Pairabi logo

असोज ३०, २०८३, शुक्रबार                    

मानव–वन्यजन्तु बिचको द्वन्द्व न्यूनीकरण गर्न विद्यालयस्तरबाटै सिकाई आवश्यक

डेक्स

डेक्स

मानव–वन्यजन्तु बिचको द्वन्द्व न्यूनीकरण गर्न विद्यालयस्तरबाटै सिकाई आवश्यक
ADVERTISEMENT

बर्दिया, १२ पुस । मानव र वन्यजन्तु बिचको द्वन्द्व न्यूनीकरण गर्न जनावरका आनीबानी तथा उनीहरुको रहनसहनबारे सचेतनामुलक कार्यक्रमको आवश्यकता रहेको एक कार्यक्रमका सहभागिले बताएका छन् । विद्यालय तहबाटै जनावरका आनीबानी तथा उनीहरुको रहनसहनबारे नयाँ पुस्तालाई सिकाउन सके मानव र वन्यजन्तु बिचको द्वन्द्व न्यूनीकरण गर्न सहज हुने उनीहरुले बताएका हुन । 

बर्दियाको मधुवन नगरपालिका वडा नं. २ स्थित मञ्जुश्री शिशु बाटिका माध्यमिक विद्यालयमा सम्पन्न ‘शुक्रबार वातावरण बार’ कार्यक्रममा बोल्दै कार्यक्रमका सहभागि कक्षा १० मा अध्ययनरत क्षात्रा सिता थारुले वन वन्यजन्तु तथा वातावरण संरक्षणको कुरा आफुहरुले अहिल्यैदेखि सिक्न सके यसक्षेत्रमा हुने मानव र वन्यजन्तु बिचको द्वन्द्व न्यूनीकरण गर्न सहज हुने बताउनुभयो ।

साथै उहाँले विद्यालय आउँ जाउँ गर्दा मनमा डर उत्पन्न हुने र पढाईमा पनि राम्रो संग ध्यान दिन नसकेको बताउनुभयो ।कार्यक्रमका अर्का सहभागि कक्षा १० मा अध्ययनरत विद्यार्थी आर्यन परियारले वातावरण बार अन्तरगत मानव र वन्यजन्तु बिचको सह–अस्तित्वको सम्बन्धबारे जानकारी पाएको बताउँदै वातावरणीय सुरक्षाका बारेमा जान्ने अवसर प्राप्त भएकोमा खुसी व्यक्त गर्नुयभो । 

कक्षा ९ र १० का ८० जना विद्यार्थीहरुको सहभागिता रहेको उक्त कार्यक्रममा बिषयविज्ञ मदन ज्ञवालीलले छलफलको सहजीकरण गर्नुभएको थियो । उहाँले विद्यार्थीहरुलाई वातावरणको महत्व तथा जैविक विविधताको बिषयमा जानकारी गराउनु भएको थियो । 

युएसएडको सहयोग र द एसिया फाउन्डेशन मु्ख्य कार्यान्वयन संस्था रहेको युएसएड नागरिक समाज तथा सञ्चार कार्यक्रम अन्तर्गत ‘वातावरणीय न्याय र जवाफदेहिताका लागि सीमान्तकृत समुदायको सबलीकरण अभियान’ को गतिविधीका रुपमा यो कार्यक्रम आयोजना गरिएको हो । यो कार्यक्रम समुदायका लागि सञ्चार अभियान नेपालको आयोजनामा बाँके र बर्दियामा सञ्चालित रहेको छ । 


 

ताजा

सबै

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

यो पनि

बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै

बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै

नेपालगन्ज, ३० साउनः बाँकेमा अहिलेसम्म साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै र उजुरी घटदै ग…

बाँकेमा ४५ हजार लगानीकर्ता टिएमएसबाट कारोबार गर्दै

बाँकेमा ४५ हजार लगानीकर्ता टिएमएसबाट कारोबार गर्दै

नेपालगन्ज, १० साउन स् बाँकेमा शेयर बजारप्रति आकर्षण बढ्दै जाँदा करिब ४५ हजार लगानीकर्…

डुडुवा सूचना आदान प्रदान तथा मिडिया नीतिबारे कार्यपालिकासँग छलफल

डुडुवा सूचना आदान प्रदान तथा मिडिया नीतिबारे कार्यपालिकासँग छलफल

डुडुवा (बाँके) ३ असार । बाँकेको डुडुवा गाउँपालिकाले तयार गरेको डुडुवा सूचना आदा…

डिजिटल सशक्तिकरण सम्बन्धी तीन दिने तालिम

डिजिटल सशक्तिकरण सम्बन्धी तीन दिने तालिम

बर्दिया ६ जेठ । बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको आयोजनामा सुरक्षा परियो…