Pairabi logo

कात्तिक ०१, २०८३, शनिबार                    

बर्दियामा तीज गीतमार्फत सामाजिक सचेतना

सम्वाददाता

सम्वाददाता

बर्दियामा तीज गीतमार्फत सामाजिक सचेतना
ADVERTISEMENT

बर्दिया, १९ भदौ : हिन्दू नारीहरुको महानपर्व हरितालिका तीजको अवसर पारेर बर्दियाको बढैयाताल गाउँपालिकामा सामाजिक सचेतना जगाउने उद्देश्यले तीज गीत प्रतिस्पर्धा गराइएको छ । गीतमार्फत प्रजनन स्वास्थ्यका साथै बालविवाह, लागुऔषध र महिलाहिंसा विरुद्ध सचेतनामूलक प्रतिस्पर्धा गराइएको हो । 

समाजमा व्याप्त कुरिति, बेथिति एवं अत्याचारविरुद्ध सचेत पार्ने उद्देश्यले पालिकाको आयोजनामा कार्यक्रम गरिएको छ । सचेतनामूलक तीज गीत प्रतियोगितामा बढैयातालभित्रका ११ वटा महिला समूहको सहभागिता रहेको गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठीले जानकारी दिनुभयो ।

भारतीय सीमावर्ती क्षेत्रसँग जोडिएको पालिका भएकाले लागुऔषध, मानव बेचबिखन एवम् महिला हिंसाका घटना हुने गरेकाले सचेतनात्मक सांस्कृतिक प्रतियोगिताले समुदायलाई सचेत गराउनुका साथै मौलिक परम्पराको संरक्षणमा मद्दत पुग्ने विश्वास लिइएको उहाँले बताउनुभयो । अध्यक्ष त्रिपाठीले भन्नुभयो, “कला र संस्कृतिको जगेर्ना गर्दै समाजमा भएका विभिन्न विकृति, विसङ्गति, हानिकारक अभ्यास निर्मूल पार्न प्रतियोगिताले सहयोग पुग्ने विश्वास लिएका छौँ । बालविवाह, दाइजो प्रथा, महिला हिंसालगायत सामामाजिक कुरीति नियन्त्रण गर्न प्रतियोगिताले सहयोग पुग्नेछ ।” 

स्थानीय महिला समूहले बालविवाह, लागुऔषध, महिलाहिंसा तथा प्रजनन स्वास्थ्य अधिकारका बारेमा गीतका माध्यमबाट सचेतना फैलाउने प्रयास गरेका गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मीकुमारी अधिकारीले बताउनुभयो । बालविवाहका कारण समाजमा महिला हिंसालगायत थुप्रै घटना हुने भएकाले अभिभावक चनाखो हुनुपर्ने विषय गीतमा प्रस्तुत गरिएका उहाँले जानकारी दिनुभयो । 

विवाह गर्ने सही उमेरका बारेमा ज्ञानको कमी हुँदा महिलाले विभिन्न शारीरिक पीडा भोग्नु परेको, साना बालबालिका लागुऔषधको शिकार हुने गरेकाले यस्ता कुलतबाट बच्न सन्देशमूलक तीज गीत प्रतियोगिता आयोजना गरिएको उहाँले प्रष्ट्याउनुभयो । बालविवाह तथा महिला हिंसा, प्रजनन स्वस्थ्य र लागुऔषध दुव्र्यसनी न्यूनीकरणसम्बन्धी सन्देशमूलक गीत मौलिक रुपमा रचना गरी प्रतिस्पर्धामा प्रस्तुति गरिएको थियो । सहभागी ११ समूहमध्ये पतञ्जलि योग महिला समूह प्रथम, सङ्कल्प महिला विकास समूह द्धितीय, सक्रिय बुहारी समूह तृर्तीय र दिदीबहिनी महिला समूहले सान्त्वना स्थान प्राप्त गरेका छन् ।

प्रथम हुने समूहलाई रु १२ हजार पाँच सय, द्धितीयलाई रु १० हजार, तृतीयलाई रु आठ हजार र सान्त्वना स्थान प्राप्त गर्ने समूहलाई रु तीन हजार सात सय ५० नगदसहित प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।

ताजा

सबै

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

यो पनि

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

दसैँ नजिकिँदै गर्दा मूर्तिकारलाई चटारोः परम्परा जोगाउँदै जीविकोपार्जन

दसैँ नजिकिँदै गर्दा मूर्तिकारलाई चटारोः परम्परा जोगाउँदै जीविकोपार्जन

नेपालगन्ज, ६ असोज । नेपालीको महान चाड दसैँ नजिकिँदै जाँदा नेपालगञ्जका मूर्तिकारलाई…

गुरु पूर्णिमा : अवधी समुदायमा भौंरी पर्व

गुरु पूर्णिमा : अवधी समुदायमा भौंरी पर्व

नेपालगन्ज, १३ साउन । आषाढ शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमा आज मधेशी समुदायले भौंर…