Pairabi logo

कात्तिक १६, २०८३, आइतबार                    

बर्दियामा तीज गीतमार्फत सामाजिक सचेतना

सम्वाददाता

सम्वाददाता

बर्दियामा तीज गीतमार्फत सामाजिक सचेतना
ADVERTISEMENT

बर्दिया, १९ भदौ : हिन्दू नारीहरुको महानपर्व हरितालिका तीजको अवसर पारेर बर्दियाको बढैयाताल गाउँपालिकामा सामाजिक सचेतना जगाउने उद्देश्यले तीज गीत प्रतिस्पर्धा गराइएको छ । गीतमार्फत प्रजनन स्वास्थ्यका साथै बालविवाह, लागुऔषध र महिलाहिंसा विरुद्ध सचेतनामूलक प्रतिस्पर्धा गराइएको हो । 

समाजमा व्याप्त कुरिति, बेथिति एवं अत्याचारविरुद्ध सचेत पार्ने उद्देश्यले पालिकाको आयोजनामा कार्यक्रम गरिएको छ । सचेतनामूलक तीज गीत प्रतियोगितामा बढैयातालभित्रका ११ वटा महिला समूहको सहभागिता रहेको गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठीले जानकारी दिनुभयो ।

भारतीय सीमावर्ती क्षेत्रसँग जोडिएको पालिका भएकाले लागुऔषध, मानव बेचबिखन एवम् महिला हिंसाका घटना हुने गरेकाले सचेतनात्मक सांस्कृतिक प्रतियोगिताले समुदायलाई सचेत गराउनुका साथै मौलिक परम्पराको संरक्षणमा मद्दत पुग्ने विश्वास लिइएको उहाँले बताउनुभयो । अध्यक्ष त्रिपाठीले भन्नुभयो, “कला र संस्कृतिको जगेर्ना गर्दै समाजमा भएका विभिन्न विकृति, विसङ्गति, हानिकारक अभ्यास निर्मूल पार्न प्रतियोगिताले सहयोग पुग्ने विश्वास लिएका छौँ । बालविवाह, दाइजो प्रथा, महिला हिंसालगायत सामामाजिक कुरीति नियन्त्रण गर्न प्रतियोगिताले सहयोग पुग्नेछ ।” 

स्थानीय महिला समूहले बालविवाह, लागुऔषध, महिलाहिंसा तथा प्रजनन स्वास्थ्य अधिकारका बारेमा गीतका माध्यमबाट सचेतना फैलाउने प्रयास गरेका गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मीकुमारी अधिकारीले बताउनुभयो । बालविवाहका कारण समाजमा महिला हिंसालगायत थुप्रै घटना हुने भएकाले अभिभावक चनाखो हुनुपर्ने विषय गीतमा प्रस्तुत गरिएका उहाँले जानकारी दिनुभयो । 

विवाह गर्ने सही उमेरका बारेमा ज्ञानको कमी हुँदा महिलाले विभिन्न शारीरिक पीडा भोग्नु परेको, साना बालबालिका लागुऔषधको शिकार हुने गरेकाले यस्ता कुलतबाट बच्न सन्देशमूलक तीज गीत प्रतियोगिता आयोजना गरिएको उहाँले प्रष्ट्याउनुभयो । बालविवाह तथा महिला हिंसा, प्रजनन स्वस्थ्य र लागुऔषध दुव्र्यसनी न्यूनीकरणसम्बन्धी सन्देशमूलक गीत मौलिक रुपमा रचना गरी प्रतिस्पर्धामा प्रस्तुति गरिएको थियो । सहभागी ११ समूहमध्ये पतञ्जलि योग महिला समूह प्रथम, सङ्कल्प महिला विकास समूह द्धितीय, सक्रिय बुहारी समूह तृर्तीय र दिदीबहिनी महिला समूहले सान्त्वना स्थान प्राप्त गरेका छन् ।

प्रथम हुने समूहलाई रु १२ हजार पाँच सय, द्धितीयलाई रु १० हजार, तृतीयलाई रु आठ हजार र सान्त्वना स्थान प्राप्त गर्ने समूहलाई रु तीन हजार सात सय ५० नगदसहित प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।

ताजा

सबै

कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित

कर्णाली, १४ कात्तिकः कर्णाली हिमाली जिल्लाका उच्च भागमा हिमपात हुँदा यहाँको जनजीवन प्…

फूल आयतमा रोक लगाएपछि व्यावसायीक फूलखेतीमा किसानको आकर्षण बढ्दै

नेपालगनज, १४ कात्तिकः भारतीय फूल आयतमा रोक लगाएसँगै बाँकेमा व्यावसायिक फूलखेतीमा …

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बाँके, १४ कात्तिकः बैजनाथ गाउँपालिकाले गत आर्थिक वर्षमा नौ किलोमिटर सडक निर्माण गरे…

मानव बेचबिखन रोकथामका लागि स्थानीयस्तरमा समन्वय र सहकार्यमा जोड

बर्दिया १४ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत बाँके युनेस्को क्लबले प्लान इन्टरने…

लोकप्रिय

सबै

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

बर्दिया १२ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँ…

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

बर्दिया, ११ कार्तिक । मानव बेचबिखनको रोकथाम तथा नियन्त्रण र यससँग सम्बन्धित सामाजिक स…

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुर, (बाँके) ११ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिकामा करदाताहरूलाई स्थानीय…

बाँके निकुञ्जमा जङ्गल सफारी सुरु

बाँके १० कार्तिक । बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुरु गरिएको छ । निकुञ्जको पा…

यो पनि

अवधी समुदायका महिलाले करवा चौथ पर्ब मनाउदै

अवधी समुदायका महिलाले करवा चौथ पर्ब मनाउदै

बाँके, १२ कार्तिक :आज कार्तिक कृष्ण चतुर्थी पश्चिम तराईका जिल्लामा अवधी समुदायका महिल…

आज दसहरा मेला, रामलिलामा रावण बध गरिदै

आज दसहरा मेला, रामलिलामा रावण बध गरिदै

नेपालगन्ज, ४ कार्तिक । नेपालगञ्ज रामलिला मैदानमा विजयादशमीको घटनास्थापनादेखि शुरु भ…

थारु बस्तीमा सखिया नाचले दसैँको रौनक

थारु बस्तीमा सखिया नाचले दसैँको रौनक

नेपालगञ्ज, ३ कात्तिक : दसैँ पर्वका अवसरमा बाँकेका थारु गाउँबस्तीमा परम्परागत सखिया न…

नेपालगन्जमा १५९औँ ऐतिहासिक रामलिलामामा रावण बधको तयारी

नेपालगन्जमा १५९औँ ऐतिहासिक रामलिलामामा रावण बधको तयारी

नेपालगन्ज, ३ असोज । नेपालगन्जमा जारी १५९औँ ऐतिसाहिस रामलिला मन्चनको विशेष आकर्षण रा…