Pairabi logo

असोज २२, २०८३, बिहीबार                    

बाँकेमा ‘कम्ब हनी’ कार्यक्रम सुरु हुँदै

डेक्स

डेक्स

बाँकेमा ‘कम्ब हनी’ कार्यक्रम सुरु हुँदै
ADVERTISEMENT

नेपालगञ्ज ।  बाँकेमा गुणस्तरिय महको ब्राण्डीङ्का लागि ‘कम्ब हनी’ कार्यक्रम सुरु हुन लागेको छ ।  कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सकिल अहमदले साउनदेखि त्यस्तो मह उत्पादनको तयारी भएको जानकारी दिदै उपभोक्ताको माग अनुसार किसान लागिरहेको बताउनुभयो । 
सो महको चाकाको साना साना टुक्रा बनाएर त्यसलाई बट्टामा प्याक गरेर बेच्ने सकिने विधि भएको उहाँले जानकारी दिनुभयो । 
‘त्यस्तो मह गुणस्तरको हुने र त्यसबाट चुसेर खाने भएकाले उपभोक्ताले आनन्द लिन सक्छन’ कृषि ज्ञान केन्द्रका प्रमुख अहमदले भन्नुभयो । 
केही बर्षदेखि बाँके मह उत्पादनमा आत्मनिर्भर हुन लागेको उल्लेख गर्दै अहमदले मौरीको बंश सुधार लगायतका कार्यक्रममार्फत रानो जातको मौरी उत्पादन भएको बताउनुभयो । 
‘झापाबाट केही रानो प्रजातीको मौरी ल्याएर जिल्लामा करिव ५००  रानो प्रजातीको मौरी उत्पादन गरेका छौ’उहाँ भन्नुहुन्छ । कृषि ज्ञान केन्द्र, बाँकेले व्यवसायिक मौरी पालनका लागि किसानलाई घार निर्मााणमा ५० प्रतिशत अनुदान र ढुवानीमा छुट दिएको छ । 
मह खपत भएर बाहिर गएको छ र केही मह थन्केको अवस्थामा छ यसलाई आधार मानेर मह उत्पादनमा बाँके आत्मनिर्भर भएको उल्लेख गर्दै प्रमुख अहमदले ‘कम हनी’कार्यक्रम जिल्लाका लागि नयाँ भएको बताउनुभयो । 
कोहलपुर–११ मा रहेको सञ्जीवनी मौरी फार्मका सञ्चालक लिल बहादुर रानाले महको बजार निश्चित नभएको उल्लेख गर्दै बजारको व्यवस्थापन आवश्यक भएको बताउनुभयो ।
‘उत्पादित महले बजार नपाउदा उत्पादन बढाउन सकिएको छैन’ उहाँले भन्नुभयो ।  
बाँकेमा करिव २०० किसानले व्यवसायिक रुपमा महको उत्पादन गर्दै आएका छन । जिल्लामा पालिएका मौरी चराउन किसान बर्दिया र सुर्खेत जाने गर्छन । बाँकेमा अत्यधिक गर्मी भएका कारण रुखको छहारीमा मौरी चराउने कार्य भइरहेको बताइएको छ । कोहलपुर नगरपालिकामा सबैभन्दा बढी किसानले महको व्यवसायिक उत्पादन गरेका छन । उक्त नगरपालिकामा सहकारीमार्फत स्रोत केन्द्र स्थापना गरेर प्रशोधन गरी महको उत्पादन भइरहेको स्थानीय बताउछन । 
जिल्लामा करिव ४५ मेट्रीक टन महको उत्पादन हुने गरेको छ । उत्पादित मह आन्तरिक बजार लगायतका बाहिर जिल्लाका बजारमा समेत निर्यात भएको मह उत्पादन गरेका किसानले बताएका छन । 
‘किसानले उत्पादन गरेको महले आत्मनिर्भर मात्रै बनाएको छैन, अन्य जिल्लामा पनि निर्यात गरिरहेको छ’, कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख अहमदले भन्नुभयो । 
किसानहरूले बजारमा गुणस्तरहीन मह रोक्नु चुनौतिपर्ण रहेको बताए्उदै  । मह उत्पादकले नक्कली मह विरुद्ध आफुहरूले थालेको अभियानमा प्रहरीले सघाएको उल्लेख गरेका छन । 
जिल्लामा रैथाने उत्पादनको प्रवद्र्धन, संरक्षणमा सक्रिय अगुवा किसान पुरमल बस्नेतले मह जिल्लाको माग भन्दा बढी उत्पादन भएको उल्लेख गर्दै रैथाने उत्पादनको संरक्षण गर्नुपर्ने बताउनुभयो । 
उहाँले त्यसको संरक्षण गर्न अनुसन्धानमा जोड दिदै हाइब्रिड जातको मौरी प्रयोग नर्गन सुझाव दिनुभयो । बरु रैथाने उत्पादनलाई उन्नत बनाउनतर्फ लाग्नु पर्छ बस्नेतले भन्नुभयो ।  वि.स २०७२ सालदेखि नै महको उत्पादन भएको जिल्लामा कोहलपुर बाहेक खजुरा र डुडुवाम ासमेत महको उत्पादन हुन लागेको बताइएको छ । 
 

ताजा

सबै

गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्ने हिंसा तथा दुव्र्यवहारबारे नेपालगन्जमा छलफल

नेपालगन्ज, १९ असोज । गर्भावस्था, प्रसव तथा प्रसवोत्तर समयमा महिलाहरूले भोग्दै आएका दुव्…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

लोकप्रिय

सबै

गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्ने हिंसा तथा दुव्र्यवहारबारे नेपालगन्जमा छलफल

नेपालगन्ज, १९ असोज । गर्भावस्था, प्रसव तथा प्रसवोत्तर समयमा महिलाहरूले भोग्दै आएका दुव्…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

यो पनि

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

नेपालगन्ज, ६ असोजः नेपालगन्जस्थित प्रसिद्ध रानी तलाउ तरकारी बजारमा बिक्री हुने तरकारी…

भारतबाट सागसब्जी आयात घटेपछि नेपालगञ्जमा स्थानीय उत्पादनको माग बढ्यो

भारतबाट सागसब्जी आयात घटेपछि नेपालगञ्जमा स्थानीय उत्पादनको माग बढ्यो

नेपालगन्ज, २७ साउनः भारतीय सागसब्जी आयातमा कडाइ गरिएपछि नेपालगञ्जमा स्थानीय किसानको…

सन्तानेश्वर महादेव मन्दिरः धार्मिक पर्यटनको गन्तव्य

सन्तानेश्वर महादेव मन्दिरः धार्मिक पर्यटनको गन्तव्य

नेपालगन्ज, १७ साउनः बाँकेको सन्तानेश्वर महादेव मन्दिर धार्मिक पर्यटनको गन्तव्यका रुपमा …

बाँकेमा सङ्कटमा परेका १९१ वन्यजन्तुको उद्धार

बाँकेमा सङ्कटमा परेका १९१ वन्यजन्तुको उद्धार

नेपालगन्ज १० साउनः बाँकेमा सङ्कटमा परेका १९१ वन्यजन्तुको उद्धार गरिएको छ । जिल्लास्थित…