Pairabi logo

मंसिर १०, २०८३, बुधबार                    

बर्दियाका सात पालिकाका ३६ शिक्षक क्षमता अभिबृद्धि तालिम

डेक्स

डेक्स

बर्दियाका सात पालिकाका ३६ शिक्षक क्षमता अभिबृद्धि तालिम
ADVERTISEMENT

बर्दिया, १९ कार्तिब । आधारभूत तथा माध्यमिक तहमा अध्यापनरत शिक्षकहरूको शिक्षण क्षमता अभिवृद्धि गर्दै विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला तथा गणितमा आधारित नवीन शिक्षण पद्धतिको प्रवर्द्धन गर्ने उद्देश्यले बर्दियाका शिक्षकलाई तालिम दिइएको छ । 

बाँके युनेस्को क्लब र राधाकृष्ण थारू जनसेवा केन्द्रको साझेदारीमा प्लान इन्टरनेशनल नेपालको सहयोगमा सञ्चालित ‘बालबालिका, किशोरकिशोरी तथा युवाका लागि सुरक्षित भविष्य परियोजना’ अन्तर्गत उक्त तालिम सञ्चालन गरिएको हो।

तालिममा बर्दिया जिल्लाका परियोजना कार्यक्षेत्रभित्र रहेका सातवटा पालिकाका आधारभूत तथा माध्यमिक तहका ३६ जना शिक्षकहरूको सहभागिता रहेको थियो। तालिम दुई चरणमा सञ्चालन गरिएको थियो। पहिलो चरणमा २०८३ कार्तिक १४ देखि १६ गतेसम्म बारबर्दिया, गुलरिया र बढैयाताल नगरपालिकाका १६ जना शिक्षक सहभागी भएका थिए। त्यसैगरी, दोस्रो चरणमा कार्तिक १७ देखि १९ गतेसम्म राजापुर, गेरुवा, मधुवन र ठाकुरबाबा नगरपालिकाका २० जना शिक्षकहरूको सहभागिता रहेको थियो।

तालिमको मुख्य उद्देश्य शिक्षकहरूको मा आधारित शिक्षण पद्धति प्रयोग गर्ने ज्ञान, सीप तथा व्यावहारिक क्षमता अभिवृद्धि गर्नुका साथै कक्षाकोठामा विद्यार्थीकेन्द्रित, अनुभवमा आधारित, खोज तथा अनुसन्धानमुखी र सहभागितामूलक सिकाइ पद्धतिको विकास गर्नु रहेको थियो।

तालिमका क्रममा अन्तरविषयगत शिक्षण पद्धति, परियोजनामा आधारित सिकाइ, सिर्जनात्मक सोच, समस्या समाधान गर्ने क्षमता तथा स्थानीय स्तरमा सहजै उपलब्ध र न्यून लागतका शैक्षिक सामग्रीहरूको प्रभावकारी प्रयोगलगायतका विषयमा सैद्धान्तिक तथा व्यावहारिक अभ्यास गराइएको थियो।

त्यसैगरी, शिक्षण–सिकाइ प्रक्रियामा लैङ्गिक समानता, समावेशिता तथा विशेषगरी छात्राहरूको सक्रिय सहभागिता र नेतृत्व विकासलाई प्राथमिकताका साथ समेटिएको थियो। प्रत्येक बालबालिकाले आफ्नो लैङ्गिक अवस्था, सामाजिक तथा आर्थिक पृष्ठभूमि वा अन्य कुनै भिन्नताका आधारमा विभेदरहित वातावरणमा समान शैक्षिक अवसर प्राप्त गर्नुपर्ने विषयमा जोड दिइएको थियो।

तालिममा सहभागी शिक्षकहरूलाई तालिमबाट प्राप्त ज्ञान, सीप र अभ्यासलाई आ–आफ्नो विद्यालय तथा कक्षाकोठामा प्रभावकारी रूपमा प्रयोग गर्न प्रोत्साहित गरिएको थियो। यसबाट परम्परागत शिक्षण पद्धतिलाई थप सिर्जनात्मक, व्यावहारिक, अन्तरक्रियात्मक र बालमैत्री बनाउँदै विद्यार्थीहरूमा जिज्ञासा, आलोचनात्मक सोच, सिर्जनशीलता तथा समस्या समाधान गर्ने क्षमताको विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यस पहलले परियोजना सञ्चालित विद्यालयहरूमा शिक्षण तथा सिकाइको गुणस्तर अभिवृद्धि गर्नुका साथै विशेषगरी छात्राहरू र सीमान्तकृत समुदायका बालबालिकाको सिकाइ उपलब्धि सुधार गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।

गुणस्तरीय शिक्षा केवल पाठ्यपुस्तकमा सीमित ज्ञान हस्तान्तरण गर्नु मात्र होइन, बालबालिकालाई सोच्न, खोज्न, सिर्जना गर्न, प्रयोग गर्न र जीवनका वास्तविक चुनौतीहरू समाधान गर्न सक्षम बनाउनु पनि हो। शिक्षकको क्षमता अभिवृद्धि, नवीन शिक्षण पद्धतिको प्रयोग र समावेशी सिकाइ वातावरणको निर्माण नै गुणस्तरीय तथा रूपान्तरणकारी शिक्षाको महत्वपूर्ण आधार हो।

सक्षम शिक्षक, सिर्जनशील कक्षाकोठा र समान शैक्षिक अवसर — प्रत्येक बालबालिकाको उज्ज्वल भविष्यका लागि हाम्रो साझा प्रतिबद्धता१

ताजा

सबै

बाँकेमा पत्रकारहरुको विरोध प्रदर्शन

नेपालगन्ज, ९ मासिंर । नेपाल पत्रकार महासंघले उठाएका माग र प्रेस तथा अभिब्यक्ति स्वतन्त्…

लैगिक हिंसा पीडितलाई निःशुल्क कानूनी सहयोग गरिने

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

गरिमा बिकास बैंकको २०औं बार्षिकोत्वमा १०१ जनाले गरे रक्तदान

बाँके, ७ मसिंर । गरिमा बिकास बैंकको २०औं बार्षिकोत्वको अवसरमा आयोजित बृहत रक्तदान …

युवा अभियन्ताको समीक्षा, दिगोपन योजना तथा आगामी रणनीति विकास कार्यशाला सम्पन्न

राजापुर, (बर्दिया) ७ मसिंर । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेद…

लोकप्रिय

सबै

सिधनियाघाटमा तीनदिने कार्तिक पूर्णिमा मेला तथा धनुष यज्ञ शुरु

डुडुवा (बाँके) ६ मसिंर। बाँकेको डुडुवा गाउँपालिका४ स्थित राप्ती नदीको सिधनियाघाटम…

युवा अभियन्ताको समीक्षा, दिगोपन योजना तथा आगामी रणनीति विकास कार्यशाला सम्पन्न

राजापुर, (बर्दिया) ७ मसिंर । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेद…

बाँकेमा पोषण सुधारका चुनौती, बजेट र कार्यान्वयनमा पालिकाहरूको फरक अवस्था

नेपालगञ्ज, ५ मसिंर। बाँकेका स्थानीय तहहरूमा पोषण सुधारका कार्यक्रम सञ्चालन, बजेट विन…

सिधनियाघाटमा तीनदिने कार्तिक पूर्णिमा मेला सुरु हुँदै

नेपालगन्ज, ६ मसिंर । बाँकेको डुडुवा गाउँपालिका४ राप्ती नदीस्थित सिधनियाघाटमा कार्ति…

यो पनि

बर्दियाका सात पालिकाका ३६ शिक्षक क्षमता अभिबृद्धि तालिम

बर्दियाका सात पालिकाका ३६ शिक्षक क्षमता अभिबृद्धि तालिम

बर्दिया, १९ कार्तिब । आधारभूत तथा माध्यमिक तहमा अध्यापनरत शिक्षकहरूको शिक्षण क्षमता अभ…

विद्यालयको शिक्षण सिकाइलाई प्रविधीसंग जोडिदै

विद्यालयको शिक्षण सिकाइलाई प्रविधीसंग जोडिदै

ठाकुरबाबा, बर्दिया । विद्यालयको शिक्षण सिकाइ प्रक्रियालाई प्रविधिमैत्री, अन्तरक्रियात्मक …

मधेसी मुस्लिम महिलालाई डिजिटल स्टोरी टेलिङ तालिम

मधेसी मुस्लिम महिलालाई डिजिटल स्टोरी टेलिङ तालिम

नेपालगन्ज, १९ कार्तिक । नेपालगञ्जमा डिजिटल कथावाचन तथा श्रव्य सामग्री उत्पादनसम्बन्धी ता…

बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै

बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै

नेपालगन्ज, ३० साउनः बाँकेमा अहिलेसम्म साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै र उजुरी घटदै ग…