Pairabi logo

कात्तिक १६, २०८३, आइतबार                    

मानव–वन्यजन्तु बिचको द्वन्द्व न्यूनीकरण गर्न विद्यालयस्तरबाटै सिकाई आवश्यक

डेक्स

डेक्स

मानव–वन्यजन्तु बिचको द्वन्द्व न्यूनीकरण गर्न विद्यालयस्तरबाटै सिकाई आवश्यक
ADVERTISEMENT

बर्दिया, १२ पुस । मानव र वन्यजन्तु बिचको द्वन्द्व न्यूनीकरण गर्न जनावरका आनीबानी तथा उनीहरुको रहनसहनबारे सचेतनामुलक कार्यक्रमको आवश्यकता रहेको एक कार्यक्रमका सहभागिले बताएका छन् । विद्यालय तहबाटै जनावरका आनीबानी तथा उनीहरुको रहनसहनबारे नयाँ पुस्तालाई सिकाउन सके मानव र वन्यजन्तु बिचको द्वन्द्व न्यूनीकरण गर्न सहज हुने उनीहरुले बताएका हुन । 

बर्दियाको मधुवन नगरपालिका वडा नं. २ स्थित मञ्जुश्री शिशु बाटिका माध्यमिक विद्यालयमा सम्पन्न ‘शुक्रबार वातावरण बार’ कार्यक्रममा बोल्दै कार्यक्रमका सहभागि कक्षा १० मा अध्ययनरत क्षात्रा सिता थारुले वन वन्यजन्तु तथा वातावरण संरक्षणको कुरा आफुहरुले अहिल्यैदेखि सिक्न सके यसक्षेत्रमा हुने मानव र वन्यजन्तु बिचको द्वन्द्व न्यूनीकरण गर्न सहज हुने बताउनुभयो ।

साथै उहाँले विद्यालय आउँ जाउँ गर्दा मनमा डर उत्पन्न हुने र पढाईमा पनि राम्रो संग ध्यान दिन नसकेको बताउनुभयो ।कार्यक्रमका अर्का सहभागि कक्षा १० मा अध्ययनरत विद्यार्थी आर्यन परियारले वातावरण बार अन्तरगत मानव र वन्यजन्तु बिचको सह–अस्तित्वको सम्बन्धबारे जानकारी पाएको बताउँदै वातावरणीय सुरक्षाका बारेमा जान्ने अवसर प्राप्त भएकोमा खुसी व्यक्त गर्नुयभो । 

कक्षा ९ र १० का ८० जना विद्यार्थीहरुको सहभागिता रहेको उक्त कार्यक्रममा बिषयविज्ञ मदन ज्ञवालीलले छलफलको सहजीकरण गर्नुभएको थियो । उहाँले विद्यार्थीहरुलाई वातावरणको महत्व तथा जैविक विविधताको बिषयमा जानकारी गराउनु भएको थियो । 

युएसएडको सहयोग र द एसिया फाउन्डेशन मु्ख्य कार्यान्वयन संस्था रहेको युएसएड नागरिक समाज तथा सञ्चार कार्यक्रम अन्तर्गत ‘वातावरणीय न्याय र जवाफदेहिताका लागि सीमान्तकृत समुदायको सबलीकरण अभियान’ को गतिविधीका रुपमा यो कार्यक्रम आयोजना गरिएको हो । यो कार्यक्रम समुदायका लागि सञ्चार अभियान नेपालको आयोजनामा बाँके र बर्दियामा सञ्चालित रहेको छ । 


 

ताजा

सबै

कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित

कर्णाली, १४ कात्तिकः कर्णाली हिमाली जिल्लाका उच्च भागमा हिमपात हुँदा यहाँको जनजीवन प्…

फूल आयतमा रोक लगाएपछि व्यावसायीक फूलखेतीमा किसानको आकर्षण बढ्दै

नेपालगनज, १४ कात्तिकः भारतीय फूल आयतमा रोक लगाएसँगै बाँकेमा व्यावसायिक फूलखेतीमा …

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बाँके, १४ कात्तिकः बैजनाथ गाउँपालिकाले गत आर्थिक वर्षमा नौ किलोमिटर सडक निर्माण गरे…

मानव बेचबिखन रोकथामका लागि स्थानीयस्तरमा समन्वय र सहकार्यमा जोड

बर्दिया १४ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत बाँके युनेस्को क्लबले प्लान इन्टरने…

लोकप्रिय

सबै

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

बर्दिया १२ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँ…

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

बर्दिया, ११ कार्तिक । मानव बेचबिखनको रोकथाम तथा नियन्त्रण र यससँग सम्बन्धित सामाजिक स…

बाँके निकुञ्जमा जङ्गल सफारी सुरु

बाँके १० कार्तिक । बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुरु गरिएको छ । निकुञ्जको पा…

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुर, (बाँके) ११ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिकामा करदाताहरूलाई स्थानीय…

यो पनि

बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै

बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै

नेपालगन्ज, ३० साउनः बाँकेमा अहिलेसम्म साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै र उजुरी घटदै ग…

बाँकेमा ४५ हजार लगानीकर्ता टिएमएसबाट कारोबार गर्दै

बाँकेमा ४५ हजार लगानीकर्ता टिएमएसबाट कारोबार गर्दै

नेपालगन्ज, १० साउन स् बाँकेमा शेयर बजारप्रति आकर्षण बढ्दै जाँदा करिब ४५ हजार लगानीकर्…

डुडुवा सूचना आदान प्रदान तथा मिडिया नीतिबारे कार्यपालिकासँग छलफल

डुडुवा सूचना आदान प्रदान तथा मिडिया नीतिबारे कार्यपालिकासँग छलफल

डुडुवा (बाँके) ३ असार । बाँकेको डुडुवा गाउँपालिकाले तयार गरेको डुडुवा सूचना आदा…

डिजिटल सशक्तिकरण सम्बन्धी तीन दिने तालिम

डिजिटल सशक्तिकरण सम्बन्धी तीन दिने तालिम

बर्दिया ६ जेठ । बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको आयोजनामा सुरक्षा परियो…