Pairabi logo

कात्तिक २०, २०८३, बिहीबार                    

विद्यालयको शिक्षण सिकाइलाई प्रविधीसंग जोडिदै

डेक्स

डेक्स

विद्यालयको शिक्षण सिकाइलाई प्रविधीसंग जोडिदै
ADVERTISEMENT

ठाकुरबाबा, बर्दिया  । विद्यालयको शिक्षण सिकाइ प्रक्रियालाई प्रविधिमैत्री, अन्तरक्रियात्मक तथा प्रभावकारी बनाउने उद्देश्यले सुरक्षित भविष्य परियोजनाअन्तर्गत शिक्षकहरूका लागि दुईदिने सूचना तथा सञ्चार प्रविधि र डिजिटल शिक्षण सिकाइ एकीकरण सम्बन्धी तालिम बर्दियाको ठाकुरबाबामा सम्पन्न भएको छ।

तालिममा परियोजना कार्यान्वयन भइरहेका सातवटा स्थानीय तह बढैयाताल, गुलरिया, मधुवन, बारबर्दिया, ठाकुरबाबा, राजापुर र गेरुवाका विभिन्न विद्यालयबाट ३६ जना शिक्षकहरूको सहभागिता रहेको थियो।

बालबालिका किशोर किशोरी तथा युवाहरुका लागि सुरक्षित भविष्य परियोजना अन्तर्गत आयोजित तालिमको मुख्य उद्देश्य शिक्षकहरूको सूचना तथा सञ्चार प्रविधिसम्बन्धी ज्ञान, सीप र व्यावहारिक क्षमता अभिवृद्धि गर्दै उपलब्ध डिजिटल स्रोत, सामग्री तथा प्रविधिको प्रभावकारी उपयोगमार्फत कक्षाकोठाको शिक्षण सिकाइलाई थप गुणस्तरीय बनाउनु रहेको थियो।

तालिमका क्रममा शिक्षण सिकाइमा आईसीटीको आवश्यकता र महत्व, प्रविधिमा आधारित शिक्षण पद्धति, डिजिटल सिकाइका प्लेटफर्म तथा शैक्षिक सामग्रीको पहिचान र प्रयोग, कक्षाकोठामा प्रयोग गर्न सकिने डिजिटल उपकरण तथा स्रोतहरूको उपयोगलगायतका विषयमा सहजीकरण गरिएको थियो।

त्यसैगरी, शिक्षकहरूलाई डिजिटल शैक्षिक सामग्रीको प्रयोग, प्रविधिमैत्री पाठयोजना निर्माण तथा विद्यार्थीकेन्द्रित र अन्तरक्रियात्मक सिकाइ गतिविधि सञ्चालनसम्बन्धी व्यावहारिक अभ्याससमेत गराइएको थियो। तालिमलाई केवल सैद्धान्तिक प्रस्तुतिमा सीमित नराखी छलफल, प्रदर्शन, समूहकार्य, अनुभव आदानप्रदान, व्यावहारिक अभ्यास तथा समूहगत प्रस्तुतीकरणजस्ता सहभागितामूलक विधिबाट सञ्चालन गरिएको थियो।

विशेषगरी शिक्षकहरूले आफूले अध्यापन गर्ने विषय र तहअनुसार आईसीटीमा आधारित पाठयोजना तयार गर्ने तथा डिजिटल सामग्रीलाई नियमित कक्षाकोठाको शिक्षण सिकाइमा कसरी उपयोग गर्न सकिन्छ भन्ने विषयमा अभ्यास गरेका थिए।

बदलिँदो शैक्षिक परिवेशमा सूचना तथा सञ्चार प्रविधिको उचित प्रयोगले शिक्षण सिकाइलाई सहज, रोचक र विद्यार्थीको सिकाइ आवश्यकताअनुकूल बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। यस तालिमबाट शिक्षकहरूले हासिल गरेका ज्ञान र सीपलाई विद्यालय तथा कक्षाकोठामा व्यवहारमा उतार्दै प्रविधिमैत्री र गुणस्तरीय शिक्षण सिकाइको अभ्यासलाई विस्तार गर्न सहयोग पुग्ने विश्वास लिइएको छ।

राधाकृष्ण थारु जनसेवा केन्द्र, बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित सुरक्षित भविष्य परियोजनाले बालबालिका, किशोरकिशोरी तथा युवाको गुणस्तरीय शिक्षा, संरक्षण, सहभागिता तथा समग्र विकासका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। शिक्षकहरूको क्षमता विकास र शिक्षण सिकाइमा नवीनतम प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्नु पनि परियोजनाको शैक्षिक गुणस्तर अभिवृद्धिसम्बन्धी महत्वपूर्ण प्रयासका रूपमा रहेको छ।

ताजा

सबै

विद्यालयको शिक्षण सिकाइलाई प्रविधीसंग जोडिदै

ठाकुरबाबा, बर्दिया । विद्यालयको शिक्षण सिकाइ प्रक्रियालाई प्रविधिमैत्री, अन्तरक्रियात्मक …

नेतृत्व विकास, अभियान तथा पैरवीसम्बन्धी दुईदिने तालिम

गुलरिया, बर्दिया। बालबालिका, किशोरकिशोरी तथा युवाहरूको नेतृत्व क्षमता, आत्मविश्वास, …

सीपलाई डिजिटल माध्यमसँग जोड्ने प्रयासमा पुरैनाका महिला

नेपालगन्ज । बाँकेका मधेसी तथा मुस्लिम समुदायका महिलाको नेतृत्व तहमा सहभागिता अझै अ…

मधेसी मुस्लिम महिलालाई डिजिटल स्टोरी टेलिङ तालिम

नेपालगन्ज, १९ कार्तिक । नेपालगञ्जमा डिजिटल कथावाचन तथा श्रव्य सामग्री उत्पादनसम्बन्धी ता…

लोकप्रिय

सबै

युवा नेतृत्व र जवाफदेहिताको सुदृढीकरणमा जोड

बर्दिया, १६ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत प्लान इन्टरनेशनल नेपाल, बाँके यु…

बाल विवाह मुक्त समुदाय निर्माणका लागि हातेमालो

बर्दिया १७ कार्तिक । सुरक्षित भविष्य परियोजना अन्तर्गत बालविवाह तथा हानिकारक परम्परागत…

करियर परामर्श तथा व्यवसाय अभिमुखीकरणमार्फत युवा सशक्तीकरण

बर्दिया, १६ कार्तिक । बर्दिया जिल्लाको मधुवन र ठाकुरबाबा नगरपालिकामा एकदिने करियर प…

मतदाता नामावली अद्यावधिकः तीन हजार ५० को नाम हट्यो

बाँके, १७ कात्तिकः मतदाता नामावली अद्यावधिक गर्दा कूल तीन हजार पचास मतदाताको नाम म…

यो पनि

विद्यालयको शिक्षण सिकाइलाई प्रविधीसंग जोडिदै

विद्यालयको शिक्षण सिकाइलाई प्रविधीसंग जोडिदै

ठाकुरबाबा, बर्दिया । विद्यालयको शिक्षण सिकाइ प्रक्रियालाई प्रविधिमैत्री, अन्तरक्रियात्मक …

मधेसी मुस्लिम महिलालाई डिजिटल स्टोरी टेलिङ तालिम

मधेसी मुस्लिम महिलालाई डिजिटल स्टोरी टेलिङ तालिम

नेपालगन्ज, १९ कार्तिक । नेपालगञ्जमा डिजिटल कथावाचन तथा श्रव्य सामग्री उत्पादनसम्बन्धी ता…

बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै

बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै

नेपालगन्ज, ३० साउनः बाँकेमा अहिलेसम्म साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै र उजुरी घटदै ग…

बाँकेमा ४५ हजार लगानीकर्ता टिएमएसबाट कारोबार गर्दै

बाँकेमा ४५ हजार लगानीकर्ता टिएमएसबाट कारोबार गर्दै

नेपालगन्ज, १० साउन स् बाँकेमा शेयर बजारप्रति आकर्षण बढ्दै जाँदा करिब ४५ हजार लगानीकर्…