Pairabi logo

पुस २७, २०८२, आइतबार                    

ग्रामिण समुदायका महिला अझै हिंसा पिडित

डेक्स

डेक्स

ग्रामिण समुदायका महिला अझै हिंसा पिडित
ADVERTISEMENT

नेपालगन्ज १६ मसिंर । 
अभिभावकमा सचेतनाको अभावले ग्रामिण समुदायका महिलाहरु अझै पनि लैङ्गिक हिंसाबाट पिडित हुने गरेको महिलाहरु बताएका छन ।

महिला कानुन र विकास मञ्चको सहकार्यमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जले बाँकेको डुडुवा गाउँपालिका वार्ड नं. २ मा गरेको समुहगत छलफलका सहभागीहरुले परम्परागत सोचका कारण अझै पनि आफ्ना बालिकाहरुलाई उच्च शिक्षा नदिनु दुर्भाग्यपुर्ण अवस्था रहेको अगुवाहरु बताएका छन । 

उनीहरुले समाजमा व्याप्त विभिन्न कुरुतीले महिलाहरु समाजमा अघि बढ्न नपाएको बताएका थिए । महिलाहरुले बाल विवाह, दाइजो प्रथा, जातिय भेदभाव, बहु विवाहको समस्याले किशोरी तथा महिलाहरु समस्यामा परेको बताएका छन । 

मधेशी समुदायमा अझै पनि शिक्षाको अभाव भएकाले सबै भन्दा पहिला चेतना अभिबृद्धि गरी उनीहरुको जीवन परिवर्तन गर्नुपर्नेमा जोड दिइएको थियो । 

कार्यक्रममा महिला अगुवा लिलावती यादव, संस्थाका उपाध्यक्ष कृष्णमुरारी प्रसाद भट्ट, रविन्द्र ज्ञवाली, देवकी यादव, धु्रब्रा बर्मालगायतले समाजमा सचेतना अभिबृद्धी भएका लैङ्गिक हिंसा न्युनीकरण हुने विश्वास व्यक्त गर्नुभयो । 

महिला तथा बालिका हिंसाविरुद्ध नीतिगत सुधार तथा सचेतना कार्यक्रम अन्र्तगत लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानका अवसरमा उक्त कार्यक्रम गरिएको हो । 

संस्थाले बाँके र बर्दियाका चार वटा स्थानीय तहमा महिला तथा बालिका हिंसाविरुद्ध ऐन, कानुन, नीति तथा कार्यविधी निमार्ण गर्ने संस्थाका कार्यकारी निर्देशक राकेशकुमार मिश्रले जानकारी दिनुभयो ।

ताजा

सबै

डुडुवाको १९औँ गाउँसभा

डुडुवा (बाँके), २५ पुस । बाँके डुडुवा गाउँपालिकाको १९औँ गाउँसभा बसेको छ । आज शु…

जानकी गाउँपालिकाको हिंसा सम्वोधनका लागि सिफारिस प्रर्णाली निर्देशिका निमार्ण

नेपालगन्ज । बाँके जानकी गाउँपालिकाको महिला तथा बालिकाविरुद्ध हुने हिंसा सम्वोधनका …

नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आचार संहिता तयार

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आ…

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

बाँके, २४ पुस । राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा बसेको छ । जसमा गाउँपालिका…

लोकप्रिय

सबै

स्वास्थ्यमा डुडुवा गाउँपालिका बाँके मै उत्कृष्ट

डुडुवा (बाँके), २४ पुस । बाँके डुडुवा गाउँपालिकाले स्वास्थ्य सेवा अन्र्तगतको कार्य सम्…

नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आचार संहिता तयार

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आ…

सार्वजनिक सरोकार समूहद्धारा अदालतको आदेश कार्यान्वयनमा जोड

बसन्त गौतम नेपालगञ्ज, २३ पुस। सार्वजनिक सरोकार कानून व्यवसायी समूहको बुधबार बसेको ब…

जानकी गाउँपालिकाको हिंसा सम्वोधनका लागि सिफारिस प्रर्णाली निर्देशिका निमार्ण

नेपालगन्ज । बाँके जानकी गाउँपालिकाको महिला तथा बालिकाविरुद्ध हुने हिंसा सम्वोधनका …

यो पनि

डिजिटल हिंसामा आधारित कचहरी नाटक ‘स्वतन्त्र पाईला’ प्रर्दशन शुरु

नेपालगन्ज, २१ पुस । लैङ्गिक हिंसा सम्वन्धी कानुनी सचेतना अन्र्तगत डिजिटल हिंसामा आधार…