Pairabi logo

असोज ०१, २०८३, बिहीबार                    

बर्दियाका शिक्षकलाई एकिकृत शैक्षिक सुचना तथा ब्यवस्थापन प्रणाली तालिम

सम्वाददाता

सम्वाददाता

बर्दियाका शिक्षकलाई एकिकृत शैक्षिक सुचना तथा ब्यवस्थापन प्रणाली तालिम
ADVERTISEMENT

बर्दिया, ५ फागुन । विद्यालयको हरेक सुचनालाई व्यवस्थित तरिकाले राख्न सहयोग पुग्ने उदेश्यले बर्दिया जिल्लाका शिक्षकहरुलाई एकिकृत शैक्षिक सुचना तथा व्यवस्थापन प्रणाली व्यवस्थापन तालिम दिइएको छ । 

दुईदिनसम्म चलेको सो तालिम प्लान इन्टरनेशनल नेपाल, बाँके युनेस्को क्लव, राधाकृष्ण थारु जनसेवा केन्द्र र बिग्रुपको आर्थिक र प्राविधिक सहयोगमा संचालन गरिएको थियो । विद्यालयका हरेक भौतिक संरचना, विद्यार्थी संख्या, सवै सूचनाहरु एकीकृत रुपमा चुस्तदुरुस्त राख्ने हेतुले सरकारले एकिकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली लागु गरेको छ । 

शिक्षा विकास तथा समन्वय इकाई बर्दियाको आयोजना शिक्षा तथा मानव स्रोत विकास केन्द्र काठमाडौंको सहयोगमा सञ्चालित उक्त तालिममा बर्दिया जिल्लाका ८ वटै स्थानिय तहका शिक्षा युवा तथा खेलकुद शाखाका कर्मचारी, प्रत्येक पालिकाका ३–३ जना शिक्षकहरुको सहभागिता रहेको थियो । 

सफ्टवेयर सम्बन्धि ज्ञान नहुँदा विद्यालयको शैक्षिक गतिविधि अद्यावधिक गर्न समस्या भइरहेको र धेरैलाई यो सम्बन्धि ज्ञानको अभाव रहेकोले त्यसको समाधान गर्न र हरेक विद्यालयका गतिविधिलाई प्रबिधिसंग जोडन यस तालिमको आयोजना गरिएको शिक्षा विकास तथा समन्वय इकाई बर्दियाका प्रमुख सुर्य बहादुर खत्रिले जानकारी दिनु भयो । 

प्रमुख खत्रिले सुचना प्रणाली चुस्त दुरुस्त भएको खण्डमा योजना बनाउन सजिलो हुने र जुनसुकै योजना बनाउन अभिलेख आबश्यक पर्ने तथा बालबालीकाको सिकाइस्तर बढाउनकालागी जिल्लास्तरमा शिक्षासंग काम गर्ने साझेदार सस्थाहरु संग मिलेर काम गर्ने प्रयास गरिरहेको बताउनु भयो । 

सो तालिमले शैक्षिक सुचना व्यवस्थापनमा थप मद्धत पुग्ने र सम्पुर्ण सुचनाहरु यो प्रणालीमा आएपछि विद्यालयले आगामी योजना निर्माणमा समेत सहयोग पुग्ने बढैयाताल गाँउपालिकाको विद्यालयका प्रधानाध्यापक बिमला गुरुङले बताउनु भयो । 

तालिममा प्रशिक्षकको रुपमा शिक्षा मन्त्रालयका उपसचिब जिबन भण्डारी, शाखा अधिकृत प्रबिण बाबु महर्जन, शिक्षा तथा मावन श्रोत बिकास केन्द्र सानोठिमी काठमाडौका तथ्यांक अधिकृत शुशिल पौडेल रहनु भएको राधाकृष्ण जनसेवा केन्द्र बर्दिया अन्र्तगत वालिका सशक्त परियोजनाका अधिकृत सिमा वलिले जानकारी दिनुभयो
समापन कार्यक्रममा बाँके युनेस्को क्लबका कार्यक्रम संयोजक गोबिन्द प्रसाद लामिछाने, राधाकृष्ण थारु जनसेवा केन्द्रका कार्यक्रम संयोजक मनोज पौडेल र बि ग्रुपका लक्ष्मी प्रसाद शर्माको उपस्थिति रहेको थियो ।

ताजा

सबै

समुदायमा आधारित बालसंरक्षण संयन्त्र सुदृढीकरणका लागि तीन दिने प्रशिक्षण

बर्दिया, भदौ २९ । सुरक्षित भविष्य परियोजनाअन्तर्गत मधुवन नगरपालिकामा समुदायमा आधारित…

राजापुरका शिक्षक अभिभावकलाई बाल संरक्षणसम्बन्धी तालिम

बर्दिया, भदौ २९ । बाँके युनेस्को क्लबद्वारा विद्यालयमा सुरक्षित, समावेशी, बालमैत्री तथ…

बाँकेमा १९३ कुष्ठरोगी

गत आर्थिक वर्ष ०८२र०८३ मा १९३ नयाँ कुष्ठरोगी फेला परेका छन् । बाँकेको जानकी गाउँपाल…

राप्ती नदीमा निर्माणाधीन पुल विस्तार गर्न स्थानीयको माग

नेपालगञ्ज, २५ भदौः बाँकेको डुडुवा गाउँपालिका र राप्तीसोनारी गाउँपालिकाको भूभागमा …

लोकप्रिय

सबै

समुदायमा आधारित बालसंरक्षण संयन्त्र सुदृढीकरणका लागि तीन दिने प्रशिक्षण

बर्दिया, भदौ २९ । सुरक्षित भविष्य परियोजनाअन्तर्गत मधुवन नगरपालिकामा समुदायमा आधारित…

राजापुरका शिक्षक अभिभावकलाई बाल संरक्षणसम्बन्धी तालिम

बर्दिया, भदौ २९ । बाँके युनेस्को क्लबद्वारा विद्यालयमा सुरक्षित, समावेशी, बालमैत्री तथ…

यो पनि

बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै

बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै

नेपालगन्ज, ३० साउनः बाँकेमा अहिलेसम्म साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै र उजुरी घटदै ग…

बाँकेमा ४५ हजार लगानीकर्ता टिएमएसबाट कारोबार गर्दै

बाँकेमा ४५ हजार लगानीकर्ता टिएमएसबाट कारोबार गर्दै

नेपालगन्ज, १० साउन स् बाँकेमा शेयर बजारप्रति आकर्षण बढ्दै जाँदा करिब ४५ हजार लगानीकर्…

डुडुवा सूचना आदान प्रदान तथा मिडिया नीतिबारे कार्यपालिकासँग छलफल

डुडुवा सूचना आदान प्रदान तथा मिडिया नीतिबारे कार्यपालिकासँग छलफल

डुडुवा (बाँके) ३ असार । बाँकेको डुडुवा गाउँपालिकाले तयार गरेको डुडुवा सूचना आदा…

डिजिटल सशक्तिकरण सम्बन्धी तीन दिने तालिम

डिजिटल सशक्तिकरण सम्बन्धी तीन दिने तालिम

बर्दिया ६ जेठ । बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको आयोजनामा सुरक्षा परियो…