Pairabi logo

असोज २१, २०८३, बुधबार                    

होटल कलपत्रुले अंग्रेजी नयाँ वर्षमा सांगितिक उत्सव गर्दै

डेक्स

डेक्स

होटल कलपत्रुले अंग्रेजी नयाँ वर्षमा सांगितिक उत्सव गर्दै
ADVERTISEMENT

नेपालगन्ज, १३ पुस । होटल कलपत्रु नेपालगन्जले अंग्रेजी नयाँ वर्ष २०२६ लाई सांगितिक उत्सवसंगै स्वागत गर्ने भएको छ । आगामी बुधबार ३१ डिसेम्बर का बिन बेलुका ८ बजे होटलको हलमा विशेष समारोहका बीच सांगितिक कार्यक्रम गर्न लागिएको हो ।

सो विषयमा जानकारी यिन अजज आयोजित पत्रकार सम्मेलनमा होटलका महाप्रबन्धक लक्ष्मण पन्थीले सांगितिक कार्यक्रम पारिवारीक वातावरणमा गर्न लागिएको जानकारी दिनुभयो। उहाँले बुधबार बेलुका ८ बजेदेखी राती १२ बजेसम्म विशेष सांगितिक कार्यक्रम सञ्चालन हुने बताउनुभयो । सांगितिक प्रस्तुतीका लागि कलाकार अस्मिता अधिकारी, महेश काफ्ले र संचिता बुलाखे नेपालगन्ज आउनुहुनेछ । 

उक्त कार्यक्रम अवलोकन गर्नका लागि करिव साढे ५ सय दर्शक उपस्थित हुने आयोजकको अपेक्षा रहेको छ । अंग्रेजी नयाँ वर्षमा नेपालगन्जका अन्य होटलमा हुने सांगितिक कार्यक्रम भन्दा फरक होटल कलपत्रुमा शैली र वातावरणमा कार्यक्रम हुने महप्रबन्धक पन्थीले बताउनुभयो ।

‘हाम्रो यहाँ एकदमै पारिवारीक वातावरण, भरपर्दो शान्ति सुरक्षा र थोरै शुल्क तिरेर पनि कार्यक्रमबाट दर्शकहरुले भरपुर रुपमा मनोरञ्जन लिन पाउनु हुनेछ,’ उहाँले भन्नुभयो । 

कार्यक्रम अवलोकन गर्नका लागि सिंगल (एक जना) लाई १ हजार ८ सय र कपल जोडीलाई ३ हजार ५ सय रुपैयाँ तथा बालबालिकालाई एक हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ । उक्त शुल्क तिरेपछि अनलिमिटेड स्न्याक्स, खाना, ड्रिंङ्स, कोल्ड ड्रिंङ्स लगायत खाने कुरा ब्यवस्था गरिएको होटलले जनाएको छ ।

होटलले विगतका वर्षदेखी नै अंग्रेजी नयाँ वर्षको अवसरमा विशेष कार्यक्रम गर्दै आएको छ । नेपालगन्जको न्युरोडमा सञ्चालित उक्त होटलले चार तारे स्तरको मान्यता पाएको छ । पत्रकार सम्मेलनमा होटलका एचआर शिवानी गुप्ता लगायत विभिन्न विभागका प्रमुखहरु उपस्थित भएका थिए । 

ताजा

सबै

गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्ने हिंसा तथा दुव्र्यवहारबारे नेपालगन्जमा छलफल

नेपालगन्ज, १९ असोज । गर्भावस्था, प्रसव तथा प्रसवोत्तर समयमा महिलाहरूले भोग्दै आएका दुव्…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

लोकप्रिय

सबै

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्ने हिंसा तथा दुव्र्यवहारबारे नेपालगन्जमा छलफल

नेपालगन्ज, १९ असोज । गर्भावस्था, प्रसव तथा प्रसवोत्तर समयमा महिलाहरूले भोग्दै आएका दुव्…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

यो पनि

होटल पौवाले नयाँ अंग्रेजी वर्षमा विशेष कन्सर्ट गर्दै

होटल पौवाले नयाँ अंग्रेजी वर्षमा विशेष कन्सर्ट गर्दै

नेपालगन्जस्थित होटल पौवाले अंग्रेजी नयाँ वर्ष २०२६ लाई भव्य रूपमा स्वागत गर्दैछ । नयाँ…

होटल कलपत्रुले अंग्रेजी नयाँ वर्षमा सांगितिक उत्सव गर्दै

होटल कलपत्रुले अंग्रेजी नयाँ वर्षमा सांगितिक उत्सव गर्दै

नेपालगन्ज, १३ पुस । होटल कलपत्रु नेपालगन्जले अंग्रेजी नयाँ वर्ष २०२६ लाई सांगितिक उत्…

बिज्ञान स्याङ्गबोको यो नयन बोलको गीत सार्बजनिक

बिज्ञान स्याङ्गबोको यो नयन बोलको गीत सार्बजनिक

पवन जायसवाल नेपालगन्ज ।अफिसियल युट्युब च्यानलमार्फत बिज्ञान स्याङ्गबोको यो नयन बोलको ग…

‘ह्रस्व दीर्घ’को पहिलो साताको कमाइ ५ करोड बढी

‘ह्रस्व दीर्घ’को पहिलो साताको कमाइ ५ करोड बढी

काठमाडौं ७ मसिंर। चन्द्र पन्त निर्देशित फिल्म ह्रस्व दीर्घले पहिलो साता राम्रै कमाइ गरेक…