Pairabi logo

कात्तिक ०१, २०८३, शनिबार                    

बाँकेमा सुरु भयो चैते धानको उत्पादन

डेक्स

डेक्स

बाँकेमा सुरु भयो चैते धानको उत्पादन
ADVERTISEMENT

नेपलागञ्ज । दुई वर्षदेखि बाँकेका किसानहरूले चैते धान उत्पादन गर्न थालेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई, नेपालगन्जले जिल्लाको बैजनाथ, खजुरा र जानकी गाउँपालिकामा धान जोन सुरु गरेपछि ती क्षेत्रमा चैते धान उत्पादन थालिएको हो ।

वर्षे धान सीमित मात्रामा उत्पादन हुँदा भारतबाट ठुलो परिमाणमा चामल आयात गर्नुपर्ने भएपछि वैकल्पिक धानको उत्पादनमा जोड दिइएको परियोजना कार्यान्वयन इकाई, नेपालगन्जका प्रमुख राकेश ओझाले बताए ।

परियोजना सञ्चालन भएको पकेट क्षेत्रमा किसान छनोट गरी उनीहरूलाई धानको बीउ, विषादी र मलखाद निःशुल्क उपलब्ध गराइएको छ । पकेट क्षेत्रमा हर्दिनाथ र हाइब्रिड–१ नामक धानको खेती हुने गरेको छ । हाल धान जोन कार्यक्रम सात हेक्टर जमिनमा छ ।

यसलाई अझै विस्तार गर्ने लक्ष्य रहेको परियोजना इकाई कार्यान्वयन कार्यालयले जनाएको छ । ‘किसानलाई प्रविधिका बारेमा जानकारी दिँदै धान जोनमा विभिन्न बालीको प्रर्दशनी गरेर आर्कषण बढाउने योजना छ,’ ओझाले भने ।

उनले किसानलाई कृषि यान्त्रिकीकरणमा ५० प्रतिशत, साना सिँचाइमा ५० प्रतिशत र आधुनिक मेसिनमा ५० प्रतिशत सुविधा उपलब्ध गराइएको जानकारी दिए । उनका अनुसार अहिले किसानलाई साना सिँचाइ र मलको आवश्यकता छ ।

जिल्लाको बैजनाथ गाउँपालिका–२, ३ र ४ को नौवास्ता, वडा नं ७ को वनकटवा, वडा नं ८ को टिटिहिरियामा सात हजार ४२३ घरधुरी धान जोन कार्यक्रममा संलग्न छन् । जानकी गाउँपालिका–१ को साइगाउँ, वडा नं २ को बेलाभार, वडा नं ३ को नेपालगन्ज र वडा नं ४ को खजुराखुर्दमा चार हजार ७८७ घरधुरी छन् ।

त्यस्तै खजुरा गाउँपालिका वडा नं २ को खजुराखुर्द, वडा नं ४ को सीतापुरमा तीन हजार ३४४ घरधुरी सो कार्यक्रममा संलग्न भएका परियोजना कार्यान्वयन इकाइले जनाएको छ । धान जोन समन्वय समितिका संयोजक सर्वजीत विष्टले वर्षे धान भन्दा चैते धानको उत्पादन बढी भएको बताए ।

उनले किसानलाई ७५ प्रतिशत अनुदानमा सिँचाइ योजना उपलब्ध गराउन सम्बन्धित निकायलाई आग्रह गर्दै नहर भएको ठाउँमा खेती सफल हुने बताए । धानको बिक्री वितरणका समयमा बिचौलियाले धेरै नाफा लिने भएकाले बजारीकरणमा सरकारले ध्यान दिनुपर्ने किसानहरूको भनाइ छ ।


 

ताजा

सबै

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

लोकप्रिय

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

यो पनि

बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै

बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै

नेपालगन्ज, ३० साउनः बाँकेमा अहिलेसम्म साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै र उजुरी घटदै ग…

बाँकेमा ४५ हजार लगानीकर्ता टिएमएसबाट कारोबार गर्दै

बाँकेमा ४५ हजार लगानीकर्ता टिएमएसबाट कारोबार गर्दै

नेपालगन्ज, १० साउन स् बाँकेमा शेयर बजारप्रति आकर्षण बढ्दै जाँदा करिब ४५ हजार लगानीकर्…

डुडुवा सूचना आदान प्रदान तथा मिडिया नीतिबारे कार्यपालिकासँग छलफल

डुडुवा सूचना आदान प्रदान तथा मिडिया नीतिबारे कार्यपालिकासँग छलफल

डुडुवा (बाँके) ३ असार । बाँकेको डुडुवा गाउँपालिकाले तयार गरेको डुडुवा सूचना आदा…

डिजिटल सशक्तिकरण सम्बन्धी तीन दिने तालिम

डिजिटल सशक्तिकरण सम्बन्धी तीन दिने तालिम

बर्दिया ६ जेठ । बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको आयोजनामा सुरक्षा परियो…