्डे बुटवल ६ कात्तिक :सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा ९माओवादी० र नेपाली …

यो पनि

होटल पौवाले नयाँ अंग्रेजी वर्षमा विशेष कन्सर्ट गर्दै

होटल पौवाले नयाँ अंग्रेजी वर्षमा विशेष कन्सर्ट गर्दै

नेपालगन्जस्थित होटल पौवाले अंग्रेजी नयाँ वर्ष २०२६ लाई भव्य रूपमा स्वागत गर्दैछ । नयाँ…

होटल कलपत्रुले अंग्रेजी नयाँ वर्षमा सांगितिक उत्सव गर्दै

होटल कलपत्रुले अंग्रेजी नयाँ वर्षमा सांगितिक उत्सव गर्दै

नेपालगन्ज, १३ पुस । होटल कलपत्रु नेपालगन्जले अंग्रेजी नयाँ वर्ष २०२६ लाई सांगितिक उत्…

बिज्ञान स्याङ्गबोको यो नयन बोलको गीत सार्बजनिक

बिज्ञान स्याङ्गबोको यो नयन बोलको गीत सार्बजनिक

पवन जायसवाल नेपालगन्ज ।अफिसियल युट्युब च्यानलमार्फत बिज्ञान स्याङ्गबोको यो नयन बोलको ग…

‘ह्रस्व दीर्घ’को पहिलो साताको कमाइ ५ करोड बढी

‘ह्रस्व दीर्घ’को पहिलो साताको कमाइ ५ करोड बढी

काठमाडौं ७ मसिंर। चन्द्र पन्त निर्देशित फिल्म ह्रस्व दीर्घले पहिलो साता राम्रै कमाइ गरेक…