Pairabi logo

असोज २०, २०८३, मंगलबार                    

भुकम्प पुर्व तयारी बारे नेपालगन्जका विद्यालयमा कृतिम घटना अभ्यास

डेक्स

डेक्स

भुकम्प पुर्व तयारी बारे नेपालगन्जका विद्यालयमा कृतिम घटना अभ्यास
ADVERTISEMENT

नेपालगन्ज ९ फागुन । विपद् न्युनीकरणका लागि भूकम्प पुर्वतयारी बारे कृत्रिम घटना अभ्यास गरिएको छ । नेपालगञ्जस्थित महेन्द्र माविमा आज शुक्रबार एक कार्यक्रमका विच भुकम्पबारे सचेतना अभिबृद्धिका लागि कृतिम घटना अभ्यास गरिएको हो । 

युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ, युएन ओमन र एचआईको साझेदारी तथा सिडिएम नेपालको सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकामा सञ्चालित सहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर)को प्राविधिक सहयोगमा संचालित कार्यक्रमले भूकम्पीय जोखिम न्यूनीकरणका लागि सचेतना प्रर्वद्धन गरिरहेको छ । 

विपद् जोखिमको पुर्व तयारी, समुदायस्तरमा खोज उद्धार र प्राथमिक उपचार लगायतका बारेमा विद्यालयका विद्यार्थीहरुलाई सचेतना अभिबृद्धि अन्र्तगत कृति घटना अभ्यास गरिएको महेन्द्र माविका प्रधानाध्यापक दिलिपकुमार शाहले बताउनुभयो । 

भुकम्पलगायतका विपतजन्य घटना बारे सचेतना तथा पुर्व तयारीका लागि विद्यार्थीहरुको भुमिका बढी हुने भएकाले कृतिम घटना अभ्यास गराइएको विद्यालयका शिक्षक राजेशकुमार यावले बताउनुभयो ।  

नेपालगन्ज उपमहानगरपालिका शिक्षा तथा खेलकुद महाशाखा प्रमुख गोर्ख वहादुर थापाले नगरका विद्यालयमा विपद जोखिम न्यूनिकरणका लागि काम शुरु भएको भन्दै विपद्को जोखिम तथा पुर्व तयारीबारे विद्यार्थीहरुलाई सचेत बनाउने बताउनुभयो ।

भूकम्पको घटना सिर्जना गरेर घटनाबाट बच्ने उपाय, खोज तथा उद्दार, प्राथमिक उपचार, उपचारका लागि अस्पतालसम्मको प्रबन्ध, विपद ब्यवस्थापन समितिको बैठक तथा निर्णयलगायत क्रियाकलाप गरेर विपद नियन्त्रण सम्बन्धि कृतिम घटना अभ्यास गरिएको स्थानीय आपतकालीन कार्यसञ्चालन केन्द्र नेपालगन्जका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताउनुभयो । उहाँका अनुसार कृतिम घटना अभ्यासमा विद्यालयका तालिम प्राप्त शिक्षक, करिब एक सय बढी विद्यार्थी लगायतको सहभागिता रहेको थियो । 


कार्यक्रममा राष्ट्रिय भुकम्प प्रविधी समाज (एनसेट) का कार्यक्रम अधिकृत सुशिल पण्डितले सहजीकरण गर्नुभएको थियो । सुपर परियोजना अन्र्तगत विद्यालयका विद्यार्थीहरुलाई भुकम्पी सुरक्षा तथा पुर्व तयारीबारे सचेत बनाउन नेपालगन्जका ३० वटा आधारभुत र माध्यमिक विद्यालयमा कृतिम घटना अभ्याससंगै बृहत्तर विद्यालय सुरक्षा योजना तयार गरिनेछ ।  

कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका विपद् समिति संयोजक समिरप्रताप शाह लगायतको सहभागिता रहेको थियो । 


 

ताजा

सबै

गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्ने हिंसा तथा दुव्र्यवहारबारे नेपालगन्जमा छलफल

नेपालगन्ज, १९ असोज । गर्भावस्था, प्रसव तथा प्रसवोत्तर समयमा महिलाहरूले भोग्दै आएका दुव्…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

लोकप्रिय

सबै

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

बर्दिया । राजापुर नगरपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धि तथा बालबालिकाको सिकाइ उपलब्ध…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

यो पनि

बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै

बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै

नेपालगन्ज, ३० साउनः बाँकेमा अहिलेसम्म साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै र उजुरी घटदै ग…

बाँकेमा ४५ हजार लगानीकर्ता टिएमएसबाट कारोबार गर्दै

बाँकेमा ४५ हजार लगानीकर्ता टिएमएसबाट कारोबार गर्दै

नेपालगन्ज, १० साउन स् बाँकेमा शेयर बजारप्रति आकर्षण बढ्दै जाँदा करिब ४५ हजार लगानीकर्…

डुडुवा सूचना आदान प्रदान तथा मिडिया नीतिबारे कार्यपालिकासँग छलफल

डुडुवा सूचना आदान प्रदान तथा मिडिया नीतिबारे कार्यपालिकासँग छलफल

डुडुवा (बाँके) ३ असार । बाँकेको डुडुवा गाउँपालिकाले तयार गरेको डुडुवा सूचना आदा…

डिजिटल सशक्तिकरण सम्बन्धी तीन दिने तालिम

डिजिटल सशक्तिकरण सम्बन्धी तीन दिने तालिम

बर्दिया ६ जेठ । बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको आयोजनामा सुरक्षा परियो…